चैत्र–१५, पोखरा । राष्ट्रकल्याण र विश्वशान्तिको कामना सहित श्रीराम जानकी मन्दिरको प्राङ्गण पोरा १७ बिरौटा मा आगामी चैत्र २३ गते देखि २०७६ बैशाख १ गते सम्म श्रीमद्देवीभागवत नवाह विराट ज्ञान महायज्ञ हुने भएको छ ।
श्रीराम मन्दिर परिसर भित्र निमार्णधिन अवस्थामा रहेका धर्मशालाको बाँकी भौतिक निर्माण सम्पन्न गर्न तथा वैदिक सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण गर्नका लागि मन्दिरको पश्चिम तर्फको जग्गामा गुरुकुल आश्रम निर्माण गर्ने, संस्कृत शिक्षाको अध्ययन, अध्यापन गराउने, धर्म संस्कृतिको पुर्नजागरण गराउने, समाजमा आईपर्ने सबै प्रकारका धार्मिक कार्यहरु गर्ने गराउने उद्देश्यका महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लिलाभक्त आचार्यले बताउनुभयो ।
उक्त महायज्ञमा प्रमुख कथा बाचक प्रखर बक्ता संस्कृतिविद् दयानिधि गौतमले गर्नु हुने आयोजकले जनाएको छ । सो कार्यक्रमको शोभायात्रा चैत २३ गते हिान ७ः३० बजे श्रीराम मन्दिरबाट १०८ पूर्ण कलश सहित भजनकृतन बाजागाजाका साथ विरौटा चोकबाट नगर परिक्रमा गरी पुन श्रीराम मन्दिर परिसरमा पुगी उद्घाटन समारोहमा परिणत हुने महासचिव पुण्डरी प्रसाद बरालले जानकारी दिनुभयो । महायज्ञ सफल पार्नका लागि बिभिन्न समिति एवं उपसमितिहरु गठन गरिएको छ । जसमा अध्यक्षमा लिलाभक्त आचार्य, बरिष्ठ उपाध्यक्ष रुद्रनाथ बराल, महासचिव पुण्डरी प्रसाद बराल, सचिव माधव बराल, कोषाध्यक्ष गंगाधर पौडेल, सदस्यहरुमा राम प्रसाद श्रेष्ठ, डिल्लीरमण पोख्रेल, उमाकान्त शर्मा, बिष्णु प्रसाद पौडेल, कृष्ण प्रसाद आचार्य र नम्रता बराल रहनुभएको छ ।
यसैगरि प्रचार प्रसार संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारी, अग्रज संचारकर्मि एवं बरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपाने, र लक्ष्मण शर्मा रहनुभएको छ । महायज्ञ सफल पार्नका लागि संयोजकहरुमा दानदाता तर्फ लिला प्रसाद पंगेनी,मञ्च ब्यबस्थापनमा श्री स्वामी नारायण मक्तिनाथ बिकास ट्रस्ट, यूवा परिचालनमा भोजराज बराल, पूजा ब्यबस्थापनमा ज्ञानु सुवेदी, भजन किर्तनमा रेशम राज सुवेदी, रहनुभएको सचिव माधव बरालले बताउनुभयो ।
यसका साथै महिला परिचालनमा ईन्दिरा थापा, भान्सा ब्यबस्थापनमा सिता पराजुली, फूलमाला व्यबस्थापनमा गायत्री अर्याल, संस्था परिचालनमा गिता सुवेदी , अतिथी सत्कारमा भिम बहादुर भट्टराई र दुर्गा बराल, सरसफाई तर्फ दिपेन्द्र बराल, अनूगमनमा उमाकान्त शर्मा, मूल्याङ्कनमा प्रा.डा. ईश्वरी शर्मा, स्वयंसेवकमा बिरौटा क्लब, खाध्यान्नमा रामप्रसाद सुवेदी, सम्मान तर्फ कालिदास पौडेल र भेषराज लम्साल, प्रसाद ब्यबस्थापन उपसमिति संयोजकमा दुर्गा अधिकारी, र जनजाती संयोजनमा नेत्र गुरुङ्ग रहनुभएको प्रचार प्रसार संयोजक बिमला भण्डारीले बताउनुभयो ।
सचिवालयमा कृष्ण प्रसाद पौडेल, भोला प्रसाद अधिकारी, डि आर भट्टराई, लाल बहादुर भट्टराई ,झंकनाथ पौडेल,हरी प्रसाद आचार्य, कृष्ण प्रसाद जमरकट्टेल , बासुदेव बराल, लालू प्रसाद रेग्मी, कबिराज आचार्य, सूर्य नारायण शर्मा, रुकमाया पौडेल, र याम प्रसाद पौडेल लगायत रहनुभएको छ । बैदिक सनातन हिन्दुधर्म संस्कृतिको संरक्षण गर्नूृका साथै धार्मिक पर्यटनको बिकासमा टेवा पु¥याउनका लागि आयोजना गरिएको महायज्ञमा उपस्थितीका लागि सम्पूर्ण भ क्तजनहरुमा आब्हान गर्दै यो महान कार्यमा सबैको साथ रहने आयोजकको अपेक्षा रहेको छ ।
25 Comments
Recheard Wood
29 min ago from Culifornia, USAAccusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint
REPLYRecheard Wood
29 min ago from Culifornia, USAAccusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint
REPLYRecheard Wood
29 min ago from Culifornia, USAAccusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint
REPLYRecheard Wood
29 min ago from Culifornia, USAAccusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint
REPLY