पोखरा । तीज पर्व आपैmमा नाचगान गर्ने रमाउने एवम् साथी संगती बीच एक आपसमा सुख दुःख साट्ने महिलाहरुको पर्व त हो । संस्कृतिको यो मौलिकता कायम रहेको वर्तमान अवस्थामा यहाँको एक महिला समूहले भने तीज पर्वको सन्दर्भमा मुटुरोग परिक्षण शिविरको आयोजना गरेर अरुका लागि पनि अनुकरीणय वनेको छ ।
पोखरा उपमहानगरपालिका वडा नं. १७ स्थित घारीकुलो आमा समूहले रमाईलो भन्दा पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर आफ्नो समूहका सदस्य एवम् समाजका अन्य विपन्न बर्गलाई लच्छित गरि मुटु रोग परिक्षण गरेको हो ।आहार, विहार लगायत बिभिन्न कारणबाट मुटुरोग गम्भीर समस्याको रुपमा देखिएको वर्तमान अवस्थामा तीज पर्वको अवसर पारेर सचेतना एवम् मुटुरोग परिक्षण शिविर राखिएको समूहका अध्यक्ष आशा श्रेष्ठले जानकारी दिनुभयो ।
जयन्ती मेमोरिएल ट्रष्टको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा एक सय जनाको मुटुरोग परिक्षण गरिएको १० जनामा समस्या देखिएको प्रतिष्ठानका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल इकाई संयोजक सविता मैनालीले जानकारी दिनुभयो ।विश्व भरी गरिने महिलाहरुको लागि “रातो संकेत अभियान” अन्तर्गत नेपालमा पनि विगत पाँच बर्षदेखि सञ्चालन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो– पछिल्लो समय मध्येपान, धुम्रपान तथा शारिरीक परिश्रमको अभावमा महिलामा मुटुको समस्या बढ्दै गएको एक तथ्याङ्कमा उल्लेख छ ।
शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. आशिश त्रिपाठी र डा. अमृत पाखरेलले मुटुरोग परिक्षण गर्नुभएको थियो । सो आमा समूहले गत पनि तीज पर्वको अवसर पारेर शिविर सञ्चालन गरेको आमा समूहका उपाध्यक्ष इन्दु खड्काले स्पमरण गराउनु भयो । तस्वीर उपलव्ध छ ।