गिता राना मगर, पोखरा । सामाजिक काममा अगाडी रहेको युनाईटेड क्लव पोखराले कास्कीको रुपाकोट गाउपालिका थुम्कीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको क्लवले पूर्व विद्यार्थी मञ्च शिवालय माविको व्यवस्थापनमा सम्पन्न शिविरमा ४ सय ६५ जनाले सेवा लिएका थिए । शिविरको उद्घाटन गर्दै रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले आफ्नो गाउपालिकामा आएर स्वास्थ्य शिविर राखी आफ्नो गाउपालिकाका जनतालाई पुर्याएको सेवा प्रति आभार ब्यक्त गरे । ओझाले आगामी दिनमा पनि युनाईटेड क्लव संग मिलेर आफ्नो गाउपालिकाभित्र विभिन्न सामाजिक कामहरु समेत गर्ने वताए ।
त्यस्तै रुपा गाउपालिका वडा नम्बर २ का कार्यवाहक अध्यक्ष हिता रुपाखेतीले रुपाकोटको थुम्की गाउमा आएर युनाईटेड क्लवले त्यस क्षेत्रका गाउलेको स्वास्थ्य प्रति चासो दिएकोमा धन्यवाद ब्यक्त गरिन । शिवालय माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तिल बहादुर थापाले गाउमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट रुपाकोट क्षेत्रका सम्पूर्ण ब्याक्तिले लाभ लिन सकेको वताए । शिवालय माविका प्रधानाध्यपक रुपिन्द्र प्रभावीले ग्रामिण क्षेत्रका आमजनता स्वाथ्य सेवा पाउनबाट बञ्चित भैरहेको अवस्थामा घरदैलोमै आएर निशुल्क स्वाथ्य सेवा प्रदान गरेकोमा क्लबप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्य गरेर अगाडी वढ्ने बताए ।
महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर नारायण ओझाले ग्रामीण भेगमा अझैपनि स्वास्थ्य जांचको बारेमा त्यति ध्यान नदिएकै कारण सामान्य रोगहरुपनि जटिल अवस्थामा पुगेपछिमात्र उपचार गराउने बानी रहेको वताउदै सामान्य विरामी भइहाले नजिकको स्वास्थ्य संस्थामा उपचार गर्न जाने बानी गर्नुपर्ने वताए । पूर्व विद्यार्धी मञ्च शिवालय माविका अध्यक्ष राजन सुवेदीले आफ्नो गाउमा निशुल्क स्वाथ्य शिविर राखेर बृद्धा देखी बच्चा सम्मकोे उपचार गर्न पाउँदा निकै खुसी लागेको बताए ।
नरहरि पोलिक्लिनिक रामबजारको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर नारायण ओझा, पेट छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी ,बालरोग विशेषज्ञ डाक्टर प्रदिप भट्टराइ ,हाडजोर्नी तथा नशा रोग विषेशज्ञ डाक्टर राजन ताम्राकार, स्त्रीरोग विशेषज्ञ विभा भट्टराइ, रेडियोलोजिष्ट डाक्टर अरुण पौडेल, मेडिकल अफिसर डाक्टर आशिष सिग्देल र प्राविधीकहरु नरहरी पनेरु, इश्वर शर्मा, सन्दिप केसी, हिमलाल गौतम लगायतले सहजीकरण गरेको कार्यक्रम संयोजक जयराम आचार्यले जानकारी दिए । शिविरमा १ सय १४ जनाले भिडियो एक्सरे गरेका थिएभने २७ जनाले पिशाव परिक्षण र २ सय १३ जनाले पेट, छाती र मुटुरोगको परिक्षण गराएका थिए । त्यसैगरी हाडजोर्नी तथा नशा रोग सम्बन्धी १ सय २०, स्त्री रोग सम्बन्धी ६१, वालरोग सम्बन्धी ४४ र नाक कान घांटी सम्बन्धी ३५ जनाले परीक्षण गराएका थिए ।
युनाईटेड क्लब पोखराका अध्यक्ष लालकाजी गरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्य राजु श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।