×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१० माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • मुख्य खबर
    • पोखरा–३३ का मतदाताको आशा ‘खेमराज’

पोखरा–३३ का मतदाताको आशा ‘खेमराज’

November 18, 2019
पोखरा–३३ का मतदाताको आशा ‘खेमराज’

पोखरा, २ मंसिर । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गरे । उम्मेदवार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा सहभागी हुँदैछन् । पौडेल उम्मेदवार बनेर पोखरा–३३ पुग्दा त्यस स्थानका मतदाता निकै उत्साहित भए । पोखरा–३३ उनको छिमेकी वडा पनि भएकाले त्यहाँका जनताले पौडेलप्रति धेरै आशा गरेका छन् । पोखरा–३३ का चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य जीवन परियारका अनुसार पौडेल निष्ठावान र इमान्दार नेता भएकाले पनि धेरैको आशाको केन्द्रमा रहे ।

घरदैलोका क्रममा जनताले पौडेलसमक्ष खानेपानी, विद्यालय भवन, सडक, पुल लगायतका समस्या प्रस्तुत गरे । जवाफमा उम्मेदवार पौडेलले यी समस्या मेरा पनि भएकाले समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाए । यता, पोखरा–४ मा सोमबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजाल पनि सहभागी भए । डा. रिजालको उपस्थितिमा पोखरा–४ का विभिन्न स्थानमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम भएको चुनाव प्रचार समितिका सहसंयोजक लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

यसैगरी पोखरा–७ का विभिन्न स्थानमा पनि घरदैलो जारी छ । कास्की कांग्रेसका नेता एवं चुनाव कमाण्डर शुक्रराज शर्मा सहित घरदैलो अभियान भएको वडा इकाइ सभापति नवीन बरालले जानकारी दिए । यस्तै, पोखरा–८ मा पूर्व महामन्त्री तारानाथ रानाभाट, पोखरा–९ मा नेता विरेन्द्रनरायण विजुक्छे, पोखरा–१७ मा पार्टी सभापति कृष्ण केसी, १५ मा सांसद विन्दा राना लगायतको उपस्थितिमा घरदैलो अभियान जारी रहेको बताइन्छ । कांग्रेसले कास्की–२ भित्रका ११ वटै वडामा चनावी कमाण्डर खटाएर अभियान शुरु गरेको हो । वडामा खटिएका कमाण्डरहरूले पार्टीका सबै भातृ तथा शुभेच्छुक संगठनलाई चुनावमा परिचालन गरेका छन् ।

जनताको आशालाई निराशामा परिणत ः गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कम्युनिष्ट पार्टीको २ तिहाई बहुमतको सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् । कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ मा आयोजित कोणसभामा उनले सरकारले जनताको आशालाई निराशामा परिणत गराएको आरोप लगाए । उनले कर बृद्धि, हत्या, बलात्कार जस्ता घटना दिनहुँ बढिरहँदा पनि सरकार चुप लागेर बसेको बताए । सरकारकै संरक्षणमा त्यस्ता गतिविधिहरु हुन सक्नेतर्फ उनले ध्यानाकर्षण गराए । ‘जनताले सुख पाउने आशा २ तिहाईको सरकारले निराशामा परिणत गरिदिएको छ’, उनले भने ।

उनले नेपाली राजनीतिको निकै सम्मानित व्यक्तित्व खेमराज पौडेललाई मत दिन आग्रह गरे । पोखरा–३३ मा घरदैलो अभियान सकाएर उम्मेदवार पौडेल पोखरा फर्किँदै छन् । पोखरा–३३ मै अन्य स्थानमा भएको कोणसभामा नेपाली कांग्रेसका नेता देवराज चालिसेले देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो नहुने बताए । नेपाली उनले खेमराज पौडेल उमेरले मात्र बुढो भए पनि उहाँका विचार असाध्यै तन्नेरी भएको बताए ।

नेता चालिसेले भने, ‘नेपाली कांग्रेसले ६० बर्षदेखि निरन्तर नेपाली जनताको सेवामा समर्पित मान्छेलाई उम्मेदवारको रुपमा पठाएको छ । उहाँलाई जिताउने जिम्मा तपाईहरुको हो ।’ उनले थपे, ‘देश र जनताका लागि निरन्तर निष्ठाको राजनीति गर्ने व्यक्तिको आदर्श कहिल्यै बुढो हुँदैन ।’ पञ्चायत र सशस्त्र युद्धकाक्रममा महत्वपूर्ण भूमिका खेलेका खेमराज गुरुलाई उम्मेदवारको रुपमा पाउनु पोखरेली जनताका लागि गौरबको कुरा भएको नेता चालिसेले बताए । पौडेलको उम्मेदवारीमा प्रश्न गर्ने ठाउँ नरहेकोले अब सबै एकजुट भएर चुनाव जिताउनुपर्नेमा नेता चालिसेले जोड दिए ।

उक्त अवसरमा उम्मेदवार पौडेलले सरकार लोकतन्त्र मास्न, देशको ढिकुटी रित्याउनमा उद्धत रहेकाले त्यसको खबरदारी गर्न आफू चुनावमा होमिएको बताए । उनले देश र लोकतन्त्रको रक्षाका लागि भए पनि नेपाली कांग्रेसलाई मत दन आग्रह गरे । पोखरा–३३ का चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य जीवन परियारले पोखरा–३३ मा कांग्रेसको माहोल निकै राम्रो रहेको भन्दै यस पटक ७० प्रतिशत मत कांग्रेसको पक्षमा आउने दावी गरे ।

उम्मेदवार खेमराजलाई आचार्यको आशिर्वाद

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले सोमबार पनि घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ का मतदाता भेटघाट कार्यक्रम आइतबारदेखि नै शुरु भएको हो । आइतबार पुँडीटार क्षेत्रमा घरदैलो र कोणसभा गरेका उम्मेदवार खेमराजले सोमबार बिहानै महाकालीचोकबाट अभियान प्रारम्भ गरेका हुन् । स्थानीय ९८ वर्षीया त्रिलोचना आचार्यबाट टीका र आशिर्वाद लिएर उम्मेदवार पौडेलले अभियान शुरु गरेका हुन् । उक्त अवसरमा वृद्धा आचार्यले चुनावमा विजयीको शुभकामना दिइन् । आचार्यले ‘चुनाव जित्नू, जनताको सेवा गर्नु, कसैको मन नदुखाउनू’ भन्दै उम्मेदवार पौडेललाई आशिर्वाद दिएकी थिइन् ।

वृद्धा आचार्यले ‘नेता हुनु त खेमराज गुरु’ जस्तै हुनु भनेर अरुलाई प्रेरणा दिइन् । उक्त अवसरमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार लगायत कास्की कांग्रेसका नेताहरू सहभागी थिए । वृद्धा आचार्यले खेमराजले अहिलेसम्म कसैको आश नगरेको, लामो समय राजनीति गरेर जनताको सेवा गरेको भन्दै यो चुनाव उनैले जित्नुपर्ने बताइन् । बिरामी भएर ओछ्यानमै सुतिरहेकी उनले थपिन्, ‘खेमराज कसैको दुःख देख्न सक्ने व्यक्ति होइनन् । यस्ता मान्छेले अरुबाट के आश गर्ने ?’

उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य जीवन परियारले त्यागी र निष्ठावान नेतालाई उम्मेदवारको रुपमा पाउँदा पार्टी पंक्तिमात्र होइन सबै खुशी भएको बताए । ‘म १५ दिनदेखि यतै खटिरहेको छु । यहाँ खेमराज गुरुको बाहेक अरुको नाम लिइएको छैन’, पोखरा–३३ का चुनावी कमाण्डरसमेत रहेका नेता परियारले भने । सरकार अलोकतान्त्रिक गतिविधि गर्न मात्र उद्धत रहेकाले जनता निकै निराश भएको उनले बताए । नेता परियारले कांग्रेसले यो चुनाव जितेर यो सरकारको पक्षमा जनता छैनन् भन्ने पुष्टि गर्नुपर्ने बताए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.