आगरा, १८ असार । उत्तर भारतको पर्यटकीय शहर आगराका व्यवसायीले सो शहर र पोखरा विचसिधा बस सेवा संचालनको सुझाव राख्दै त्यस्तो सेवा भए भारतीय नागरिकलाई पोखरा पुग्न सहजहुने भनाई राखेका छन् । बोर्डर टाउन सेल्स मिसन अन्तर्गत चलिए पोखरा अभियान पुनः सुरु गर्न पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाईमा आगरा आइपुगेको होटल कर्मीको टोलीसँग आगराका व्यवसायीले पोखरा पुग्नका लागि कनेक्टिभिटीको सवाल अगाडि सारेकाहुन् ।
संघले नेपाल पर्यटन बोर्डसँग मिलेर आगरामा मंगलबार साँझ आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा नेपाल भारत मैत्री बस सेवा आगरा डिपोका प्रबन्धक अनिल कुमारले पोखरा दिल्ली सिधा बस सेवा संचालनरत भएजस्तै आगरा लाई पनि त्यस्तो सेवा मार्फत् पोखरा सँग जोड्न जरुरी भएको भनाई राखे । होटल एण्ड रेष्टुरेण्ट अनर एशोसिएशन आगराका प्रतिनिधि रमेश वादवाले पोखरा र काठमाडौं लगायतथुप्रै अन्यशहरहरु निकै सुन्दर भएको भन्दै भारतीयले तीशहरको भ्रमण गर्नुपर्ने सुझाव राखे ।
पोखरा प्रति भारतीयहरु पनि जिज्ञासु भएको भन्दै पोखरा सम्बन्धी प्रबद्र्धन कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । आगरा स्थित होटल चाणक्यकी प्रबन्ध निर्देशक बन्दना प्रसादले पोखरा सम्बन्धी प्रबद्र्धनात्मक वृत्तचित्र हेरेर आफू प्रभावित भएको बताइन् । पोखरा र आगरा विच पर्यटक आदान प्रदान गरेर अगाडि बढ्न सकिने प्रशस्त संभावना भएको उनले स्मरण गराइन् ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले अहिले उत्तर भारतमा चर्को गर्मी भएको भन्दै आनन्ददायी मौसममा रमाउनका लागि पोखरा आउन भारतीय लाई आग्रह गरे । भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेजहरु समेत आफूहरुले व्यवस्था गरेको उनले सुनाए । हनिमुन प्याकेज, मनसुनप्याकेज, धार्मिक तिर्थयात्राप्याकेज, शैक्षिक भ्रमण प्याकेज र माइस(मिटिङ, इन्सेन्टिभ्स र कन्फरेन्स) प्याकेज जस्ता सुविधाहरु भारतीय पर्यटकका लागि व्यवस्था गरिएको उनले सो अवसरमा जानकारी दिए ।
कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा र वरपरका पर्यटकीय आकर्षण र सुविधाका बारेमा जानकारी गराएका थिए । नेपाल पर्यटन बोर्ड भारतीय पर्यटक लाई नेपालमा स्वागत गर्न सधैं तयार रहेको भनाई पनि उनले सो अवसरमा राखे । संघका सल्लाहकार परिषद्का संयोजक एवं पूर्व अध्यक्ष हरि शर्मा गैह्रेले सन् २०१२ बाट सुरु भएको चलिए पोखरा अभियान बारे जानकारी गराएका थिए ।
संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरामा भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य भएको भन्दै भारतीय पर्यटकलाई पोखरामा स्वागत गर्न आफूहरु तयार रहेको भनाई राखे । यहीअसार २० गते सम्म संचालन हुने अभियान उत्तर प्रदेशको राजधानी लखनउ र विहारको राजधानी पटनामा पनि संचालनहुने कार्यक्रम रहेको छ ।