विस्रवेन १३, जुलाई । कास्की जिल्ला स्थाथी घर भई हाल अस्ट्रेलियामा रहेका नेपालीहरु संगठित भएका छन् । अध्ययन, अवलोकन, रोजगारी लगायतका विभिन्न शिलशिलामा कास्की बाट अस्ट्रेलिया आएका नेपालीहरु संगठित भएका हुन् ।शुक्रबार विस्रवेनको न्यू फार्म पार्कमा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपालीहरुका हक हित, समस्याको समाधान तथा सहयोग आदान प्रदान गर्नका लागि संगठित भएको भेलामा उपस्थित कस्केली दाजुभाइ दिदीबहिनीहरुले बताएका थिए ।
भेलाले टिका भुर्तेल संयोजक र विमल न्यौपाने सचिव रहेको कास्की समाज विस्रवेन नामक तर्दथ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा सम्पूर्ण कस्केली नेपालीहरु रहन सक्ने जनाइएको छ । भेलामा उपस्थितहरुले आ आफना धारणा राखेका थिए । कार्यक्रमको व्यवस्थापन चिन बहादुर नेपालीले गरेका थिए ।