×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१० माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • मनोरञ्जन
    • श्रावण ३१ र ३२ गते महेन्द्रपुलमा गाइजात्रा महोत्सव तथा तायःमचा नृत्य प्रतियोगिता

श्रावण ३१ र ३२ गते महेन्द्रपुलमा गाइजात्रा महोत्सव तथा तायःमचा नृत्य प्रतियोगिता

August 10, 2019
श्रावण ३१ र ३२ गते महेन्द्रपुलमा गाइजात्रा महोत्सव तथा तायःमचा नृत्य प्रतियोगिता

पोखरा । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायः मचा समितीको आयोजनामा तायःमचा नृत्य प्रतियोगिता तथा गाइजात्रा महोत्सव २०७६ हुने भएको छ । साउन ३१ र ३२ गते दुइ दिन हुने महोत्सव महेन्द्रपुलको सडकमा हुन लागेको हो । तायः मचा प्रतियोगितामा आयोजक सहित ३० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक मानकाजी माकाजुले जानकारी दिए । यो पटक ६ वटा महिला टोली पनि प्रतियोगितमा सहभागिता जनाउने भएको छ । दुइ दिन सम्म चल्ने महोत्सवमा चेतनामुलक मुलक फेसन सो, लाईभ ब्याण्ड मार्फत सांगितिक कार्यक्रम, नेवारी मौलिक नाच, विभिन्न जातीका नाच, नेवारी खानाका परिकार साथै २० वटा स्टल रहने संयोजक मानकाजीले बताए ।

प्रतियोगितामा विभिन्न ८ विधाहरुमा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितमा प्रथम हुनेले नगद ३० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितिय हुनेले नगद २० हजार शिल्ड तथा प्रमाणपत्र, तृतीयल नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सान्त्वनाले नगद रु ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट ख्याली, बाद्यबादक, उत्कृष्ट परि र उत्कृष्ट जोक्करले रु २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा सहभागि हुने महिला टोलीहरु मध्ये प्रोत्साहन स्वरुप एक टोलीलाई उत्कृष्ट घोषणा गरी रु १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जसरी तीज पर्व सबैको भयो यसै गरि गाइजात्रा पर्व पनि सवैको भएको बताए । परम्परादेखि चल्दै आएको संस्कृतिलाई बचाउनका लागि महोत्सवको आवश्यकता परेको उनको भनाइ थियो । नेवाः खल कास्कीले २०५४ साल देखि व्यवस्थित रुपमा तायःमचा नृत्य प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । साँघुमुख टोल विकास संस्थाका अध्यक्ष ओमलाल बड्गामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तायमचा समितीका सचिव विकल साईले गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रुपाकोट सुन चाँदी दुकान रहेको छ । महोत्सवलाई सम्पन्न गर्नका लागि मानकाजी माकाजुको संयोजकत्वमा विभिन्न उपसमिती बनाइएको छ ।

१७ वटा उपसमितीहरुमा सुरक्षा व्यवस्थापन संयोजक भरत मानन्धर, खाना व्यवस्थापनमा पुष्पलक्ष्मी लाभाजु, अतिथी सत्कारमा ओमलाल बड्गामी, प्रचारप्रसारमा विकल साई संयोजक रहेका छन् । यस्तै मञ्च व्यवस्थापनमा बुद्ध गुभाजु, साउण्डमा बुद्धराज गुभाजु, स्वंमसेवक परिचालनमा रविन मानन्धर, अर्थमा विष्णुमान कायस्थ, व्यानर व्यवस्थान संयोजकमा निर्मल जोजिजु रहेका छन् । यसैगरि फोटोमा दीपक मुल्मी, साँस्कृतिकमा सुमन मर्सानी, स्वास्थ्यमा इन्द्रकमल मानन्धर, यातायातमा अनन्त कायस्थ संयोजक रहेका छन् । यसैगरि छपाइ व्यवस्थापनमा असिम पालिखे, सजावटमा निश्चल श्रेष्ठ, स्टल व्यवस्थापनमा रोशन महर्जन र मायाको चिनो तथा प्रमाणपत्र व्यवस्थापनमा कृष्ण मानन्धर संयोजक रहेका छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.