×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • अर्थ
    • नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’

नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’

September 23, 2019
नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’

पोखरा, असोज ६ । पोखराको पृथ्वीचोकमा नयाँ मल संचालनमा आएको छ । ‘कुन्ती मल’ नाम दिएर यसका संचालकहरुले ‘मल’ संचालनमा ल्याएका हुन् । त्यसो त यो मल संचालनमा आएको २०४७ सालदेखि नै हो । तर तत्कालिन समयमा एक तलाको भवनमा सामान्य सटरहरुमा मात्रै यहाँ व्यवसाय गरिन्थ्यो । अहिले यो मलमा दुईवटा तल्ला थप व्यवस्थित तरिकाले संचालनमा ल्याईएको छ । करिब १२ करोड रुपैयाँ लगानी यो मलमा थप गरिएको यसका संचालक निरञ्जन वजिमयले जानकारी दिए ।

‘पोखरामा व्यवस्थित शपिङ गर्ने थलो निर्माण गर्नुपर्छ भन्ने मान्यतासहित २०४७ सालमै हामीले यहाँ सटरहरु निकालेका थियौँ । र, लामो समय सोही संरचनामा यहाँ व्यवसाय संचालनमा आएका थिए । यद्यपि समय अनुसार अपडेट आवश्यक छ भन्ने ठानेर नै हामीले यसलाई अझै ब्यवस्थित बनाएका हौँ ।’ सोमबार मलको शुभारम्भ सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा वजिमयले भने ।

पौने तीन रोपनी क्षेत्रफलमा निर्माण भएको यो मलमा हाल १ सय २६ वटा सटरहरुमा व्यवसायीहरुले व्यवसाय गरिरहेका छन् । सबै सटरहरुलाई १ सय ६० वर्गफिटमा बाँडिएको छ । र, ग्राहकहरुलाई हिँडडुलका लागि सजिलो होस् भन्ने हेतुले यहाँ प्रशस्तै खाली ठाउँ पनि छाडिएको छ । त्यो सँगै यहाँ किनमेलका लागि आउने ग्राहकहरुको सजिलोका लागि मल व्यवस्थापनले पार्किङको व्यवस्था पनि गरेको छ ।

‘मल भित्र छिरिसकेपछि ग्राहकहरुलाई इन्गेज गराउन त्यहाँको वातावरणले पनि महत्वपूर्ण भुमिका खेल्छ । र, हामीले मललाई अत्याधिक ग्राहकमैत्री बनाएका छौँ । जसले गर्दा यहाँ निर्धक्क भएर ग्राहकहरुले किनमेल गर्न सक्छन् ।’ मलका अर्का संचालक विवेक गुरुङले भने–‘त्यो बाहेक हामीले यहाँको व्यवसायीलाई पनि प्रमोट गर्छौँ । यहाँ व्यवसाय गर्नेले पुस्तौँसम्म सोही स्थानबाटै व्यवसाय गरिरहोस् भन्ने मानसिकताका साथ व्यवस्थापनले काम गरिरहेको छ ।’

मलमा हाल डिपार्टमेन्टल स्टोर, गहना पसल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, फेन्सी पसलहरु, कस्मेटिक र जुत्ता पसल, सैलुन लगाएतका सुविधा छन् । र, अझै केही भिन्न शैलीका पसलहरु थपिने क्रममा रहेको मल व्यवस्थापनले जनाएको छ ।

व्यवस्थापनले ‘मल’को आधिकारिक शुभारम्भ १२ गते गर्ने जनाएको छ । र, सोही अवसरमा विशेष कार्यक्रमहरु पनि मल परिसरमा हुने बताएको छ । ‘दशैँसँगै मलको शुभारम्भको अवसर पारेर हामीले विशेष साँगीतिक माहौल यहाँ तयार गर्दैछौँ । र, यो असोजको १२ देखि १३ गतेसम्म हुनेछ ।’ मल शुभारम्भ विशेष कार्यक्रमका सँयोजक रहेका विवेक गुरुङले भने–‘यहाँ आउने हरेकजनाले विशेष मनोरञ्जन प्याकेज त्यो बेलामा पाउनुहुनेछ ।’

 

दुई दिने विशेष साँगीतिक कार्यक्रममा भाइरल बाबा, परमिता राणा, छेवाङ लामा, सुजन जिम्बा, क्रिष्टल क्लज डान्स क्रु, बि टु डी, लक्ष्य ब्याण्ड, कमेडीतन्त्र, ब्ल्याक शिप ब्याण्ड, टिकटक क्विन अमिता गुरुङ, रोडिजका प्रतिस्पर्धी अनिमेश शाही लगाएतको प्रस्तुती रहने मल व्यवस्थापनले जनाएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.