गिता राना मगर, पोखरा २१ माघ । अक्सर हाकिमहरु आफु भन्दा साना संग बसेर खाना खादैनन । कहिलेकाही आफुभन्दा ठूला हाकिमहरु आएभने संयोगबस जवानको मेशमा खाना खाने गर्ने गर्छन । तर कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहभने हप्ताको एकदिन प्रहरी जवानको मेशमा जवानहरु संगै बसेर खाना खान्छन । हप्ताको पहिलो दिन आइतबार प्रहरी प्रमुख अशोक सिंहले कास्की प्रहरीको प्रमुख सम्हालेदेखिनै आफ्ना जवानहरुसग संगै बसेर खाना खाने गरेका हुन । आफ्ना जवानहरु संग संगै खाना खाँदा तल्लो तहका प्रहरी देखि अधिकृत बीच आत्मियता बढ्ने र पारिवारिक सम्बन्ध स्थापित हुने र प्रहरीको काम कारबाहीमा प्रभावकारिता आउने प्रहरी प्रमुख अशोक बताउनुहुन्छ ।
संगै खाना खानेमात्र नभइ सिंहले साप्ताहिक रुपमा हुने निरीक्षण ब्याक्तिगत सरसफाइ, टर्न आउट, ब्यारेक, मेश, कार्यालय, कम्पाउण्ड सरसफाइ लगायतको चेकजांच समेत गर्ने गरेका छन । उक्त अवसरमा १५ जना अधिकृत तथा जवानहरुलाई भीड नियन्त्रण सम्बन्धी ब्यवहारिक अध्यास समेत गराइने गरेको सिंह वताउनुहुन्छ । यसरी अभ्यास गराउँदा भिड नियन्त्रणका बखतमा हुने क्षति कम हुने, विना क्षती भिडलाई तितर वितर गरी आन्दोलनकारीको मानव अधिकारको संरक्षण समेत हुने र यसले प्रहरीको छवी उच्च बनाई राख्न मदत पुग्ने सिंहको भनाइ रहेको छ ।
आगामी दिनमा जिल्लाका मातहतमा रहेका वडा तथा इकाइमा कार्यरत प्रमुखहरुलाई पनि आफ्नो अनुसरण गर्न गराउन आग्रह गर्ने र प्रहरी सेवालाई प्रभावकारी बनाउन आफु संधै लागी पर्ने कास्की प्रहरी प्रमुख अशोक सिंहको योजना रहेको छ ।
तस्विर : अनिश श्रेष्ठ ।