×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • समाचार
    • घटस्थापनाका दिन सार्वजानिक विदा दिन क्षत्री समाज नेपालको आग्रह

घटस्थापनाका दिन सार्वजानिक विदा दिन क्षत्री समाज नेपालको आग्रह

September 23, 2019
घटस्थापनाका दिन सार्वजानिक विदा दिन क्षत्री समाज नेपालको आग्रह

पोखरा, असोज ६ ।राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकताः आजको आवश्यकता भन्ने मुलनारालाई आत्मसाथ गर्दै क्षत्री समाज नेपाललेनेपालीहरुको महान पर्व बडा दशैँको पहिलो दिन घटस्थापनाका दिन सार्वजानिक विदा दिनमाग गरेका छन् ।समाजका प्रतिनिधि टोलीद्वारा गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवँर,प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, सासंद पुष्पा केसी भण्डारीरजिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख रमेश बहादुर केसीलाई भेटी सोमबार ज्ञापन पत्र बुझाएका छन् ।

मुलुकमा विद्यमान विकृति, विसंगति, विभेद तथा राष्ट्रिय स्वाभिमान एवं नेपाली बिचको एकता र सद्भावका निम्ति आत्मबल तथा मनोवैज्ञानिक शक्ति आर्जनको माध्यमका रुपमा लिदैँ आएको घटस्थापनाको दिनलाई राष्ट्रिय पर्वका रुपमा सम्मान गरी उक्त दिन सार्वजानिक विदा दिन जोडदार माग गरिएको क्षत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेतले जानकारी दिनुभयो ।उहाँले नेपालीहरुको आफ्नो परिचयको लागि लडिरहेको अवस्थामा परम्पराले नै नेपालीको अस्तित्व जिवित रहने बताउनुभयो ।

गण्डकी प्रदेशका ९ वटा जिल्लामा क्षत्री समाज नेपाल जिल्ला समितिले बडा दशैँको आगमनको महत्वपुर्ण दिनमा गत वर्षदेखि सरकारले विदा कट्टा गरेको हुँदा यसलाई पुनस्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको क्षेत्री समाज नेपाल कास्कीका अध्यक्ष पदम बहादुर कार्कीले जानकारी दिनुभयो ।

सो अवसरमा विज्ञप्ति बुझ्दै गण्डकी प्रदेश प्रमुख, प्रदेश सभाका सभामुख र जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुखले नेपालीहरुको महान चाड बडादशैँको शुभारम्भमा सार्वजानिक बिदा माग गर्नु जायज रहेको भन्दै यस बिषयलाई सम्बन्धित निकायसम्म पु¥याउनेप्रतिबद्धता व्यक्त गर्नुभएकोसमाज कास्कीका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । घटस्थापनाका दिन सार्वजानिक विदा दिन सम्बन्धित निकायहरु सकरात्मक नै रहेको समेतउहाँले बताउनुभयो ।

करिब ८१% हिन्दु र १३% ओमकार परिवार गरी ९४% नेपालीहरुको आस्थाको पर्व घटस्थापना सदियौँदेखि मनाईदै आएकोमा केही वर्षदेखि आयतीत धर्म, संस्कारको प्रभावमा परी सरकारले नेपालको मौलिक परम्परालाई ओझेलमा पारी हिन्दुसँगै ओमकार नेपालीहरुको अपमान गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय पर्वको माग गर्दै थालिएको अभियानमा क्षत्री समाज नेपाल, क्षत्री महिला समाज केन्द्र, प्रदेश र जिल्लाको सहभागिता रहेको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.