×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१० माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • राजनीति
    • संसदीय गतिविधि सर्वसाधारणका लागि खुला हुनुपर्नेमा जोड

संसदीय गतिविधि सर्वसाधारणका लागि खुला हुनुपर्नेमा जोड

September 23, 2019
संसदीय गतिविधि सर्वसाधारणका लागि खुला हुनुपर्नेमा जोड

पोखरा, ६ असोज । संसदीय गतिविधि सर्वसाधारणका लागि खुला हुनुपर्नेमा जोड दिइएको छ । फ्रिडम फोरमले पोखरामा आयोजना गरेको खुला संसद अवधारणा र अभ्यास विषयमा भएको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । सहभागीहरुले नागरिक समाजको निगरानी कम हुनु र सञ्चार माध्यमले विश्लेषणयुक्त समाचारलाई स्थान नदिनु चिन्ताको विषय भएको उल्लेख गरे । उनीहरुले संसदमा भएका गतिविधि, सांसदको कुरा, कानुन लगायतका विषय जनतासामु ल्याउन गण्डकी प्रदेश सभा थप क्रियाशिल हुनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशमा संसदीय अभ्यास शुरु भएको धेरै समय नभएको बताउदै पारदर्शी बनाउन लागिपरेको उल्लेख गरे । उनले यसअघि नै स्थापित पूर्वाधारमा बसेर संसद चलाएको बताउदै आगामी दिनमा जनताकोबीचमा जाने गरी पूर्वाधार र प्राविधिक पक्षलाई जोड दिएको प्रष्ट पारे । ‘हाम्रो कामलाई पारदर्शी बनाउनुपर्छ । जनताले थाहा पाउनुपर्छ भन्ने मेरो मान्यता छ, उनले थपे, ‘यस कार्यमा सबैको साथ आवश्यक छ ।’

प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारीले खुला संसदको विषयमा संसदमै छलफल हुनुपर्नेमा जोड दिईन् । उनले संसदले गर्ने कामवार्हीबारे सञ्चारजगतले प्रभावकारी ढंगले बाहिर ल्याउनुपर्ने बताईन् । फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले संसदको प्रभावकारिता वृद्धि गर्न खुला संसदको सोचाईलाई देशव्यापी छलफल अघि बढाउन खोजेको प्रष्ट पारे । जनताको गुनासो सुन्ने निकाय संसद नै भएको बताउदै यसलाई विश्वासीलो बनाउन सरकार र राजनितिक पार्टी लाग्नुपर्ने उनको भनाई थियो । ‘संसदको भूमिका सक्रिय हुन सकेको खण्डमा प्रजातान्त्रिक प्रक्रिया बलियो हुन्छ,’ उनले अगाडी थपे, ‘संसदप्रति जनताको विश्वास घटेमा प्रणालि नै कमजोर हुँदै जान्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राजनीतिक दलले प्रजातान्त्रिक अभ्यास गर्नुपर्ने उल्लेख गरे । उनले प्रदेश सभामा आएका विधेयकहरु व्यापक छलफल गरि अगा८ िबढाउनुपर्नेमा जोड दिए । ‘अहिलेसम्म आएका विधेयकबारे छलफल नै भएको छैन । प्रदेश सभाको क्षमतामाथि नै प्रश्न उठेको छ,’ उनले अगाडी भने, काम नपाएर प्रदेश सभाले काम गर्न सकेको छैन । यसमा सभामुखको भूमिका हुनुपर्छ ।’

उच्च अदालत, पोखरा बारका अध्यक्ष रोहितराज बास्तोलाले विज्ञहरुको ज्ञानलाई राज्यले उपयोग गर्नुपर्ने उल्लेख गरे । भद्रकाली क्याम्पसका प्राध्यापक किशोरदत्त बरालले गहिरो अध्ययन नगरि बनेका कानुनको कार्यान्वयन पक्ष फितलो हुने बताए । अग्रज पत्रकार नारायण कार्कीले सुचना लुकाउन परम्परा कायमै रहेको टिप्पणी गरे । गण्डकी प्रदेश सभाका निमित्त सचिव हरि प्रसाद बास्तोलाले संसदीय गतिविधि प्रत्यक्ष प्रसारणका लागि प्रयास गरिरहेको जानकारी दिए । कर्णाली, सूदुरपश्चिम, ५ नं. प्रदेशमा यो छलफल भईसकेको फोरमले जनाएको छ । संसद सहयोग परियोजना

 

यूएनडिपीको सहयोगमा सो कार्यक्रम भएको हो । कार्यक्रममा नागरिक समाज, संसदीय पत्रकार, सम्पादक, गैर सरकारी संस्थाकाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
तस्विर पनि छ ।

RELATED NEWS

शोक व्यक्त गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना दुर्लङ पुगे

शोक व्यक्त गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना दुर्लङ पुगे

पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल ...

June 14, 2020
सरकार असफल भएको कास्कीका पाँच दलको ठहर

सरकार असफल भएको कास्कीका पाँच दलको ठहर

पोखरा । कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर ...

June 10, 2020
‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

पोखरा, १० मंसिर । नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ...

November 26, 2019
तराजुले सबैको न्याय गर्छ : उम्मेदवार केसी

तराजुले सबैको न्याय गर्छ : उम्मेदवार केसी

मंसिर १०, पोखरा । ‘जनता माथि गरिएको विश्वासघातको नतिजा उपनिर्वाचनले दिन्छ, अब साझा पार्टीबाहेक अरु विकल्प छैन्, ...

November 26, 2019
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.