×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2018
    • November

धादिङको खादिङमा तमु धिं युकेद्धारा निर्मित विद्यालय भवन उद्घाटन

November 30, 2018

पोखरा । धादिङ जिल्लाको दुर्गम क्षेत्र रुबी भ्याली गाउपालिका वडा नं. ६, खादिङमा तमु धिं युकेद्धारा निर्मित विद्यालय भवनको बुधवार उद्घाटन गरिएको छ। २०७२ सालको बैशाख १२ र २९ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भई खुल्ला मैदानमा पठन पाठन गर्न बाध्य खादिङस्थित हिमालय सरस्वती आधारभुत विद्यालयमा तमु धिं युकेले पाहार ट्रष्ट नेपालको प्राविधीक र स्थानीयको जनश्रमदानको सहयोगमा निर्मित ५ कोठे विद्यालय भवनको उद्घाटन गरिएको हो।

६० लाख ३५ हजार ५११ रुपैयामा निर्मित भवन उद्घाटन प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङ र विशेष अतिथि पाहार ट्र«ष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङ शिलालेख अनावरण गरी भवनको उद्घाटन गर्नुभएको हो भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गुरुङले दीप प्रज्वलन गर्नुभएको थियो। भवन उद्घाटनमा तमु धिं युकेका निवर्तमान अध्यक्ष तथा भवन निर्माण संयोजक रामचन्द्र(सुर्जे)गुरुङ, तमु धिं युकेका नवर्निर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, नवर्निर्वाचित उपाध्यक्ष हरी गुरुङ, नवनिर्वाचित उपाध्यक्ष जुमकाजी गुरुङ, कोषाध्यक्ष दीपक गुरुङ, कार्यकारिणी सदस्य श्रीप्रसाद गुरुङ, सदस्य भिम गुरुङ लगायतले साथ दिनुभएको थियो। उक्त भवनको २०७५ सालको बैशाख १२ गते ज्ञामबहादुर गुरुङ लगायतले शिलान्यास गर्नुभएको थियो।

भुकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि तमु धिं युकेले युकेमा च्यारिटी गरी संकलित ५० लाख रुपैया, पहार ट्रष्टको प्राविधीक सहयोग र स्थानियको ९ लाख बराबरको श्रमदानसहित करिब ६० लाख ३५ हजार ५११ रुपैयामा उक्त विद्यालय भवन निर्माण भएको हो। तमु धिं युकेले भुकम्पबाट दुर्गम क्षेत्रमा अति नै प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गरी सेवा पुर्याउने पहल गरिरहेको र पाहार ट्रष्ट नेपालले विगत २५ वर्षदेखि दुर्गम वा ग्रामीण भेकमा शिक्षा र स्वास्थ क्षेत्रमा सेवा गर्दै आइरहेकाले दुइ संस्थाले सहकार्य गरी स्थानीयको समेत सहभागीतामा विद्यालय भवन निर्माण सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङले भुकम्प प्रभावित अति दुर्गम क्षेत्र खादिङमा विद्यालय निर्माण गरी सेवा पुर्याउन पाउदा अत्यन्तै खुशी भएको बताउनुभयो। विद्यालयमा अझै आवाश्यक थप ४ कोठाका लागि रोटरी क्लव अफ युकेसँग सहयोगको पहल गरेको जानकारी दिनु भयो। आफ्नो गाँउको विकासका लागि आफै लाग्नुपर्दछ,भन्नुहुदै विद्यालयलाई आवाश्यक जग्गा सहयोगका लागि स्थानियलाई आग्रह उहाँको थियो। युकेमा बसोवास गरे पनि भिम गुरुङले आफ्नो गाँउको विद्यालयको पीडा जानकारी पश्चात खादिङमा विद्यालय निर्माणका लागि तमु धिं जुटेको अध्यक्ष गुरुङको भनाई थियो।

?

भुकम्पको पीडाका कारण विद्यालय भवन निर्माणले तमु धिं, पाहार ट्रष्ट नेपाल र स्थानीय विच दिगो सम्बन्ध स्थापित भएको उहाँको भनाई थियो। यसैविच उहाँले हिमालय सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत दिलाल गुरुङलाई आगामी वर्षदेखि तमु साँस्कृतिक प्रतिष्ठानसँग समन्वय गरी छात्रवृति उपलब्ध गराउन पहल गर्ने बताउनुभयो। भोलिको सुनौलो भविष्य बालबालिका भएकाले सबैले आफ्ना बच्चाहरुलाई शिक्षामा जोड दिन आग्रह गर्नुभयो। विशेष अतिथि पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै खादिङमा भुकम्पबाट क्षतिग्रस्त भई पठन पाठनमा समस्यालाई समाधान गर्न दाता सँस्था तमु धिं युकेसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभया। पाहार ट्रष्टको उद्धेश्य र कार्यक्रमसँगै मिल्ने योजना भएकाले तमु धि र स्थानीयसँग आफुहरु जोडिएको उहाँको भनाई थियो। २०७२ सालको भुकम्प पश्चात पाहार ट्रष्टले खादिङमा १ हजार बोरा चामल र २ सय किलो नुन राहत स्वरुप सहयोग गरेको समेत उहाँले जानकारी दिनुभयो। विद्यालय भवन ६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षाको समय र ढुवानीको समस्याले ८ महिनामा उद्घाटन गर्न पाउदा पनि आफुहरु हर्षित भएको बताउनुभयो। उहाँले विद्यालय निर्माणको आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभएको थियो।

तमु धिं युकेका निवर्तमान अध्यक्ष तथा विद्यालय भवन निर्माण संयोजक रामचन्द्र(सुर्जे) गुरुङले शुभकामना व्यक्त गर्नुहुदै अति आवाश्यक गाँउमा विद्यालय भवन निर्माण गर्न पाउदा खुशी व्यक्त गर्नुभयो। संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत भुकम्प पीडितहरुको पीडामा तमु धिं युकेको तर्फबाट थोरै भए पनि मल्हमपट्टी लगाउने प्रयत्न गरेको बताउनुभयो। विद्यालयलाई गुणस्तरीय शिक्षाका लागि १८ वटा ल्यापटप सहयोग हस्तान्तरण गर्नुहुदै डिस्कभरी वल्र्ड ट्रेकिङका मिलन गुरुङले तमु धिं युके र पाहार ट्रष्ट दुर्गम गाँउमा पनि धादिङ बेसीमा भन्दा पनि राम्रो भवनमा गाँउका विद्यार्थीले पढ्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। आफुले अध्ययन गरेको विद्यालयलाई आफ्नो तर्फबाट पनि सक्दो सहयोग रहिरहने उहाँको भनाई थियो।

रुबी भ्याली गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष नरमान गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं र पाहार ट्रष्टलाई सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।राज्यको तर्फबाट पनि सहयोगको पहल आफुले गर्ने बताउनुभयो। कार्यक्रममा विद्यालय कार्यालयका लागि प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङले १ थान ल्यापटप सहयोग हस्तान्तरण गर्नुभएको भने टलक गुरुङले पठाउनुभएको २ वटा भलिवल र १ थान भलिबल नेट विद्यालयका प्रधानाध्यापक गंगाराम तामाङलाई हस्तान्तरण गर्नुभयो। यसरी नै तमु धिं युकेले भवन निर्माणका लागि विशेष सहयोग गरेको भन्दै पाहार ट्रष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङ, मम गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङ, प्रधानाध्यापक गंगाराम तामाङ, वडा अध्यक्ष नरमान गुरुङलाई सम्मानपत्र, मायाको चिनो सहित सम्मान गरिएको थियो । यस्तै गरी भवन निर्माण हेर्नुभएको पाहार ट्रष्टका इञ्जिनियर नरेन्द्र नेपाली, कर्मचारी चन्द्र घले, खादिङ पुर्याउने पाइलटहरु एरिक र सविन लामालाई समेत खादा लगाइ सम्मान गरिउको थियो।

यस्तै गरी पाहार ट्रष्ट नेपालले पनि तमु धिं युकेसहित विशेष सहयोगीहरुलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो। यसरी नै विद्यालयको तर्फबाट पनि तमु धिं युके, पाहार ट्रष्ट लगायत अतिथिहरुलाई सम्मान गरिएको थियो।कार्यक्रमको अध्यक्षता गर्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङले विद्यालय भवन निर्माण गरिदिने तमु धिं युके र पाहार ट्रष्ट नेपाललाई धन्यवाद व्यक्त गर्नुहुदै विद्यालयका लागि अफै थप ४ कोठा आवाश्यक भएकाले सहयोगको आग्रह गर्नुभयो। स्वागत गर्नुहुदै प्रधानाध्यापक गंगाराम तामाङ र विद्यार्थी दिलाल गुरुङले खुल्ला आकाश मुनि बसेर पठन पाठन गर्न बाध्य भइरहदा तमु धिं र पाहार ट्रष्टको सहयोग खादिङबासीले कहिल्यै नविर्सने भन्दै आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन शिक्षक निर गुरुङले सञ्चालन गर्नुभएको थियो तमु धिं युकेका नवनिर्वाचित उपाध्यक्ष हरी गुरुङले पनि केही क्षण कार्यक्रम संचालन गर्नुभएको थियो। अतिथिहरुलाई स्थानीय पाइथान देवी आमा समुहले फुलमाला र विद्यालयका विद्यार्थीहरु नृत्यसहित स्वागत गरेका थिए।

कक्षा ८ सम्म अध्यापन हुने हिमालय सरस्वती आधारभुत विद्यालयमा १५६ जना विद्यार्थी, ९ जना शिक्षक र एक जना कार्यालय सहयोगी रहेको शिक्षक निर गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार १२० घर रहेको गुरुङ गाँउ खादिङमा १० घर तामाङ, दलितका १२ घर परिवार बसोवास गर्दछन।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

२० औ संस्करणको सडक महोत्सव पुष १३ देखी

November 30, 2018
२० औ संस्करणको सडक महोत्सव पुष १३ देखी

पोखरा । २० औ संस्करणको सडक महोत्सव आगामी पुष १३ देखी १७ गते सम्म सञ्चालन हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष आयोजना हुँदै आइरहेको पोखरा सडक महोत्सव ‘स्ट्रिट फेष्टिभल’ आगाामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा सञ्चालन हुने भएको हो । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले स्थापनाकाल देखि नै व्यावसायिक हक हितको संरक्षण तथा सम्बद्र्धन गर्दै पोखरामा पर्यटकीय गतिविधि सञ्चालन गर्दै आइरहेको छ,’ रेवान पोखराका अध्यक्ष बुधराज भुजेल (भिमसेन)ले भने, ‘कार्यक्रमले पर्यटकीय चहलपहल त बढाउँछ नै लोपोन्मुख भेषभूषा, कला संस्कृति, ग्रामिण भेगमा उत्पादित सामग्रीहरुको विक्रीलाई प्रोत्साहन गर्ने छ ।’

महोत्सव शहिद चोक देखि खहरे, डिहिकोपाटनसम्मको झण्डैं ३ किमि दुरीमा आयोजना हुने आयोजकले जनाएको छ । महोत्सवमा अन्तर्रा्ष्ट्रिय सांस्कृतिक कार्यक्रमको समेत प्रदर्शन गराइने तयारी रहेको रेवान पोखराका अध्यक्ष भुजेलले सुनाए । जापान, चिन, कोरियन र इन्डियनका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका लागि दुतावास समक्ष प्रस्तावना पुर्याइएको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनको भनाई छ । सडकमा होटल तथा रेष्टुरेण्टहरुको खानाका पारखीहरुलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय परिकारका मेनुहरु उपलब्ध गराइने छ । मनोरञ्जनात्मक खेल, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, पपुलर आर्टिस्टहरुको लाइभ कन्सर्ट एवं लाइभ दोहोरी महोत्सवका प्रमुख आर्कषण रहने छन् ।

महोत्सवलाई गोर्खा बु्रअरी प्रालि, जाउलाखेल ग्रुप अफ इन्टष्ट्रिज प्रालिले मुख्य प्रायोजन गरेको छ भने, सह प्रायोजनमा बोटलर्स नेपाल तराई लिमिटेड, डावर नेपाल प्रालि छन् । नेपाल पर्यटन बोर्डले महोत्सवको प्रबद्र्धनको जिम्मेवारी लिएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

न्यू ग्यालेक्सि र पोखरा एकेडेमी हङकङ व्यूटि यू–१९ महिला ह्याण्डबल प्रतियोगिताको फाईनलमा

November 30, 2018
न्यू ग्यालेक्सि र पोखरा एकेडेमी हङकङ व्यूटि यू–१९ महिला ह्याण्डबल प्रतियोगिताको फाईनलमा

पोखरा १४, मंसिर 
। न्यू ग्यालेक्सि स्कुल र पोखरा एकेडेमी प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) महिला ह्याण्डबल प्रतियोगिताको उपाधिको लागि फाईनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएकाछन।

सुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा पोखरा एकेडेमीले लिटिल स्टेप स्कुललाई र अर्को खेलमा न्यू ग्यालेक्सिले लेट्स प्ले ह्याण्डवलको समुहलाई पराजित गर्दै फाईनलमा यात्रा बनाएका हुन। पोखरा एकेडेमीले लिटिल स्टेप बिरुद्ध ८–२ को गोल अन्तरले पराजित गर्दा अर्को खेलमा भने न्यू ग्यालेक्सिले ४–३ को झिनो गोल अन्तरले पराजित गरेको हो । शनिबार दिउँसो २ बजे पछि फाईनल खेल हुने भएको आयोजक कास्की जिल्ला ह्याण्डवल संघले जनाएको छ ।

त्यसै गरी सुक्रबार भएको लिग चरणको खेलमा लिटिल स्टेपले रेन्वो एकेडेमीलाई १३–३ को फराकिलो गोल अन्तरले पराजित गर्दा अर्को खेलमा भने न्यू ग्यालेक्सिले माउन्ट अन्नपुर्णलाई ६–४ को गोल अन्तरले पराजित गरेको हो ।

पोखरामा रहेको हङकङ व्यूटि ईन्स्टिच्यूट प्रा.लि.को मुख्य प्रायोजनमा लिग कम नकाउटका आधारमा पोखरामा हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको संघ कास्कीका सचिव टेक बहादुर गुरुङले बताए । विजेताले १० हजार र उपबिजेताले ५ हजारको साथमा ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएकाछन। समुह ए तर्फ लिट्र्स प्ले ह्याण्डवल, लिटिल स्टेप र रेन्वो एकेडेमी रहेकाछन भने समुह बि तर्फ पोखरा एकेडेमी, न्यू–ग्यालेक्सि र माउन्ट अन्नपुर्ण रहेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

सामुदायीक बिद्यलय साजेदारि गठन

November 30, 2018
सामुदायीक बिद्यलय साजेदारि गठन

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा शुक्रबार हेमजाको बिष्णु पादुका मा.बि. मा लागुऔषध निउनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रमा बिद्यालयका प्र.अ. बुद्धिप्रसाद बाँस्तोलाको संयोजकत्वमा ११ सदसिय सामुदायीक बिद्यलय साजेदारि गठन भएको छ ।

त्यसै गरि सह संयोजकमा शिक्षक शेर बहादुर कार्की, सदस्यहरुमा अभिभाबक सान्ता के.सि र डम्बर बहादुर नेपालि चयन भएका छन । त्यसै गरि बिद्यार्थि सुनिल बि.क, राजन बि.क, सरिता के.सि, बिमला थापा, आरती घर्ती, सर्मिला गुरुङ र देबराज गुरुङ चयन भएका छन ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

हेमजामा लागुऔषध न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम

November 30, 2018
हेमजामा लागुऔषध न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा शुक्रबार हेमजाको बिष्णु पादुका मा.बि.मा लागुऔषध न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिनाले १२ कक्षा पास नभएन्जेलसम्म मोबाइलको प्रयोग नगर्न बिद्यार्थिलाइ सुझाब दिए । त्यसै गरि कुलतमा आफु पनि नल्गन र आफना साथिभाइ कुलतमा लगेको देखेमा सम्झाउन तथा सम्बन्धित निकायमा खबर गर्न आग्रह गरे ।

उनले भने लुकिछिपी लागुऔषध प्रयोग गर्न हुदैन । कार्यक्रममा प्रसिक्षक हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुर्णस्थपना केन्द्र बैदामका परामर्सदाता अमृत कुमार भट्टराईले लागुऔषद प्रयोगको सुरुवात , यसले मानब सरिरमा गर्ने नकरात्मक असर र समस्याको अबरेमा उलेख गरे । त्सै गरि बिद्यालयका प्र अ बुद्धिप्रसाद बाँस्तोलाले आफना बिद्यर्थिलाई तालिम दिएकोमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजालाई धन्यवाद ज्ञापन गरे ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा भएको तालिममा कक्षा ६ देखि १० सम्ममा ७० जना बिद्यार्थि सहभागि थिए । तालिमको पहरि नायब निरीक्षक टकंप्रसाद पौडेल र हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुर्णस्थपना केन्द्र बैदामका परामर्सदाता अमृत कुमार भट्टराईले सहजिकरण गरेका थिए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाकी अध्यक्ष बिष्णु बाँस्तोलाका अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष घनस्याम तिमिल्सिनाले र सञ्चालन सदस्य देबि प्रसाद अधिकारीले गरे ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ मा, प्रथम हुनेलाई एक लाख

November 30, 2018
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ मा, प्रथम हुनेलाई एक लाख

पोखरा । सुन्दर पर्यटकीय नगरी पोखराकै सबैभन्दा ठुलो रोमाञ्चक म्याराथन “सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०१९” यही फागुन ७ गते आयोजना हुदैछ । भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा र सुजल डेरी प्रा.लिको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा यस पटक १३ औं संस्करणको आयोजना गरिएको हो । “दौडौ स्वास्थ्यको लागि, दौडौ पोखराको लागि” भन्ने मूल नाराका साथ आयोजना हुने यस म्याराथनले पोखरावासीको खेल र स्वास्थ्य प्रति सकारात्मक प्रभाव पार्नुका साथै पोखराको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन थप मद्दत पु¥याउने विश्वास लिइएको छ ।

सन २००२ बाट शुरु भएको यस प्रतियोगितामा देश तथा विदेशी धावकहरुको सहभागिताले निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने मंचले जनाएको छ । १३ औ संस्करण सम्म आइपुग्दा यस म्याराथनमा विभिन्न विधाहरु ४२ किमी खुल्ला म्याराथन, १० किमी महिला÷पुरुष दौड, छात्र÷छात्रा ५ किमी दौड, ह्वील चेयर दौड ४०० मीटर–पुरुष र १०० मीटर–महिला, दृष्टिविहिन १०० मिटर दौड तथा सबैका लागि रन फर फन समावेश गरिएको छ । उक्त प्रतियोगीता पोखरा रंगशालाबाट शुरु भएर शहरका विभिन्न ठाउँहरु परिक्रमा गरी पोखरा रंगशालामा नै आएर समापन हुनेछ मंचका अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन ।

प्रतियोगिताको खुल्ला म्याराथनमा प्रथम हुनेलाई १ लाख नगद, द्वितीय हुनेलाई ८० हजार, तृतीय हुनेलाई ६० हजार र चौथो हुनेलाई सान्त्वना रुवस्प नगद १० हजार नगद सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । त्यसै, १० किमी महिला÷पुरुष म्याराथनमा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिने छ ।

त्यसै गरि ५ किलोमिटर छात्र÷छात्रा दौड प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वित्तीय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ४ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ४ सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौडमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद ५, ३ र २ हजार पाउने छन । प्रतियोगितालाई लक्ष्मी गु्रप अन्तर्गतको संस्था सुजल डेरी प्रालिको उत्पादन सफल दुधले मुख्य प्रायोजन गरेको छ । मंचले सुजल संग वार्षिक ४ लाख ५० हजार प्राप्त हुने गरि तिन वर्षका लागि सम्झौता गरेको छ ।

सम्पन्न कार्यक्रममा पोखरा महानगर पािलका प्रवक्ता एवम वडा नं ५ का अध्यक्ष धन बहादुर नेपाली, सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, पोखरेली मंच युकेका अध्यक्ष मान प्रसाद गुरुङ, वि विल राइजका निदेशक बिनोद श्रेष्ठ, तमुधिं यूकेका अध्यक्ष ग्याम गुरुङ, एडभेन्चर स्र्पोट्सका निर्देशक शिखर पाण्डे लगाएतले पोखरा म्याराथनको इतिहासले खेलकुद क्षेत्रको बिकासमा पारेको महत्वपूर्ण प्रभाव र यसलाई सफल बनाउन सबै तह र तप्काले खेल्नु पर्ने भूमिकाका बारेमा बोलेका थिए ।

पोखरा म्याराथनमा कुल २८ जना प्रतियोगीहरु पुरस्कृत हुँदैछन भने प्ुरुस्कार राशी मात्रै ३ लाख ६९ हजार खर्च हुनेछ । मंचका अध्यक्ष गुरुङका अनुसार प्रतियोगिता सम्पन्न गर्न २२ लाख ९९ हजार खर्च हुनेछ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

आरभ हाडा र शर्भानी श्रेष्ठ पोखरा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियन

November 30, 2018
आरभ हाडा र शर्भानी श्रेष्ठ पोखरा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियन

पोखरा 
।

नेपालका आरभ हाडा र शर्भानी श्रेष्ठ पोखरा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा जित हाँसिल गर्दै आरब र शर्भानीले उपाधी सहित एटिएफको २ सय अंक आफ्नों नाममा थप गराए ।

पुरुष एकलतर्फको फाइनल खेलमा नेपालका शिर्ष वरियता प्राप्त आरबहले पाकिस्तानका शिर्ष वरियता प्राप्त हसिस् कुमारलाई ६–०, ५–७ र ६–१ को सेटमा पराजित गरे । त्यस्तै शर्मानीले भारतकि प्रियांसी चौहानलाई ६–२ र ७–५ मा पराजित गरिन् ।

प्रतियोगितामा पुरुषतर्फ तेश्रो स्थान हाँसिल गरेका नेपालका अकि जुवेन रावतले अएटिएफको १०० तथा चौंथो स्थान हाँसिल गरेका इभान जोशिले ८० अंक जोड्न सफल भए । महिलातर्फ नेपालकै अजा रेग्मीले १०० तथा सुभाङ्गि लक्ष्मी शाहले ८० अंक बटुलिन् ।

विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजन गरेको पोखरा टे«कर्स इनका प्रतिनिधी डा. सोनिय भण्डारी, आयोजक संघका उपाध्यक्ष नारायण पहारी, सल्लाहकार गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का महासचिव दिल गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वाध्यक्ष विनोद लामिछाने लगायतले मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरे । संघ कास्कीका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको समापन समारोह महासचिव नविन चालिसेले सञ्चालन गरेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

युनेस्को क्लबहरुको राष्ट्रिय महासंघको वार्षिक साधारण सभा पोखरामा सुरु

November 30, 2018
युनेस्को क्लबहरुको राष्ट्रिय महासंघको वार्षिक साधारण सभा पोखरामा सुरु

पोखरा
। नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरुको राष्ट्रिय महांसंघको वार्षिक साधारण सभा पोखरामा सुरु भएको छ । शुक्रबार पोखरा महानगपालिका प्रमुख मान वहादुर जि.सीले साधारसभाको उद्घाटन गरेका हुन् ।युनेस्कोका गतिविधि र मिशनलाई तल्लो तह सम्म पु¥याउन उल्लेख्य भूमिका निर्वाह गर्दै आएको युनेस्को क्लबले तल्लो समुदाय सम्म पुगेर, शिक्षा, विज्ञान, संस्कृति र शान्तीको वारेमा नागरिकलाई सहजिकरण गर्दै आएको भन्दै प्रमुख जि.सि.ले खुसी व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै शिक्षक यूनियन कास्कीका सचिव डाल्डादेवी भूजेलले शिक्षा र संस्कृतिको माध्यमबाट मुलुकमा सकारात्मक सन्देश प्रवाह गर्ने अभियानमा लागेको महासंघलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।कार्यक्रम दुई दिन सम्म चल्ने बताइएको छ । उद्घाटन कार्यक्रममा बार्ड नं. १३, १२, २८ का वडा अध्यक्षहरु दर्शन लामा, रामबहादुर कार्की र निर्मल दियालीले शुभकामना व्यक्त गरेका थिए । नेपाल यूनिस्को संघ संस्थाहरुको राष्ट्रिय महासंघमा १६४ क्लवहरुको सहभागिता रहेको छ ।

उक्त क्लबको केन्द्रिय कमिटि र क्लबका प्रतिनिधिहरुको भेला पोखरामा भएको हो । महासंघका केन्द्रिय अध्यक्ष आनन्द त्रिपाठीको अध्यक्षतामा भएको साधारण सभामा केन्द्रिय कोषाध्यक्ष तथा स्थानिय संयोजक विकाश गुरुङले स्वागत र महासचिव महेश्वर शर्माले संचालन गरेका थिए । साधारण सभा शुक्रवार र शनिवार चल्ने छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

वैवाहिक जीवनको २५ औ वर्षगांठको अवसरमा गुरुङ दम्पती द्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

November 29, 2018

गिता राना मगर, पोखरा । वैवाहिक जीवनको वर्षगाठको अवसरमा खर्चिने पैसाबाट पोखराका एक दम्पतीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन । पोखरा अमरसिंह घर भइ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध लालकाजी गुरुङ र उनको श्रीमती पञ्जा गुरुङले आफ्नो बैवाहिक जीवनको २५ औ वर्षगांठको अवसर पारी पोखरा १४ छिनेडाडामा रहेको मसिना आधारभुत विद्यालयमा अध्ययनरत ८४ जना विद्यार्थीलाई जाडोमा लगाउने स्वीटर प्रदान गरेका हुन ।

गुरुङ दम्पतीले लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले आयोजना गरेको न्यानो कपडा हस्तान्तरण कार्यक्रमका बीच न्यानो कपडा हस्तान्तरण गरेका हुन । न्यानो कपडा हस्तान्तरण गर्दै गुरुङ दम्पतीले आफुहरुले बैवाहिक जीवनको २५ औ वर्षगांठमा खर्च गरिने पैसाबाट गरिव जनताको छोराछोरी अध्ययन गर्ने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर प्रदान गर्न पाउदा खुसी लागेको वताए ।

सो अवसरमा वोल्दै डिपार्टमेन्ट चीफ श्यामकृष्ण श्रेष्ठले लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका सचिव लालकाजी गुरुङले आफ्नो वैवाहिक जीवनको २५ औ वर्षगांठको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरी सामाजिक काम गरेकोमा खुसी ब्यक्त गरे । लायन्स क्लव सधै सामाजिक काममा अगाडी वढिरहदा यस्ता कार्यक्रमले लायन्स क्लवको कामलाई थप टेवा पुग्ने वताए । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जगननाथ तिमिल्सिनाले गुरुङ दम्पतीले आफ्नो विद्यालयको वालवालिकालाई न्यानो कपडा हस्तान्तरण गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा डिपार्टमेन्ट चीफ श्यामकृष्ण श्रेष्ठ, जोन चियर पर्सन शुसिला सिग्देल, जीएलटी कोअर्डिनेटर राजु श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष बालाकृष्ण शर्माले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने क्लवका पूर्व अध्यक्ष कमल बहादुर बस्नेतले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

अपर सेतीमा बिना अनुमती कायाकिङ गर्ने क्रममा अष्ट्रेलियन नागरिकको मृत्यु

November 29, 2018
अपर सेतीमा बिना अनुमती कायाकिङ गर्ने क्रममा  अष्ट्रेलियन नागरिकको मृत्यु

गिता राना मगर, पोखरा । कास्कीको अपर सेतीमा बिना अनुमती आफुखुसी कायाकिङ गर्ने क्रममा अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अष्टे«लियन नागरिक २३ वर्षिय महिला कासान्ड्रा इसिसे इमारेको मृत्यु भएको हो । बिना गाइड स्लो कायाकिङ गर्ने क्रममा कास्कीको अपरसेती स्थित लामाचौरको अकला मन्दिर मुनी रहेको बाबियोतारा घाटको खोचमा बिहीबार दुर्घटना हुन पुगी खोचमा अड्किएको अवस्थामा स्थानिय र अन्य कम्पनकीको रिभर गाइडले देखेपछि उनलाई उद्धार गरी उपचारको लागी पश्चिमाञ्चल हस्पिटल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

अपरसेतीको मर्दी दोभानबाट कायाकिङ यात्रा गर्ने क्रममा उनको बाबियोतरा घाटमा रहेको अफ्ठेरो खोंचमा रहेको झोरमा फस्दा दुर्घटना हुन पुगेको थियो । बाबियोतराको २ सय मिटरको खोच अत्यन्तै जोखिम रहेकाले कायाकिङ गर्नेहरुले उक्त खोचमा कसैले पनि कायाकिङ यात्रा नगर्ने गरेको भएतापनि बिहीबार बिहान ३ जना विदेशी कायकरहरुले कोही पनि कम्पनी संग अनुमती नलिइ आफुखुसी कायाकिङ गर्दा दुर्घटना भएको उद्धारमा खटिएको टोलीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.