हेमजा, १३ साउन ।चर्चित लोक तथा दोहोरी गायिका मायाँ गुरुङ लोक तथा दोहोरी गित संगित प्रेमी दर्शक तथा श्रोताहरुका लागि नयाँ नाम होइन पछिल्लो क्रममा लाइभ दोहोरीकी रानी भनेर चिनिएकी गायिका गुरुङ तिजको कोसेली अभागिनी लिएर बजारमा आएकी छन ।
नेपाली समाजमा धेरैका घरमा घटिरहेका घटनालाई कलाकाहरुले गीतमा उठाएका छन । गीतको विषय र भाव निकै उत्कृष्ट रहेको छ । त्यहि भएर पनि गीतलाई धेरैले छोटो समयमै निकै मन पराइदिनु भएको छ । वास्तबिक काहानि एवं मौलिक गीत राम्रो भएको दर्शक तथा श्रोताहरुले प्रतिक्रिया दिएका छन । दर्शक तथा श्रोताहरुको चाहान अनुसारका गितहरु नै आफुले गाएको र आगामि दिनहरुमा पनि यसैलाई निरन्तरता दिने गायिका गुरुङ बताउछिन ।
माया गुरुङ र रामजी पौडेलको लय तथा शब्द सिर्जना रहेको सो गीतमा लोकप्रिय गायक पुरुषोत्तम न्यौपाने,माया गुरुङ,रामजी पौडेल,सरिता सरु मगरको आवाज दिएका छन । तारानाथ आचार्यको निर्देशन रहेको सो गीतमा जीवन, काजोल, बुद्धि र माया गिरीको अभिनय रहको छ भने गीतलाई डिजिटल स्टार पोखराले बजार ब्यवस्थापन गरेको छ ।