पोखरा । पोखराको चिप्लेढुंगामा रहेको मेलोडी क्याफे एण्ड लाउञ्ज बार नया ब्यवस्थापन सहित सञ्चालनमा आउने भएको छ । मेलोडी क्याफे नया ब्यवस्थापन सहित आगामी भदौ एक गते देखी सञ्चालनमा ल्याउन लागेको शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । सांझ विशुद्ध नेपाली सुमधुर गीत संगीत र विहानदेखी विभिन्न खाजाको परिकार पस्कने गरी नया ब्यवस्थापन सहित भदौको एक गतेदेखी मेलोडी क्याफे एण्ड लाउञ्ज वार सञ्चालनमा ल्याउन खोजिएको मेलोडीका सञ्चालक सुरेश पहारीले जानकारी दिए ।
मेलोडीमा नया ब्यवस्थापनमा गायक विनोद बानिया, पर्यटन ब्यवशायी सुरेश पहारी र फ्रेन्चाइजी रेष्टुरेण्ट बाजेको सेकुवाका सञ्चालक एकराजी गिरी रहेका छ । तीनजनाको लगानी रहेको लाउञ्ज बार बिहान ७ वजेदेखी खुल्ने र दिनभरी खाजाका परिकारहरु ग्राहकहरुलाई पस्कने छ । जस अनुसार मेलोडीले ग्राहकहरुलाई लक्षित गरी मेलोडी नाइन्टी नाइन स्कीम समेत ल्याएको छ । जुन स्कीममा खाजाको प्याकेट ९९ रुपैयामा उपलब्ध गराउने सञ्चालकले जनाएको छ ।
खाजा संगै सांझ मेलोडीमा पोखरालाई चिनाउने सफल गायक विनोद बानिया, इतु जोजीजु लगायतबाट सुमधुर नेपाली संगीतबाट ग्राहकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्ने सञ्चालकले जनाएको छ ।संगीत संगै मेलोडीले सामाजिक काम संगै संगीतमा साधनारत श्रष्टाहरुलाई मेलोडी अवार्डलाई समेत निरन्तरता दिने सञ्चालक बिनोद बानियाले वताए । बानियाका अनुसार मेलोडी अवार्ड अन्तर्गत हाल सम्म गीतकार तीर्थ तामाङ र संगीतकार सुनिल थापा सम्मानित भइसकेका छन । मेलोडेलीले औपचारिक सञ्चालनको अवसर पारी भदौ १ देखी ७ गते सम्म विविध कार्यक्रमको आयोजना गरिएको सञ्चालकले जनाएको छ ।