×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • मुख्य खबर
    • कांग्रेसको दोस्रो चरणको कार्यक्रम सकियो, शुक्रबार चुनावी सभा र विशाल र्याली

कांग्रेसको दोस्रो चरणको कार्यक्रम सकियो, शुक्रबार चुनावी सभा र विशाल र्याली

November 21, 2019
कांग्रेसको दोस्रो चरणको कार्यक्रम सकियो, शुक्रबार चुनावी सभा र विशाल र्याली

पोखरा, ५ मंसिर । नेपाली कांग्रेसको चुनावी प्रचार अभियान जारी छ । गत कात्तिक २१ गतेदेखि शुरु भएको अभियान तेस्रो चरणमा आइपुगेको छ । दोस्रो चरण बिहीबारबाट सकिएको छ । शुक्रबारदेखि तेस्रो चरणका कार्यक्रम प्रभारम्भ हुने कास्की कांग्रेसले जनाएको छ । पार्टी सभापति कृष्ण केसीका अनुसार पहिलो र दोस्रो चरणमा अधिकांश मतदातासंगको भेटघाट सकिएको छ । पहिलो चरणमा पार्टीका विभिन्न संघसंगठनमा चुनाव प्रचार समिति गठन गरेको कांग्रेसले दोस्रो चरणमा घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित गरेको थियो ।

शुक्रबारदेखि शुरु हुने तेस्रो चरणको कार्यक्रम चुनावीसभामा केन्द्रित हुने सभापति केसीले जानकारी दिए । उनका अनुसार चुनावीसभामार्फत जनताका समस्या, वर्तमान राजनीतिक परिवेशबारे पार्टीको धारणा प्रस्तुत गर्ने र प्रतिवद्धता जनाउने काम हुनेछ । यस कार्यक्रममा जनता र पार्टीका उच्च तहका नेता सहभागी गराएर उम्मेदवारले आफ्नो प्रतिवद्धता पेश गर्नेछन् ।

कांग्रेसको पक्षमा माहोल

नेता यज्ञबहादुर थापाका अनुसार यो पटक कांग्रेसको पक्षमा राम्रो माहोल बनेको छ । पार्टीका पूर्व सभापति र पूर्व मन्त्रीसमेत रहेका थापाले पार्टीको पक्षमा यति राम्रो माहोल इतिहासमै नभएको बताए । पोखरा–४ को घरदैलोमा सहभागी नेता थापाले सरकारप्रति जनता रुष्ट भएको आफूले पाएको बताए । उनी पोखरा–४ का चुनावी कमाण्डर समेत हुन् । ‘यस पटक राम्रो संकेत देखिएको छ । पार्टीका नेता कार्यकर्ता साथीहरू पनि एकढिक्का देखिन्छन्’, नेता थापाले भने, ‘एउटा सादगी नेताले अवसर पाएको भएर हुन सक्छ, यो पटक साच्चै राम्रो माहोल बनेको छ ।’

‘करिब ३ वर्षमै जनता आत्तिएर बसेका रहेछन् । जब हामी उनीहरूको दैलोमा पुग्यो, उत्साह छायो’, थापाले थपे, ‘सरकारका कारण व्यापारी, उद्योगपति, पेशाकर्मी, कर्मचारी कोही पनि खुशी छैनन् ।’ अर्का नेता विरेन्द्रनारायण विजुक्छेले राजनीतिक दलहरूप्रति जनताको आक्रोश निकै बढ्न थालेको बताए । उनले यहि आक्रोश कायमै रहने हो भने जनताले राजनीतिक दलहरूको विकल्प खोज्न सक्ने दावी गरे ।

‘जनताले जहानिया राणा शासनको विकल्प खोजेर पञ्चायत रोजे, त्यसले पनि भएन प्रजातन्त्र रोजे, त्यसले पनि जनता सन्तुष्ट भएनन्, २४० वर्षको राजतन्त्र फालेर राजनीतिक दलहरूलाई राज्य सुम्पिए’, नेता विजुक्छेले भने, ‘जनतामा झनै असन्तुष्टि बढेको पायौं, यसले दलहरूको विकल्प नखोज्लान् भन्न सकिन्न ।’ उनले कम्युनिष्टले सुख, शान्ति र समृद्धिको सपनामात्र बाँडेकाले पनि जनता आक्रोशित भएको दावी गरे । ‘५ वर्षमा के के नै गर्छौं भनेका थिए, ३ वर्षमा कर थोपर्ने बाहेक सिन्को पनि भाँचिएन । त्यसैले जनता रुष्ट भएका हुन्’, उनको दावी थियो ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले नै गरेका प्रतिवद्धता पूरा गर्न सकिन्न कि भन्ने डर मनमा रहिरहेको बताए । ‘हामीले पनि जनतालाई विकासको आशा देखाएका थियौं, तर राज्य सञ्चालनको साँचो अर्कैको हातमा गयो । त्यसैले समस्या भएको छ’, उनले भने, ‘तर पनि जनताका समस्यामा नजिक रहेर काम गर्ने प्रयत्न भने गरिरहेका छौं ।’ पोखरा–२० का चुनाव कमाण्डरसमेत रहेका थापाले जनता सामु गरिएका आफ्ना प्रतिवद्धता पूरा गर्न सबै प्रयास गरिने स्पष्ट पारे । उनले कांग्रेसप्रति जनताको विश्वास अझै कायम रहेको बताए ।

यता, पोखरा–३३ मा पनि घरदैलो अभियान जारी रहेको र अन्तिम चरणमा पुगेको चुनावी कमाण्डर तथा पार्टीका केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । उनका अनुसार पोखरा–३३ का सबै मतदातालाई एक चरण भेटघाट गरिसकेको र अब पार्टीको प्रतिवद्धता चुनावीसभामार्फत जानकारी गराउने तयारी भइरहेको छ ।

जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्याएर बिसाउँछु ः पौडेल

कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्याएर बिसाउने बताएका छन् । बिहीबार पोखरा–१६ मा आयोजित सभामा उनले आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने स्पष्ट पारे । आफूलाई लोभ, लालसा र मोह केही नभएको उम्मेदवार पौडेलले देश र जनता सबैभन्दा माथि हुने बताए । उनले भने, ‘पार्टी एकठाउँमा हुन्छ, राजनीति पनि गरिन्छ । तर देश र जनता सबैभन्दा माथि हुन्छ ।’ उम्मेदवार पौडेलले कम्युनिष्ट सरकारबाट जनता त्रसित अवस्थामा रहेको बताए ।

उक्त अवसरमा नेता धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज गुरुलाई जिताउँदा पोखरेलीको इज्जत नै माथि हुने बताए । उनले भने, ‘खेमराज गुरु सबैले सम्मान गर्न लायक व्यक्तित्व हुनुहुन्छ । उहाँ संस्कारी नेता पनि हो । धर्म संस्कारलाई उहाँले सधैं शिरमा राखेर हिंड्नु भएको छ । त्यसैले उहाँलाई विजय गराउनु पोखरेलीको कतव्र्य हो ।’ खेमराज जस्ता व्यक्तित्वलाई जिताएर देशैभर इमान्दार व्यक्ति राजनीतिमा आवश्यक पर्छ भन्ने सन्देश दिन पनि आवश्यक रहेको उनले बताए ।

गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका चुनावी कमाण्डर कुमार खड्काले कांग्रेसको जीत सुनिश्चित भएको बताए । उनले कम्युनिष्टको रवैयाका कारण जनता वाक्कदिक्क भएको जनतालाई त्यसबाट मुक्त गराउन कांग्रेसले चुनाव जित्न आवश्यक रहेको बताए । उनले पोखरा–१६ का सबै क्षेत्रमा घरदैलो सकिएको जानकारी दिए ।

‘हामीले विभिन्न चरणमा गरेर सबै मतदातालाई भेटिसकेका छौं । अब चुनावीसभाको तयारी गरिरहेका छौं’, उनले भने मतदातालाई पनि उम्मेदवारसंगै भेट गराइदिएका छौं ।’ उम्मेदवार पौडेलसहित कांग्रेसका नेताहरू मतदाताकोमा पुग्दा मतदाता निकै उत्साहित भएको उनले बताए । अर्मलाको ¥यालेमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार पौडेललाई साथ दिन नेता शेखर कोइराला पनि पुगेका थिए ।

धर्म संस्कार छोड्न हुँदैन

उम्मेदवार खेमराज पौडेल, नेता धनराज गुरुङ लगायतले पोखरा–१६, जोगिमणीस्थित रनबहादुर गुरूङको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । रणबहादुर गुरुङको ९७ वर्षको उमेरमा केही दिन अघि निधन भएको थियो । स्व. रणबहादुरका छोराहरू योगबहादुर र रुन बहादुर गुरुङका साथै परिवारजनलाई भेटेर पौडेलले समवेदना प्रकट गरेका थिए । उक्त अवसरमा उम्मेदवार पौडेलले आफ्नो धर्म, संस्कार छोड्न नहुने बताए । अरूले ७ दिन मै काजकिरिया सके पनि धर्म संस्कार अनुसार नै गर्नुपर्नेमा उनको जोड थियो ।

शुक्रबार विशाल ¥याली

नेपाली कांग्रेस कास्कीले शुक्रबार विशाल र्याली आयोजना गरेको छ । ¥याली पोखराको चिप्लेढुंगास्थित पार्टी कार्यालयबाट शुरु भइ पृथ्वीचोकमा पुगेर समापन हुने कास्की कांग्रेसले जनाएको छ । दिउँसो ४ बजे हुने ¥यालीमा पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. सशांक कोइराला, पूर्णबहादुर खड्का लगायत केन्द्रीय सदस्य, कास्कीका नेताहरू समेत सहभागी हुने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

यसैगरी शुक्रबार पोखराको रत्नचोकर राष्ट्रबैंक चोकको बीचमा सडक डिभिजन कार्यालयको अगाडि चुनावीसभा हुँदैछ । सभालाई पार्टीका नेताहरू बालकृष्ण खाँड, गगन थापा, डा. मिनेन्द्र रिजाल, जीतजंग बस्नेत लगायतले संवोधन गर्ने कार्यक्रम छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.