पोखरा, भदौ ४ । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर शेरा दिदी बहिनीको तिज गित ‘जान्छु माईत मारेर र्बुकुसी’ बजारमा आएको छ । गंगा कुमारी शर्मा र दुर्गा क्षेत्रीको स्वरमा रहेको उक्त तिज गितमा गंगा पराजुलीको शब्द, लय र सगिंत मनोज बिकको रहेको छ ।
परिवर्तित समाजमा भड्किलो तिज गित वजारमा आउने क्रम बढ्दो रहेको भन्दै हामीले मार्मिक माईतीको सम्झनामा गितको सिर्जना गरेको शेरा दिदी बहिनीका सदस्य शोचना सेनले जानकारी दिनुभयो ।म्युजिक भिडियोमा सरु क्षेत्री, शोचना सेन, शोभा शाहि, अमृता अधिकारी, गिता केसी लगायतले अभिनय गरेका छन् ।
उक्त तिज गित ‘जान्छु माईत मारेर र्बुकुसी’ को म्युजिक भिडियोमा कोरियोग्राफी शैलेश सुनार, अमिर तामाङ्गले गरेका छन् भने व्यबस्थापन बाशना कला केन्द्रको रहेको छ ।