×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०३ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • समाचार
    • जन्मथलोबाट पलायन हुन नदिनु अहिलेको तड्कारो आवश्यकता  प्रमुख क्षेत्री

जन्मथलोबाट पलायन हुन नदिनु अहिलेको तड्कारो आवश्यकता  प्रमुख क्षेत्री

October 11, 2019
जन्मथलोबाट पलायन हुन नदिनु अहिलेको तड्कारो आवश्यकता  प्रमुख क्षेत्री

पोखरा २४ असोज सुर्केमैदान सिर्जनशिल क्लब पोखरा महानगरपालिका २८ कालिकाले जनप्रतिनिधिसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । वडामा भइरहेका गतिविधि स्थानियवासीलाई जानकारी गराउने तथा स्थानियले भोग्नु परेका समस्या एवं उनीहरुको गुनासालाई जनप्रतिनिधि समक्ष पु¥याई सम्बोधन गर्ने उद्धेश्यले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिको कार्यालय कास्कीका प्रमुख वैन बहादुर अधिकारी क्षेत्रीले भौगोलिक बनाबटका कारणले समेत पोखरा २८ मा अपेक्षाकृत विकास हुन नसकेको बताए । विस्तारै विकास निर्माणका कार्यहरु भइरहेपनि बसाईसराई र गाउँबाट पलायन हुनेहरु बढ्दै जाँदा समस्या हुन थालेको उनले औल्याए ।
‘विकास डाँडाकाँडामा सर्दै गएको छ, तर डाँडाकाँडाबाट स्थानिय विस्थापित भइ शहर तिर झर्न थाले, पर्यटकिय स्थल हुन सक्ने जग्गा बाहिरिले किन्न थाले, अब विकास हामिले गर्ने, दुःख भइन्जेल स्थानियले भोग्ने अनि विकासको अनुभुति बाहिरबाट आउनेले गर्ने हो भने विकासले अर्थ राख्दैन’ क्षेत्रीले भने ।
सबैलाई जन्मथलोमा रहने वातावरण बनाउनुपर्ने अहिलेको तड्कारो आवश्यकता भएकोमा उनको जोड थियो । ‘जन्मथलोबाट पलायन हुने क्रम रोक्नुपर्छ, आयआर्जन गरी ढुक्कका साथ यहि बस्ने वातावरण हामि मिलाउछौ’ उनले वाचा गरे । पोखरा २८ का जनताले लामो सयदेखि भोग्दै आएको खानेपानी समस्या र सडक पुर्वाधारको समस्या विस्तारै हल हुदै गएको प्रमुख क्षेत्रीको भनाई थियो ।
पोखरा महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष निर्मल दियाली सुनारले वडाको विकासको लागि योजनाबद्ध ढंगले अगाडी बढेको बताए । छिमेकी वडा तथा वडा कार्यालय देखि वडाका विभिन्न ठाउँमा जाने कनेक्टिङ रोडको तिव्रताका साथ भइरहेको उनको भनाई थियो । ‘सडक मार्ग निर्माण भइरहेको छ, वडाका विभिन्न ठाउँमा देखिएको खानेपानी समस्यालाई समाधान गर्ने काम गर्दै छौ, यहाँ देखिएको बाँदरको समस्या समाधान गर्न प्रयत्न गरेका छौ, यातायातको सहजताको लागि वडाले समन्वय गरिरहेको छ’ उनले भने । निर्वाचनको बेला घोषणापत्रमा राखिएका कार्यहरुलाई पुरा गर्ने हेतुले आफुले काम गरिरहेको उनले बताए । यति हुँदाहुदै पनि क्षेत्रफल धेरै, भौगोलिक जटिलता र सिमित बजेटका कारण अपेक्षाकृत कार्य गर्न समस्या भने परेको उनले प्रष्ट पारे । वडाको विकास र स्थानियका अपेक्षालाई सम्बोधन गर्न हातमा हात, काधमा काध मिलाएर हिड्ने वाचा उनले गरे ।
टोल विकास संस्थाका अध्यक्ष बाबुराम रानाभाटले वडासँग समन्यव गरी कार्य गरिरहेको भएपनि सबैको साथ र सहयोग नहुँदा काम गर्न गाह्रो हुने गरेको बताए ।
सुर्केमैदान सिर्जनशिल क्लबका अध्यक्ष राजाराम पौडेलले जनप्रतिनिधि र स्थानियबिचमा भइरहेका गतिविधि र गुनासालाई एक अर्कामा सञ्चार गर्दै वडाको विकासमा सहजता प्रदान गर्न अन्र्तक्रिया कार्यक्रम गरिएको बताए । अन्र्तक्रिया कार्यक्रममा आएका स्थानियका गुनासा, सुझाब, जिज्ञासालाई वडाध्यक्ष निर्मल दियाली सुनारले सम्बोधन गर्दै निरन्तर गुनासा, सुझाब र जिज्ञासा राख्न अनुरोध गरे ।
पोखरा महानगरपालिका वडा नम्बर २८ को सहयोगमा आयोजित अन्र्तक्रिया कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष नवराज पौडेल र सञ्चालन सचिव इश्वर अधिकारीले गरेका थिए ।
सोही अवसरमा क्लबले नेपालीहरुका महान् पर्व विजयादशमी, दिपावली, छठ तथा नेपालसम्वत ११४० को अवसरमा शुभकामना आदान प्रदान समेत गरेको थियो । पोखरा २८ कार्यक्षेत्र रहेको क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.