×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2018
    • September

वडास्तरीय व्याडमिन्टनको उपाधी मिन र आशिषको जोडीलाई

September 30, 2018

पोखरा १४ असोज ।पोखराको बाटुलेचौरमा भएको चौथो वडास्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी भेट्रास तर्फ मिन गुरुङर कृष्ण श्रेष्ठ तथा नन भेन्ट्रास तर्फ आशिष श्रेष्ठ र श्याम खवासले जितेका छन् । क्लव पोखरा एकेडेमीको आयोजनामा चारदिन देखि जारी खेलको आज भएको अन्तिम प्रतिस्पर्धामा भेन्ट्रासका मिन र कुष्ण श्रेष्ठको जोडीले पुष्पराज तिमिल्सिना र विजय शाहीको जोडीलाई २१—१५, २१–१६ को सेटमा पराजित गर्दै उपाधी हात पारेको हो ।

त्यस्तै नन भन्ट्रास तर्फ आशिष र श्याम खवासको जोडीले इशान खड्का र सुर्य गुरुङको जोडीलाई २१– १९ र २१–१८को सेटमा पराजित गरेको हो । सुरथेश्वर शिवालय व्याडमिन्टन कोर्टमा भएको खेलमा भेन्ट्रासतर्फ शेरबहाुर क्षेत्री र दुर्गालाल श्रेष्ठ, निरबहादुर थापा र यज्ञबहादुर थापाको जोडी तृतीय भएके छ । त्यस्तै नन भेन्ट्रासमा कृष्ण बस्नेत र निरबहादुर थापा, राजन जि.सी र छविलाल शर्माको जोडी तृतीय भएको कार्यक्रम संयोजक मिनबहादुर गुरुङले जानकारी दिनुभयो ।

विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवं सांसद खगराज अधिकारीले नगद, शिल्ड र मेडल प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोलदै सांसद अधिकारीले मानसिक तथा शारिरीक तन्दुरुस्तीका लागि खेल आवश्यक रहेको बताउनुभयो । समापन कार्यक्रम जन्मभूमी एजुकेशन फाउण्डेशनका कार्यवाहक अध्यक्ष उदयबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

गाउँ विकासमा प्रकाश

September 30, 2018
गाउँ विकासमा प्रकाश

पोखरा १४ असोज । पोखराको बाटुलेचौरमा रहेको श्री गाउँ विकास समाज बहुमखी सहकारी संस्थाको ७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रकाश थापाको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरेको छ । सहकारीको उपाध्यक्षमा कर्णबहादुर खड्का, सचिवमा कृष्ण खड्का, कोषाध्यक्षमा योगेन्द्र बस्नेत, र सदस्यहरुमा सरस्वती खड्का, मनु बस्नेत, रामजी जि.सी., बलबहादुर थापा, लक्ष्मी देवकोटा, सरस्वती खवास र कृष्णकुमारी खवास चयन हुनुभएको छ ।

त्यस्तै शिक्षा उपसमितिमा सुशील बस्नेत, विमला राना ऋण उपसमितिमा फौदसिंह भण्डारी, गुञ्जमान जि.सी., लेखा उपसमितिमा सुशील थापा, नवराज देवकोटा र कूलबहादुर खत्री हुनुहुन्छ ।कार्यक्रममा सामाजिक सेवा योगदानबाट उदयबहादुर बस्नेत सहित चित्रबहादुर थापा र रामबहादुर बानियाँ, उत्कृष्ट वचतकर्ता नन्दा गुरुङ, बलिराम गुरौं र ऋणी श्रीदेवी थापालाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद कोइरालाले सहकारीले स्थानिय स्तरमा भएको पुँजीलाई लगानी गरी आया आर्जनमा वृद्धि गरेको बताउनुभयो ।

सहकारीका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक वचतका अध्यक्ष नरनाथ भट्टराई, बाटुलेचौर हिमालय कृषि सहकारी संस्थाका अध्यक्ष जीवनारायण श्रेष्ठ, कृषि विज्ञ बेनीबहादुर बस्नेत, सहकारीका व्यवस्थापक मोहनबहादुर थापा, सुशील बस्नेत, कृष्ण खड्का लगायतले बोलेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

आइटिएफमा नेदरल्याण्डका लाप्रेको यात्रा सकियो

September 30, 2018
आइटिएफमा नेदरल्याण्डका लाप्रेको यात्रा सकियो

· डिफेण्डिङ्ग च्याम्पियन भण्डारीको विजयी शुरुवात

१४ असोज, पोखरा ।नेदरल्याण्डका फ्राङ्क लाप्रेले पोखरा रंगशालामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा आफ्नों यात्रामा पूर्णविराम लगाएका छन् । ५५ वर्ष माथिको एकलमा नेपालका कृष्णराज घलेसंघको खेलमा रिटायर्ड हर्ट हुँदै उनले यस प्रतियोगिताबाट बिदा लिएका हुन् । उनी रिटायर्ड हर्ट हुँदा स्कोरबोर्डमा दुबै खेलाडीले समान ६–६ अंक लेखिएको थियो । लाप्रेले ५–३ को अग्रता कायम गरेको खेल ९ पटक ड्युज र एडभाण्टेजमा पुग्दापनि उनले खेल आफ्नों पक्षमा पार्न सकेनन् । उनले पहिलो खेलमा नेपालका विष्णुप्रसाद गैह्रेलाई ६–०, ६–० को सहज सेटमा पराजित गरेका थिए ।

कास्की जिल्ला टेनिस संघद्धारा आयोजित प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकलमा गतवर्षका च्याम्पियन कमल भण्डारीले विजयी शुरुवात गरे । भण्डारीले भारतका अभिनास कुँवरलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । त्यस्तै गतवर्ष भण्डारीसंग उपाधी भिडन्त गरेका भारतका दिलिप मोहन्तिले यसपटक पनि आफ्नों बलियो बादेवारी प्रस्तुत गरे । उनले भारतकै अनिलनाथ कल्रालाई ६–२, ६–२ मा पराजित गर्दै दोश्रो चरणमा आफ्नों स्थान बनाए ।

आइतबार भएको ३५ वर्ष माथिको अन्य खेलहरुमा भारतका स्वरणदिप ढोंढीले पोखराका गोपीबहादुर भट्टराईलाई ६–०, ६–१ मा पराजित गरे । त्यस्तै ४५ वर्ष माथिको एकलमा प्रताप मोक्तानले विकास गुरुङ्गलाई ६–४, ४–६ र ६–२ को कठिन सेटमा पराजित गरे । सोही उमेर समुहको अर्को खेलमा भारतका नारायण मूर्ती कोट्याला बेङकाटाले पोखराका अनुज बाँस्तोलालाई ६–१, ६–४ ले तथा अमृत कार्कीले माधब भण्डारीलाई ६–२, ६–३ ले पराजित गरे ।

५५ वर्ष माथिको एकलमा पूर्व उप–प्रधानमन्त्रि समेत रहेका कमल थापाले आफ्नों विजयी यात्रालाई जारी राखे । थापाले भारतका अरुण अग्रवाललाई ६–१ र ६–० ले सजिलै पराजित गरे । त्यसैगरि पोखराका अनिल तुलाचनले भारतका ड्योनम लामालाई ६–०, ३–६ र ६–२ को प्रतिस्प्रधात्मक सेटमा पराजित गरे । नेपालका छ्याम्बा ढुण्डुप भारतका आदित्य कर्नानीसंग ७–५ र ६–१ ले पराजित हुन पुगे ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पोखराको वडा ८ बाट पनि राजस्व संकलन सुरु

September 30, 2018
पोखराको वडा ८ बाट पनि राजस्व संकलन सुरु

पोखरा १४ असोज । पोखरा महानगरपालिकाले वडा नम्बर ८ ले पनि राजस्व संकलन कार्य सुरु गरेको छ । वडाबाटै घर जग्गा, सम्पत्ति कर तथा नक्सापास सेवाको शुभारम्भ महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले गर्नुभयो ।

आइतबार वडा कार्यालय पुगेका पहिलो करदाता पोखरा—५ का लक्ष्मी कौशले तिरेको करको रसिद हस्तान्तरण गदै शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख गुरुङले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न वडाबाटै कर संलकन सुरु गरिएको बताउनुभयो् । ‘वडा आफैमा सरकार हो, त्यसलाई पुष्टि गर्न अधिकार प्रत्योजना सहित जनतालाई घरदैलोबाटै सेवा प्रवाह गर्न वडाबाटै सेवा प्रवाह सुरु गरेका छौ ।’ काबा प्रमुख गुरुङले कर तिर्न आउनेहरुलाई राम्रो ब्यवहार गर्नुपर्ने बताउदै नागरिकले कर छल्ने प्रबृत्तिको अन्त्य गदै कर तिरेर सभ्य नागरिकको परिचय दिनुपर्ने बताउनुभयो ।

उहाँले कर बृद्धि गरेको गुनासो गरिएको भएपनि महानगरमा कसैले उजुरी नदिएको बताउदै महानगरले नागरिकको गुनासो सम्वोधन गदै कर छुट १० प्रतिशत बृद्धि गरि २० प्रतिशत पुर्याएको बताउनुभयो । उहाँले महानगरले पुस मसान्त सम्म सम्पत्ति करमा २० प्रतिशत र असार सम्म १० प्रतिशत छुट दिने बताउनुभयो । महानगरले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएर ३३ वटै वडाबाट राजश्व र कर संकलनको लागि काम थालनी गरेको बताउनुभयो । प्रविधिको कारणले आफूसँग भएको सम्पत्ति कति छ ?जहाँबाट पनि हेरेर कर तिर्ने व्यवस्था महानगरले मिलाएको उहाँको भनाइ छ । महानगरले कर बढाएको नभइ मालपोत कार्यालयले सम्पत्तिको मूल्यांकन बढाएकाले विगत भन्दा केही बढी कर तिर्नुपरेको उहाँले स्पस्ट पार्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल नगरबासीलाई महानगर कार्यालय आउन नपरोस भनेर वडाबाटै कर संकलनको काम थालिएको बताउनुभयो । उहाँले महानगरलाई भिडभाड मुक्त बनाउदै नागरिकलाई सहज रुपमा सेवा प्रवाहको ब्यवस्था मिलाइएको बताउनुभयो । महानगरमा धेरै भिडभाड भयो,‘सानासाना काम महानगरले हेर्दा नीति निर्माण र योजना बनाउन सकिएन भनेर अधिकार वडामा प्रत्यायोजन गरिएको छ ।’ उहाँले भने अव कर संकलन, तिन तला सम्मको घरनक्सा पास, १५ लाख सम्मका योजनाको सम्झौता लगायतका काम वडाबाटै हुने ब्यवस्था गरिएको र यसले नागरिकलाई सहज हुने बताउनुभयो । उहाँले महानगरका ३३ वटै वडाबाट कर संकलन गरिने बताउनुभयो । उहाँले महानगरका जुनसुकै वडाबाट पनि महानगरबासीले कर तिर्ने ब्यवस्था गरिएको समेत जानकारी दिनुभयो ।

वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएके कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष जगत पहारी, नेकपा वडा नम्वर ८ का संयोजक राजकुमार गिरी, काँग्रेसका वडा सभापति सुभाष सिग्देल, वडा नम्वर ८ का सदस्य कृष्णमान ठुसाजु लगायतले बोल्नु भएको थियो । वडाबाट एकीकृत सम्पत्ति कर, घरनक्साको राजश्व लगायत सबै कर वडा कार्यालयबाटै तिर्न सकिने छ । कुन वडामा कति राजश्व र कर संकलन भयो त्यो महानगरको राजश्व शाखामा हेर्न सकिने प्रविधि जडान गरिएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

अमेरिकामा उजुरी परे पछि कारबाही हुन्छ – अमेरिकी संचार विज्ञ जुली वेष्टफल

September 30, 2018
अमेरिकामा उजुरी परे पछि कारबाही हुन्छ – अमेरिकी संचार विज्ञ जुली वेष्टफल

पोखरा, असोज १४ । विकासोन्मुख देशमा मात्र नभई विकसित देशमा पनि पत्रकार महिलाले संचार क्षेत्रबाट विभेदको सामाना गर्नु परेको अमेरिकि पत्रकार एवं संचार विज्ञ जुली वेष्टफलले बताएकी छिन् । आइतबार पोखरामा संचारिका समुह नेपाल गण्डकी प्रदेशको संयोजनमा पत्रकार महिलाहरुसँगको छलफलमा उनले सो कुरा बताएकी हुन् ।

नले शुरुका दिनमा संचार क्षेत्रमा काम गर्दा आफुले विभेद भनेको के हो भन्ने नबुझ्दै प्रवेश गरेको अनुभव सुनाउँदै विस्तारै महिला र पुरुष पत्रकार बीचको अवस्थाको बारेमा जानाकारी लिदाँ तुलात्मक रुपमा आफु महिला भएकै कारण विभेदको गरिएको कुरा थाहा पाएको बताइन् । उनले अमेरिकी जस्तो विकसित मुलुकमा पनि महिलालाई राजनीति,अर्थ, खेलकुद, भन्दा पनि महिलाको जीवनशैली, फेसनको विटमा साँघुरो गर्न खोज्ने गरेको बताइन् ।

महिला पत्रकारले ल्याएको नयाँ इस्यु र विचारलाई दबाउने र पछि पुरुष पत्रकार मार्फत प्रकाशित गर्ने गरेका धेरै अनुभवहरु आफुसँग भएको उनको भनाई थियो । १७ वर्ष लामो निरन्तर संर्घष पछि पत्रकारीता क्षेत्रमा उनले पुरुष पत्रकारसँग प्रतिष्पर्धा गर्दै आफ्ना इस्युहरुलाई संचार क्षेत्रमा स्थापित गर्न सफल भएको सुनाईन् ।

मिडिया हाउसमा पत्रकार महिलालाई समस्या देखिन थालेपछि रिपोर्टिङ्ग कसरी गर्ने भन्ने विषय भन्दा पहिला मिडिया हाउसमा आफ्नो विचारलाई कसरी स्थापित गर्ने र वर्क लाइट ब्यालेन्सलाई ध्यान दिएर महिला पत्रकारहरु संगठित भएको बताइन् । उनले ब्यवस्थापकिय तालिम मार्फत अघि बढे पछि सकारात्मक नतिजा हासिल गर्न सफल भएको अनुभव सुनाइन् ।
मिडिया लैङ्गिक समावेशीको सवालमा भने छापा र अनलाईनमा ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुष पत्रकार रहेको उनको भनाई थियो ।

‘अमेरीकामा पनि पत्रकार महिला माथि विभिन्न हिंसा हुने गरेको छ तर त्यस विरुद्ध बोल्ने र लेख्ने साहास पत्रकार महिलामा गरेको खण्डमा कारबाहिको हुन्छ ।’ पत्रकार महिलाहरुको कतिपय समस्या विकसित मुलुक र विकासोन्मुख मुलुकमा साझा रहेको उनको भनाई थियो ।
कार्यक्रममा अमेरिकी दुताबासकी प्रवक्ता एण्डी डी आरमेन्टले पनि पत्रकार महिलाहरुे समस्याहरुका बारेमा खुलेर छलफल गर्ने समाधानकालागि सबै एकजुट हुनुपर्ने धारणा राखिन् ।

संचारिका समुह नेपाल गण्डकी प्रदेशका अध्यक्ष जमुना वर्षा शर्माले पत्रकार महिलाका समस्या चुनौती र सँगसँगै अवसरको विषयमा आफ्नो भनाइहरु राखेकी थिइन् । कार्यक्रममा विभिन्न संचार क्षेत्रमा आवद्ध पत्रकार महिलाले संचार क्षेत्रमा लैगिंक मैत्री वातावरण नहुँदा भोग्नु परेको अवस्थाका बारेमा आफ्नो अनुभवहरु सुनाएका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

मोबाइल टावरमा फेस्टिबल अफर

September 30, 2018
मोबाइल टावरमा फेस्टिबल अफर

पोखरा, १४ असोज 
। पोखराको केन्द्र महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरले दसैं, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी फेस्टिबल अफर सार्वजनिक गरेको छ । यो अफर भदौ १५ देखि कात्तिक महिनाभर कायम रहनेछ । टावरको सञ्चालक पोखरा टावर प्रालिका अध्यक्ष देवबहादुर श्रेष्ठले यो अवधिमा जुनसुकै सामान किन्दा पनि विशेष छुट दिइने बताए । उनले भने, ‘चाडपर्वको उमंगमा अझ रौनक थप्न स्किम ल्याएका हौं ।’

अफर अन्तर्गत हरेक दिन लक्की ड्रमार्फत १ जनालाई मोबाइल सेट र ३ जनालाई भित्ते घडी दिइनेछ । टावरमा सामान खरिद गर्दाका कुपनहरु समावेश गरी मंसिर ३ गते बम्पर उपहार खोलिने पोखरा टावर सञ्चालक समिति सचिव नारायण सुवेदीले जानकारी दिए । बम्पर पुरस्कार विजेताले स्कुटर पाउनेछन् ।

यो ५ तले आधुनिक भवनमा सबैजसो कम्पनीका मोबाइल होलसेल तथा खुद्रा पसल छन् । ८० वटा मोबाइल पसल रहेको टावरको अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निशुल्क पार्किङको व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको आधिकारिक डिलर, मोवाइल पाट्सका समेत पसल छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

केभसिटी मिडियाले पाएको पुरस्कार श्रेया बिकको परिवारलाई हस्तान्तरण

September 30, 2018
केभसिटी मिडियाले पाएको पुरस्कार श्रेया बिकको परिवारलाई हस्तान्तरण

गिता राना मगर, पोखरा १४ असोज । केभसिटी मिडियाले केभसिटी भलिवल प्रतियोगितामा पाएको पुरस्कार श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको छ । पोखरा टुडिखेलमा असोजको १२ र १३ गते सम्पन्न प्रथम केभसिटी मिडियाकप भलिवल प्रतियोगितामा आयोजकले प्राप्त गरेको दोश्रो पुरस्कार राशी नगद २२ हजार २ सय २२ रुपैया कास्की पुम्दी भुम्दी २२ दहरामा रहेको मृतक बिकको परिवारलाई हस्तान्तरण गरिएको हो ।

गत असोजको ८ गते हत्या भएकी श्रेयाको घरमा पुगी उनकी आमा वेल कुमारी बिक, ठूलो बुवा मिन बहादुर बिक र हजुरवुवा तिलक बहादुुर बिकलाई मिडियाका अध्यक्ष दुर्गा प्रसाद आचार्य, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले नगद प्रदान गरेका थिए । सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले हत्यारा पक्राउ परिसकेकाले अव कानुन अनुसारनै हत्यारा कुसुम पौडेललाई जन्मकैद र हदै सम्मको कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पिडित परिवार प्रति धैर्यधारण गर्न आग्रह गरे ।

सो अवसरमा वोल्दै मृतककी ठूलो वुवा मिन बहादुर बिकले घटनामा पक्राउ परेका कुसुमलाई मुलुकको कानुन अनुसार कारबाही गर्न कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरलाई आग्रह गर्दै दुखको वेलामा केभसिटी मिडियाले आर्थिक सहयोग गरेर पु¥याएको सहयोग प्रति धन्यवाद प्रकट गरे । साथै उनले छिट्टै नै आफ्नो छोरीको शव बुझी दाहसंस्कार गर्ने समेत वताए ।

केभसिटी मिडियाका संचालक भिम थापाले गत असोज ८ गते हत्या भएकी श्रेया बिकको परिवारको आर्थिक स्थिती अतिनै दयनिय अवस्थाको रहेको र उनको आमा पनि विरामी भइरहने गरेको थाहा पाएपछि आफुहरुले आयोजना गरेको मिडियाकप भलिवल प्रतियोगितामा दोश्रो स्थान हासिल गरी पाएको पुरस्कारलाई सामाजिक काममा खर्च गर्नुपर्छ भन्ने ठानेर उनकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको वताए ।

मिडियाको काम समाचार सम्प्रेसण मात्र नभइ सामाजिक कामपनि भएकाले आफुले सक्ने सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नका लागी पनि केभसिटी मिडियाले आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिने समेत थापाले वताए ।
उक्त अवसरमा केभसिटी मिडियाको तर्फबाट मिडियाकप भलिवल प्रतियोगितामा सहभागी पत्रकारहरुको सहभागीता रहेको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

कलाकार सेञ्चुरी र लामिछाने सहकार्यमा

September 29, 2018
कलाकार सेञ्चुरी र लामिछाने सहकार्यमा

दशै नजिकिंदै छ । नेपालीहरु यसपटकको दशै कसरि मनाउने भन्ने सोंचमा छन् । शहर बजामा भएकाहरु च्याँग्रा सोंच्दै होलान । घरबाट पर भएकाहरु घर र आफ्ना परिवार सम्झदै होलान् । गाउँबाट शहर आएकाहरु गाउँका साथीभाइसंगको भेटघाट र रमाइला गफगाफको कल्पनामा मस्त होलान् । निधारभरि राता टिका र कानमा पहेंला जमरा, ठूलाबढाका आर्शिबाद कल्पिदै होलान ।
अथवा कोहि यसपटकको दशै मनाउन पाइएन भनेर पिर मान्दै होलान् । तर कलाकारद्वय तिलबिर सेञ्चुरी र युवराज लामिछानेलाई भने दशैं नजिकिएको पत्तै छैन । यसपटकको दशै कसरि मनाउने, उनीहरुसंग कुनै योजनै छैन । घरपरिवार, साथीभाई र आफन्तबाट पर रहेका उनीहरुलाई थाह छ त बन्दै गरेको मूर्तीका बारेमा थाह छ । योजना पनि त्यसैलाई कसरि राम्रो बनाउन सकिन्छ भन्ने मात्रै छ ।

वरपर बाँसका खटहरु । तिनै खटको भरमा ठडिंदै गरेको विशाल मूर्ती । हो, कलाकारद्वय सेञ्चुरी र लामिछाने यतिबेला चितवनको देवघाट परिषरमा महादेवको विशाल मूर्ती बनाउने अभियानमा छन् । बन्दै गरेको पैतिस फिटे मूर्तीनै उनीहरुको दिनचर्या बनेको छ । झण्डै आधाआधि काम सकिएको छ । देवघाट धाम संरक्षण प्रतिष्ठान, चितवनले कलाकार सेञ्चुरी र लामिछानेलाई यो जिम्मा सुम्पिएको छ । उनीहरुले कलाक्षेत्रमा बनाएको नाम, प्रतिष्ठा र यसअघिका कामहरु देखेरनै प्रतिष्ठानले यो जिम्मा सुम्पिएको हो । प्रतिष्ठानले सुम्पिएको जिम्मा र विश्वासलाई उनीहरुले पनि खेर फाल्ने वाला छैनन् । त्यसैले त आउँदै गरेका ठूला चाडपर्वको समेत प्रवाह नगदै उनीहरु आहोरात्र काममा खटिएका हुन् ।

त्यसो त उनीहरुले गर्दै गरेको यो काम, मात्रै काम पनि होइन । यो त कला हो । साधना हो । यसै क्षेत्रमा लामो कालखण्ड पुरा गरेका उनीहरुसंग यस सम्बन्धि राम्रो अनुभव छ । कलाकार सेञ्चुरीको कलाले पोखराको छोरेपटनस्थित गुप्तेश्वर गुफा परिषरलाई कलैकलाले श्रृंगारेको छ । डेभिजफलभित्र विभिन्न जातजातिका मूर्ती पनि उनै कलाकार सेञ्चुरीले बनाएका हुन् । पोखरामा मात्र होइन, जुम्लाको पाण्डु गुफामा रहेका पाँच पाण्डब र द्रोपदीको मूर्ती बनाउने कलाकारपनि यिनै सेञ्चुरी हुन् । त्यस्तै, धरानको चताराधाममा रहेको ३५ फिटको हनुमानको मूर्ती, बेनीको गलेश्वर र धनगढीको मुक्तिनाथ धाममा कामधेनु गाई बनाउने कलाकारपनि यिनै सेञ्चुरी हुन् ।

पोखरा–८ नागढुङ्गाका कलाकार युवराज लामिछानेद्वारा निर्मित शिव, पार्वती, गणेश, महाकाली, सरस्वती, लक्ष्मी लगायत देवदेवताका मूर्तीहरु कास्कीका विभिन्न गाउँघर तथा छिमेकी स्याँग्जा, पर्वत, तनहुँ लगायतका स्थानमा रहेका विभिन्न मन्दिरहरुमा पुजिएका छन् । कलाकार लामिछानेले देवदेवताका मात्रै होइन, संग्रहालयका लागि विभिन्न जातजातीका मूर्ती, शहिदका मूर्ती बनाएका छन् ।

पोखराको नयाँबजारमा लागेको मःम मेलामा अहिले सम्मकै ठूलो मःम बनाएका लामिछाने पछिल्लो समय कलाको आधुनिक शैलि ‘थ्री डि’को अभ्यास पनि गरिरहेका छन् । उनी पानी र तेल रंगसंग क्यानभासमा राम्रै खेल्छन् । लामिछाने विद्यालयस्तरबाटै कला क्षेत्रमा लागेका हुन् । विद्यालयस्तरमा उनको चित्र देशमै अब्बल भएर एशिया स्तरिय प्रतिस्पर्धाका लागि छनौट भएको उनलाई याद छ । त्यस्तै, नेपाल सरकारको युवा कार्यक्रम अन्तर्गत उनी वर्ष २०७४ का लागि कास्की युवा घोषित हुँदै नगद सहित पुरस्कृत भएका थिए, जुन कला क्षेत्रमा उनले पाएको पछिल्लो पुरस्कार हो ।

सुर्खेत, भेरीगंगा–८ का सेञ्चुरीले यसअघि कलासाधनाकै अभ्यासका क्रममा झण्डै १५ वर्ष भारतमा विताएका थिए । कमजोर आर्थिक अवस्थाका कारण दैनिक ज्याला मजदुरीका लागि भारत पुगेका उनी मूर्तीकारको फेला परे । ‘घरको काम भनेर गएको मूर्तीको काम रहेछ, त्यहि समुहमा काम गर्दागर्दै मूर्ती बनाउन सिकें’ उनले भने । उनले भारतको हरिद्वार, दिल्ली, इलाहबाद, उडिसा, पञ्जाब, हिमाञ्चल, बरेली, मानसरोबर लगायतका स्थानहरुमा पुगेर मूर्तीको काम गरिसकेका छन् । कलाकार सेञ्चुरीलाई दर्जन बढि संघसंस्थाले सम्मान गरिसकेको छ ।

पोखराको नागढुङ्गामा नागढुङ्गा मूर्ती उद्योग र छोरेपाटनमा छोरेपाटन मूर्ती उद्योग सञ्चालन गर्दै आएका यि दुई कलाकारलाई चितवनले सहकार्यमा भेटाएको छ । ‘हाम्रो सहकार्यमा नेपाली कला क्षेत्र थप उचाईमा पुग्ने विश्वास लिएका छौं’ दुवैजनाको भनाई छ । यद्यपी, उनीहरुको सहकार्यले कलाक्षेत्रलाई कहाँ पु¥याउने हो, यो भने आगामी दिनलेनै तय गर्नेछ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

हिमालय फाउन्डेसनका संस्थापक अध्यक्ष तथा पूर्व खेलाडी श्रेष्ठले गरे १० लाख आर्थिक सहयोग

September 29, 2018
हिमालय फाउन्डेसनका संस्थापक अध्यक्ष तथा पूर्व खेलाडी श्रेष्ठले गरे १० लाख आर्थिक सहयोग

पोखरा, १३ असोज । अमेरिका क्यालोफोनिर्याकामा आफ्ने सफल व्यवसायी तथा पूर्व १ सय माइल म्याराथन धावक यज्ञलाल श्रेष्ठले पोखरा १४ स्थित निर्मााणाधिन शिकोकाइ कराते भवन निर्माणका लागि १० लाख नगद उपलव्ध गराएका छन । अमेरिकाको क्यालीफोर्नियमा हिमालय फाउनडेन्सन करर्पोरेसन मार्फत ब्यवसाय संचालन गर्ने श्रेष्ठले आफ्नो पाँचौ प्रोजेक्ट अन्र्तगत नेपाल शितोरियो शिकोकाई कराते संघलाई ४० लाख उपलब्ध गराएका हुन ।

आफूले भवन निर्माणका लागि सहयोग गरेको ४० लाख मध्येको बाँकी रकम १० लाख उनले निर्माणाधिन भवनमानै शनिवार आयोजित कार्यक्रममा उपलव्ध गराएका थिए भने ३० लाख गत वर्षनै उपलव्ध गराइसकेका थिए । सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाल खेलकुद पत्रकार मंच कास्कीलाई समेत तेश्रो पोखरा स्र्पोट्स अर्वाडको आफूले सहयोग रकम २० हजार अध्यक्ष केशब पाठकलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम गण्डकी प्रदेश सांसद राजिब पहारीले नेपालमा खेलको ठूलो सम्भावना भए पनि राज्य बाट कहिल्यै पनि प्राथमिकतामा नपरेको बताए । समाजमा जहिले पनि दुई प्रकारका मान्छे भएको बताउँदै उनले सहयोगदाता यज्ञलाल तर्फ इंगित गर्दै भने–“संधै वाँचिरहनेहरुले समाजका लागि यज्ञलालले जस्तै सहयोग गरिरहेका छन त्यसैले उहाँको नाम यज्ञमात्रै होइन महायज्ञनै हो ।”

सांसद पाहारीले अर्को एक प्रसंगमा समाजमा वढीरहेको महिला हिंसा तर्फ लक्षित गर्दै भने–“महिला माथी हिंसा र बलत्कार गर्नेलाई ज्वाई जस्तो पालेर जेलमा राख्ने होइन कानुन संसोधन गरेर भएपनि सोझै फाँसीको सजाए हुनुपर्छ ।” उनले अर्को एक प्रसंगमा मुलकमा संघियताको जग बलियो बनाउनमा राज्य लागिरहेको र अबको बिकासको मोडल ‘पव्लिक प्राइभेट पार्टनरशिप’को आधारमा हुनु पर्ने औंल्याए ।

कार्यक्रममा बोल्दै सहयोगदाता तथा हिमालायन फाउन्डेसनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले आफू खेलकुदमा लागेर यूवा अवस्थामा नै विदेश पलायन भए पनि जहिले पनि नेपालको शिक्षा र खेलकुद बिकासका लागि सहयोग गर्दै आएको बताए । अध्यक्ष श्रेष्ठले आफू २१ वर्षको उमेरमा दुख गरेर आफ्नै खर्चमा सन २००२ र २००३ मा अमेरिकमा सिल्भर मेडल जितेर राष्ट्रको झण्डा फहराउँदाको त्यो अनुभुती र गर्व संधै महशुस भइरहेकोले पनि नेपाली खेलाडीका लागि केही गरौं भन्ने लागिरहेको बताउँदै भने –“एउटा शसक्त खेलाडी बन्न जिवनमा कहिल्यै पनि हरेश खान हुन्न पाठ सबैल सिक्ने अवश्यक छ ।”

विदेशी भूमी बाट मेडल जितेर नेपाल आउँदा समेत खेलकुद निकायले वेवस्ता गरेको भन्दै विदेश भासिएको तितो यर्थाथ आफू संग रहेको अध्यक्ष श्रेष्ठले बताउँदै भने–“हामी खेलाडीले विदेशमा झण्डा फहराउँछौ राज्यले वास्ता नर्गदा दुख लाग्छ ।”सो अवसरमा लायन्स क्लब ३२५ बिका डिष्ट्रीक्ट कोर्डनिटर मोहन कृष्ण श्रेष्ठ, लायन्स क्लब काष्ठमण्डप क्यालिफोर्नियाका अध्यक्ष नारायण सोनामी, शेयर एण्ड केयर फाउन्डेसनका निर्देशक रमेश खडका, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, शिकोकाई कराते संघका उपाध्यक्ष महेन्द्र गुरुङ लगाएतले अब खेलाडीहरुले पानीमा भिजेर प्रशिक्षण लिने समस्या समधान भएको बताउँदै मार्शल आर्ट खेल बाट राष्ट्रका लागि पदक ल्याउन नेपाली खेलाडी सक्षम हुने बताए ।

कार्यक्रम नेपाल शितोरियो शिकोकाई कराते संघका अध्यक्ष शुष्मा गुरुङको अध्यक्षतामा भएको थियो । यसै गरि हिमालय फाउन्डेसनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले हालै अमेरिकाको सेनफ्रान्सिस्कोमा नेपाली समाज घर निर्मााण गर्न आयोजित महायज्ञमा ५५ हजार ५ सय ५५ डलर नेरु करिब ६५ लाख सहयोग गरेका थिए । यसै गरि उनले शिन्धुपाल्चोक मेलम्ची स्थित श्री बाल सुधार माबीलाई करिब २५ लाख र ज्योती भञ्ज्याङ आधारभूत माबीलाई करिब ५० लाख ति विद्यालयको शैक्षिक उन्नतीका लागि सहयोग गरिसकेका छन । विंस २०७२ सालको महाभुकम्पमा उनले काभ्रे, नुवाकोट र दोलखामा समेत गरि करिब ५० लाख भन्दा बढी सहयोग गरेका छन ।

पूर्व खेलाडी यज्ञलाल श्रेष्ठले सन २००२ मा नेपालको प्रतिनिधित्व गर्दै अमेरिका स्थित क्यालिफोर्निया वेष्टर्न स्टेट्स १ सय माइल दौडमा सहभगी भएर २२ घन्टा ३७ मिनेटमा दौड पूरा गरि रजत पदक जितेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

रोट¥याक्ट क्लवले महिला हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने

September 29, 2018
रोट¥याक्ट क्लवले महिला हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने

देशव्यापी महिला हिंसाका घटनाहरुमा वृद्धि भइरहेको बेला रोट¥याक्ट क्लव, नेपाल जोन ४ को दोस्रो बैठकले महिला हिंसाविरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार पोखरामा सम्पन्न जोन ४ अन्तर्गतका १२ वटा रोट¥याक्ट क्लवहरुको बैठकले महिला हिंसा र यौन दुव्र्यवहारको बारेमा जनचेतना कार्यक्रमसँगै बालिका तथा किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गर्ने निर्णय गरेको रोट¥याक्ट क्लव जोन ४ का जेडआरआर सुवास मल्लले जानकारी दिए ।

अभियानको विस्तृत योजना तथा समय तालिका रोट¥याक्ट क्लव अफ पोखरा गण्डकी मेडिकल कलेजले बनाउने र सोही अनुसार कास्की, पर्वत र बागलुङ्ग जिल्लाका विद्यालय तथा कलेजहरुमा यी कार्यक्रमहरु सञ्चालन गर्ने क्लवले योजना बनाएको छ । बैठक पछि मल्लले अगाडि भने, ‘हिंसा भएपछि चिन्ता गर्नुभन्दा हिंसा नै हुन नदिने अभियानमा हामी १२ वटै क्लवहरु स्वयंसेवी अभियानमा लाग्दैछौं ।’

बैठकले रोट¥याक्ट क्लवको अध्यक्ष सचिवहरुको राष्ट्रिय भेलामा सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै आफ्नो कार्ययोजना समेत पारित गरेको छ । कार्ययोजना अनुसार क्लवले जोन ४ मा राष्ट्रिय करियर सम्मेलन, उद्यमी सम्मेलन, रक्तदान कार्यक्रम, रोट¥याक्ट हाजिरी जवाफ प्रतियोगिता, वनभोज कार्यक्रम, साहित्यीक साँझ, फुटसल प्रतियोगिता आदि कार्यक्रमहरु सञ्चालन गर्ने छ ।

बैठक जोन ४ का जेडआरआर सुवास मल्लको अध्यक्षता, सचिव प्रवेश गौतमको सञ्चालन तथा एडिआरआर सञ्जीव पौडेल र निवर्तमान जोडआआर दिपेन्द्र घिमिरेको विशेष उपस्थितीमा सम्पन्न भएको थियो । रोट¥याक्ट क्लव अन्तर्गत सबैभन्दा ठूलो यो जोनमा १२ क्लवमा ६०० जना युवाहरु कास्की, पर्वत र बागलुङ्ग जिल्लामा स्वयंसेवा गरिरहेका छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.