×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • समाचार
    • भलाममा लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवन

भलाममा लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवन

June 11, 2019
भलाममा लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवन

पोखरा, २८ जेठ । कम्युनिटी सपोर्ट गु्रप हेरचाह ग्राम अन्तर्गत पोखरा महानगरपालिका वडा नंं २० भलाममा लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवन निर्माण गरिएको छ । लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवनको मंगलबार एक कार्यक्रमका बीच प्रमुख अतिथि धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले उद्घाटन गरे ।

दुई तले उक्त भवनको लागत करिव एक करोड रहेको छ । आठ रोपनी नौ आना क्षेत्रफल रहेको उक्त जग्गा एक दशक अगाडि १० लाखमा खरिद गरिएको कम्युनिटी सपोर्ट गु्रपका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । उनका अनुसार उक्त जग्गा कम्युनिटी सपोर्ट ग्रुपले महायज्ञ गरी उठाएको करिव ४५ लाख मध्ये बाट १० लाखमा जमिन खरिद गरिएको हो । ४० जनाको क्षमता रहेकोमा अहिले १७ जान भलामको उपचार केन्द्रमा रहेको कम्युनिटी सपोर्ट ग्रुपका प्रोग्राम म्यानेजर लाल गुरुङले जानकारी दिए ।

भवन निर्माणका लागि धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले २० लाख सहयोग गरेका छन् । खास गरी यस क्षेत्रको शिक्षा स्वास्थ्यमा सहयोग गर्दै आएका आनन्दले कम्युनिटी सपोर्ट गु्रपलाई पनि भवन निर्माण सहयोग गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले सवै मिलि भवनको सहि सदुपयोग गर्न आग्रह गरे ।‘म सँग पैसा भएर सहयोग गरेको होइन सवैले सहयोग गरेको रकम यहाँ दिएका हौं’ उनले भने, ‘यहाँहरुले राम्रो गर्दै जानुहोस् आगामि दिनमा पनि सहयोग गर्दै जानेछौं ।’

पोखरा महानगर पालिका वडा नं. २० का वडा अध्यक्ष सिम गुरुङले राज्यले गर्ने काम संघ संस्थाले गरेको भन्दै आभार व्यक्त गरे ।‘कम्युनिटी सपोर्ट गु्रपले हाम्रै वडामा आएर उदाहरणिय काम गरेको छ’ वडा अध्यक्ष गुरुङले भने, ‘तपाईहरुको हरेका काममा वडाको तर्फबाट हार्दिकताका साथ सर्पोट रहन्छ ।’स्वामी ऊःपण्डिता आनन्द फाउण्डेशन अन्नपूर्णका संयोजक जगन गुरुङ धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले यस अन्नपूर्ण क्षेत्रमा पाँच करोड भन्दा वढि आर्थिक सहयोग गरेको जानकारी दिए ।

‘यस क्षेत्रको शिक्षा स्वास्थ लगायतका क्षेत्रमा उहाँको सहयोग अतुलनिय रहेको छ’ उनले भने,‘फाउण्डेशनले समन्वय गर्ने काम मात्रै गरेको छ ।’कार्यक्रममा कम्युनिटी सपोर्ट गु्रपका संरक्षक तथा एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्व मोहन गौचन, कम्युनिटी सपोर्ट ग्रुपका संरक्षक सुन्दर गुरुङले समाजको विकृत विसंगती न्यूनिकरण गर्न संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव रामचन्द्र पोख्रेलले स्वागत र मौसम गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.