×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१० माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • मनोरञ्जन
    • छैठौँ संस्करणको मिस गण्डकीको अडिसन सम्पन्न

छैठौँ संस्करणको मिस गण्डकीको अडिसन सम्पन्न

August 25, 2019
छैठौँ संस्करणको मिस गण्डकीको अडिसन सम्पन्न

पोखरा । पछिल्लो समय देशभरीका समयमा सौन्दर्य प्रतियोगिताहरु धेरै भइरहेको छ । पोखरामा मात्रै वर्षमा विभिन्न नामहरुबाट करीब २ दर्जन सौन्दर्य प्रतियोगिताहरु आयोजना हुँदै आएको छ । केही प्रतियोगिताहरुले युवतीहरुमा भएका प्रतिभाहरुलाई साँच्चै नै प्रस्फुटन गरेका छन् भने केही भने नामको मात्र हुने गर्छन्, जसले निरन्तरता पाउन सकिरहेको छैन । केहीले प्रतियोगिता सम्पन्न गरिसकेपछि विजेताहरुलाई पुरस्कार नै नदिने घटनाहरु पटक–पटक सञ्चारमाध्ममबाट सार्वजनिक भइरहेका हुन्छन् । तर यो सबै विवादबाट ‘मिस गण्डकी’ भने टाढै रहेर आफुलाई अब्बल सौन्दर्य प्रतियोगिताको रुपमा सावित गर्दै आइरहेको छ । गण्डकी प्रदेशलाई नै समेट्ने गरी आयोजना हुँदै आएको यो प्रतियोगितालाई प्रदेश कै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताका रुपमा लिइन्छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि यो प्रतियोगितालाई निरन्तरता दिनका लागि छठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को अडिसन पोखरामा सम्पन्न भएको छ । एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगितामा कुल २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुनेछन् । पहिलो र दोस्रो अडिसनबाट १८ जना छनौट भइसकेका छन् । छनौट भएकाहरुलाई प्रतियोगिताको प्रशिक्षणका लागि भाद्र १२ गतेबाट सहभागी गराइने एसटी क्रियशनका निर्देशक इनिशा दुरा मगरले जानकारी दिएकी छिन् । दोस्रो अडिसनको निर्णायकमा मिस ट्राभल थर्टीसिक्सका म्यानेजिङ्ग डिरेक्टर, हेली एयर नेपालका डिरेक्टर तथा मोटिभेटर रिजन रिजाल, मिस गण्डकीका प्रमुख सल्लाहकार तथा डाफेँ होटल प्रालिका सञ्चालक बिनोद भुजेल, मिस गण्डकी सिजन ५ की फस्ट रनरअप स्नेहा गुरुङ, सेकेण्ड रनरअप प्रकृती श्रेष्ठ र एसटी क्रियशनका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर सुरज थापा लगाएत रहेका थिए ।

करीब एक महिनासम्म चल्ने विभिन्न प्रशिक्षणबाट सहभागीहरुले आत्मविश्वास, सामाजिक उत्तरदायित्व, व्यक्तित्व तथा नेतृत्व विकास, बोल्ने कला, सौन्दर्य तथा फेसन सम्बन्धी ज्ञान, आत्मनिर्भरता लगाएतका विषयमा सिक्न पाउने छन् । ग्राण्ड फिनालेमा आए.एफ.सी फेशन कलेजका सिर्जनशील ड्रेस डिजाइनरहरुद्धारा कलात्मक शैलीको पोशाकमा सजिने प्रतिस्पर्धीहरुलाई मिस नेपाल वल्र्ड २००५ सुगारिका केसी, मिस नेपाल इन्टरनेश्नल २०१७ नीति शाह, कलाकार तथा क्याप्टेन विजय लामा, चलचित्र क्षेत्रका चर्चित कलाकारहरु लगाएत पोखराका सम्बन्धी क्षेत्रमा दक्ष व्यक्तित्वहरुबाट प्रशिक्षण दिइने छ ।

प्रशिक्षणको अवधीमा प्रतिस्पर्धीहरुलाई आत्मविश्वास अभिवृद्धि गराउने हेतुले फोटोसुट, भिडियोसुट, अवलोकन भ्रमण, ट्राफिक सचेतना सम्बन्धी जानकारी, महिला शसक्तिकरण, सञ्चारमाध्यमको महत्वका विविध विषयमा प्रशिक्षण गराइने एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापाले बताएका छन् । गएका वर्षहरुभन्दा यस वर्ष थप गुणस्तरियता तथा व्यापकतालाई मध्येनजर गर्दै कार्यक्रमको गरिमालाई थप उचाईमा पु¥याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको उनले बताए । असोजको अन्तिम साता पाँचतारे होटलमा हुने फाइनल कार्यक्रममा विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित स्कुटर प्राप्त गर्ने छन् । त्यस्तै फस्ट रनरअपले नगद ७० हजार, सेकेण्ड रनरअपले नगद ५० हजार र थर्ड रनरअपले नगद २५ हजार सहित अन्य उपहार प्राप्त गर्ने प्रबन्ध निर्देशक थापाले जानकारी दिएका छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.