पोखरा, १६ असार । पोखरामा जारी बृहत् सफाइ अभियान गणेशमानसिंहचोकदेखि गणेशटोल हुँदै सिद्धार्थचोकसम्म सम्पन्न भएको छ । पोखराकै पुरानो बजारका रुपमा प्रख्यात गणेशटोल र रामकृष्ण टोलका झण्डै २ सय ५० वर्ष पहिले निर्मित वास्तुकलायुक्त घरहरु पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् । ‘हप्तामा एक घण्टा ः राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्घोषका साथ संचालित १०९ हप्ताको जनचेतनामूलक सफाइ अभियानमा अष्टे«लियाका स्वयंसेवकको समेत ऐक्यबद्धता जनाएको बटरफ्लाई फाउण्डेसनका अध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गोविन्दराज पहारीले जानकारी दिए ।
यसअघि कार्यक्रममा उपस्थित सहभागीलाई वडा ४ का वडा अध्यक्ष शंकर बास्तोलाले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराउँदै वडाको सरसफाइमा उत्कृष्ट योगदान दिने सामाजिक संस्थालाई ५० हजारले पुरस्कृत गरिने घोषणा गरेका थिए । कार्यक्रममा कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले सफाइ अभियानसँगै विकृति विसंगति अन्त्यसँगै सडक सभ्यताका लागि समेत पहल गरिएको खुशी व्यक्त गर्दै सडकमा थुप्रिएका फोहर उठाएर कार्यक्रम शुभारम्भ गरे ।
यसपालिको अभियानमा नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, अभियान महिला समूह, माछापुच्छे« महिला क्लब, ड्यामसाइड क्लब, मितेरी नारी समूह, शान्तिनगर दिदीबहिनी समूह, सिद्धार्थ क्लब, योग समूह पोखरा ९, स्थानीय आमा समूह, टोल विकास संस्था, सशक्त महिला समूह मासबार लगायत जनप्रतिनिधि र वडाबासीको उल्लेख्य उपस्थिति रहेको अभियान संयोजक रामबहादुर पौडेलले बताएका छन् । कार्यक्रममा वडा ५ का वडा अध्यक्ष धनबहादुर नेपाली समेत उपस्थित थिए ।
अभियानका लागि सामाजिक कार्यकर्ता गोमा सुवेदीले आवश्यक ग्लोब र मास्क उपलब्ध गराएकी थिइन् । कार्यक्रममा विदेशी नागरिकको समेत सहभागिता थियो । ११० हप्ताको सफाइ अभियान वडा १० काजीपोखरीमा हुनेछ ।
25 Comments
Recheard Wood
29 min ago from Culifornia, USAAccusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint
REPLYRecheard Wood

REPLY