गिता राना मगर, पोखरा । उपल्लो मुस्ताङको समजुङका बासिन्दाको एउटै चिन्ता थियो आफ्नो गाउमा कहिले मोटरबाटो पुग्छ भन्ने । घण्टौ लगाएर बजार झर्नुपर्ने र खाद्यान्न तथा विभिन्न सामाग्रीहरु खच्चर र मानिसको भरमा गाउमा पुर्याउनुपर्दा समजुङबासीले निकै शास्ती खेप्नुपरेको थियो । हालै गण्डकी प्रदेश सरकार र लोमान्थाङ गाउपालिकाको सहयोगमा समजुङमा मोटरबाटो पुगेपछि स्थानियहरुमा खुसीयाली छाएको छ । लोमान्थाङ गाउपालिका वडा नम्बर २ मा पर्ने समजुङ गाउमा २३ घरधुरी छ । उक्त क्षेत्रका बासिन्दाको एउटै मात्र इच्छा थियो गाउमा मोटरबाटो आइदियोस । समजुङवासीको उपल्लो मुस्ताङका सभासद इन्द्रधारा विष्ट समक्ष चुनाव अगाडी भोट माग्न जांदा आफुहरुको गाउ सम्म मोटरबाटो निर्माण गरिदिन आग्रह गरेका थिए ।
त्यो दिनलाई स्मरण गर्दै समजुङका स्थानीय डुण्डर गुरुङ भन्छन । हामीले चुनावमा जिताएर पठायौ अहिले मोटरबाटो गाउ सम्म आउदा हामीले निकै गर्व महशुस गरेका छौ । समजुङबासी घण्टौ लगाएर लोमान्थाङ झर्नुपथ्र्यो कहिले खच्चर त कहिले मानिसले सामान ओसार्न पर्दा निकै कष्ट थियो अवत गाउमा मोटरबाटो आइपुग्यो गाउबासीमा खुसीयाली छाएको छ डुण्डर गुरुङले भने । डुण्डर जस्तै अर्का स्थानिय पा छिरिङ गुरुङले पनि गण्डकी प्रदेशको उच्च हिमाली क्षेत्र लोमान्थाङ गाउपालिकाको समजुङमा मोटरबाटो पुगेपछि स्थानीयको दुखको दिन गएको वताए । स्थानीयले वर्षा याम र हिउदमा निकै शास्ती खेप्नु खेप्दै निकै कष्टकर जीवन यापन गर्नुको पिडा अव हटेर गएको गुरुङको भनाइ रहेको थियो ।
छोसेरको नम्सुङदेखी सम्जुङ ११ किलोमिटर सडक खण्ड गण्डकी प्रदेशको ५० लाख र लोमान्थाङ गाउपालिकाको २० लाख गरी ७० लाखको लागतमा निर्माण सम्पन्न भइ हालै गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले उद्घाटन गरे । उक्त सडकको उद्घाटन गर्दै प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले चुनाव प्रचार प्रसारमा आफुले समजुङ वासीलाई सोधेको प्रश्न याद गरे । विष्टले चुनाव प्रचार प्रसारको दौरानमा समजुङवासीलाई सोधेका थिए तपाइहरुको सवैभन्दा ठूलो समस्या अर्थात माग के हो ? त्यतिवेला समजुङवासीले भनेका थिए हामीलाई अरु चाहिएको छैन मोटरबाटो गाउसम्म आउनुपर्यो । त्यतिवेला विष्टले भनेका थिए मैले चुनावमा विजय भएभने तपाइको गाउ सम्म मोटरबाटो जसरी भएपनि पुर्याउछु । प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले चुनाव जितेपछि समजुङको मोटरबाटो उद्घाटन गर्न पुगे र चुनाव अगाडीको दिन सम्झेर विष्टले भने समजुङबासीको निम्ती यो ऐतिहासिक सफलता भएको वताउदै आगामी दिनमा समग्र उपल्लो मुस्ताङको बिकासमा लाग्ने वताए ।
समजुङ संगै उपल्लो मुस्ताङको ध्ये र ताङग्ये जहा मोटरबाटो पुग्न सकेको थिएन उक्त गाउहरुमा समेत मोटरबाटो पुगेको र अव उपल्लो मुस्ताङबासी सडक सञ्जालबाट टाढा नरहेको विष्टले वताए । सडक सञ्जालले उपल्लो मुस्ताङको गाउहरुलाई समेटेसंगै अव उक्त क्षेत्रमा कृषिको बिकासका लागी प्रदेश सरकार र गाउपालिकाहरु संग सहकार्य गरेर अगाडी वढ्ने विष्टको योजना रहेको छ ।