पोखरा, २३ साउन । पोखरामा सञ्चालित निजी बिद्यालयका स्कुल बसले विद्यार्थीहरुलाई भेडाबाख्रा सरह ब्यवहार गरी कोचेर यात्रा गराएको भन्द्र नेकपा संबद्ध विद्यार्थीहरुले कब्जामा लिएका छन । नेकपा सम्बद्ध विद्यार्थीहरुले आजमात्रै २२ वटा स्कुलबस कब्जामा लिएका थिए । नेकपा संबद्ध विद्यार्थीहरुले पोखराको कुम्दीनि होम्स २ , फिस्टेल एकाडेमि ४ , निलगीरी १, सवलाईन १, मदरल्यान्ड २ , कास्की मोडनाईज १ , ग्लोबल ५, पश्चिमान्चल १ , ह्याप्पी १, भानुभक्त १ , बालोदय १ र करुनानिधि २ गरि २२ बसहरुलाई नियन्त्रणमा लिएका हुन् ।
बिधालय विदा हुनुभन्दा करीब १०र१५ मिनेट अगाडि बिभिन्न बिधालयको गेट नजिकैको चोकमा बसेका बिधार्थी नेताहरुले सिट क्षमता भन्दा बढि बिधार्थी बोकेका २२ बसलाई नियन्त्रणमा लिएर अबको दिनमा बिद्ध्यार्थी कोचेर बसमा नराख्न आग्रह सहित बिधालयका प्रतिनिधि तथा प्रिन्सीपलहरुको जिम्मा लगाएर छाडिएको क्रान्तिकारीका केन्दीय सचिब क्षितिज सापकोटाले बताउनुभयो । यसैबिचमा बस रोक्ने क्रममा प्रहरीले ३ जना बिधार्थी नेताहरुलाई बिरौटा स्थित फिस्टेल एकाडेमि नजिकैबाट गिरफ्तार गरेको थियो । बिधार्थी नेताहरु बिशाल तमाङ, आविष्कार पौडेल र सुवास तिमिल्सीनालाई वडा प्रहरी कार्यालयबाट खटिएको टोलिले गिरफ्तार गरि केहि समय पछि केन्द्रीय सचिव सापकोटाको जिम्मा लगाई छाडेको छ ।
क्रान्तिकारीको प्रदेश न ४ को संयोजक समेत रहनुभएका नेता सापकोटाले भेडाबाख्रा खाँदेझै बिधार्थिहरु कोचेर ल्याएका बस कतै गएर दुर्घटना नहोस् भनेर आँफुहरुले त्यस्ता बसहरु रोकेर बिधालय संचालकहरुलाई सचेत गराएको बताउदै आँफुहरुले रोकेको बसको चाबि ५ मिनेट भित्रै संबन्धीत ब्यक्तीलाई जिम्मा लगाएको दावि समेत गर्नुभयो ।
बिगतमा भएका स्कुल बसको दुर्घटनालाई स्मरण गर्दै सचेतना गराउने क्रममा आफ्ना साथिहरु गिरफ्तार भएको र आगमि दिनमा पनि त्यस्ता घटना घटेमा त्यसको जिम्वेवारी बिधालय संचालकले लिनुपर्ने भन्दै त्यस्तो अवस्थामा बिधालय संचालक हरुलाई गिरफ्तार गर्ने कि नगर्ने भन्दै प्रश्न तेर्सउनुभएका्े थियो । आँफुहरुले आज सचेतना मात्र दिएको र आगामि दिनहरुमा पनि यहि अबस्था रहे क्रान्तीकारी चुप लागेर नबस्ने बताउनुभयो ।