यूएई
। खाडी देश यूएईमा छरिएर रहेका नेपालीहरु यति बेला भलिबल खेल्न जोशिए का छन । संधै कामको धुनमा बस्ने नेपालीहरुलाई खेल तर्फ आर्कषित गर्न मनोरंजन प्रदान गर्न दुबई स्थित कास्की आर्दश सेवा समाजले यस्तो ब्यबस्था गरेको हो । गत वर्ष समेत सफल रुपमा भलिबल खेल सम्पन्न गरेको समाजले यस पटक पुरुस्कार राशीमा समेत बृद्धी गर्दै नेपाली यूबाहरुलाई भलिबल खेलमा आर्कषित गर्न खोजेको प्रतियोगिताका संयोजक सुरेन जिशीले बताए । जिशीले भने–“यो ठाँउ भनेको कामका लागि नै आउने हो, यहाँ त्यस्तो मनोरंजन खेलकुद भन्ने कुरा नहुने होइन तर नगद पुरुस्कारनै राखेर यस्ता प्रतियोगिता गर्न असम्भब प्रायः नै हुन्छ ।” कास्की आर्दश सेवा समाजले गत वर्ष बाट सुरु गरेको यो प्रतियोगितालाई निरन्तरता दिंदै १८ वटा टिम प्रतियोगितामा सहभागिता हुने जनाएको छ ।
सहभागी १८ मध्ये २ टिम आयोजकको रहने जनाइएको छ । आगामी डिसेम्बर ७ अर्थात मंसिर २१ गते यस प्रतियोगिता अल–बार्शा दुबईमा हुनेछ । प्रतियोगितामा बिजेता हुने टिमले ३ हजार र उपबिजेताले नगद २ हजार रियलका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन ।
यति बेला विभिन्न टिमहरुले प्रतियोगिताका लागि नाम दर्ता गराउन सूरु गरिसकेको संयोजक जिशीले बताएका छन । “यो प्रतियोगिताका लागि प्रतियोगिता मात्रै होइन नेपाली यूबाहरुलाई खेल प्रतिको भावना जगाई राख्नका लागि पनि महत्वपूर्ण कार्यक्रम हो” उनले भने । कास्की सेवा आर्दश समाजको आयोजनामा गत वर्ष भएको प्रतियोगितामा ट्रान्स फाष्ट भलिबल क्लब अबुधाबीले उपाधी जितेको थियो । गत वर्ष समेत १८ टिमनै प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगिताको टाइटल स्पोन्सर काठमाण्डौ रेष्टुरेण्ट अबुदावी, पावर्ड वाइ युएइ एक्सचेन्ज, को स्पोन्सर हिमालयन रेष्टुरेण्ट, पीपल ट्राभल, ग्रीनलाइन ट्राभल र स्पोन्सर नेपाली चुलो अवुदावी, सिल्भरस्पोन एलाहलिया एक्सचेन्ज रहेका छन ।