×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • राजनीति
    • चन्दा लिन्न, राजनीतिको परिभाषा बदल्छुः इन्जिनियर धर्मराज

चन्दा लिन्न, राजनीतिको परिभाषा बदल्छुः इन्जिनियर धर्मराज

November 21, 2019
चन्दा लिन्न, राजनीतिको परिभाषा बदल्छुः इन्जिनियर धर्मराज

पोखरा ५, मंसिर । समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ पोखरा –२० लामडाँडा पुग्दा स्थानीय सुखी देखिए । देशका लागि निस्वार्थी र नैतिकवान नेता चाहिएको र त्यो कुरा धर्मराजमा पाएको लालडाँडावासीले बताए ।इन्जिनियर धर्मराजले वर्षौं देशमा शासन गरेर राजनीतिक दलले राजनीति र संसदको परिभाषा नै बिगारेको बताए । ‘म भ्रष्टाचार गर्दिन् । आफ्नो स्वार्थ हेर्दिन । तपाईंहरुले औंला उठाउने अवस्था होइन, अंगालो मार्ने वातावरण बनाउँछु,’ समाजवादी पार्टीका उम्मेदवार इन्जिनियर धर्मराजले मतदातासामु भने, ‘वर्षौंसम्म सत्तामा राजकाज गरेका पार्टीले राजनीतिको अर्थ नै बिगा¥यो । म राजनीतिक संस्कार र संसदप्रतिको नजर बदल्न चाहन्छु ।’

घरदैलोमा गुरुङलाई मतदाताले शुभकामना दिए । देशका लागि चाहिने नेता नै धर्मराजजस्तै भएको स्थानीयले प्रतिक्रिया दिए । स्थानीयले भने, ‘तपाईंले उठाएका कुरा राम्रा लाग्यो । यसपटक भोट तपाईंलाई भयो ।’अरु राजनीतिक पार्टीले भोट माग्न आउँदा यो गर्छु, त्यो गर्छु भन्ने, चन्दा उठाउने र सांसद भएपछि पैसा कमाउनतिर लाग्दा राजनीति नै खराब भएको धर्मराजले बताए । उनले सांसद भइसकेपछि जनतासँग संवाद गरेर आवश्यकताका आधारमा विकास निर्माणको पहल गर्ने प्रतिवद्धता जनाए ।

‘चुनावमा म ठूलो कुरा गर्दिनँ । पहिले हातमा भोट हालेर जिताउनुस्, अनि सांसदले गर्ने काम के हो भन्ने देखाउँछु,’ धर्मराजले भने, ‘म कसैसँग चन्दा मागेर चुनाव प्रचार र तपाईंहरुको घरदैलोमा आएको होइन । चन्दा माग्ने, ऋण खोजेर चुनाव लड्ने र सांसद भएपछि त्यो असुल गर्न लाग्दा सांसदप्रतिको हेराई खराब बनेको छ । म फोहोरी भनिएको राजनीतिलाई सफा गर्न चाहन्छु ।’

काण्डकाण्डमा देश फसिरहेको देखेपछि दुख लागेको र अब आफैं राजनीतिलाई सफा गर्नुपर्छ भनेर उम्मेदवार भएको उम्मेदवार गुरुङले बताए । ‘निर्मलाका आमाहरुको आँखु रोकिएको छैन । सुन काण्डदेखि बालुवाटारसम्मका काण्डमा देश फस्यो । सांसद र नेताले गर्ने त्यस्तो हो त ?’ वडा नम्बर २० मा घरदैलो गर्दै धर्मराजले भने, ‘यो देखेपछि मलाई दुख लाग्यो र राजनीतिमा आयो ।’

लामो समय सयुक्त राष्ट्र संघमा इन्जिनियरका रुपमा काम गरेको अनुभव देशमा लगाउने दृढ संकल्पका साथ चुनावमा होमिएको गुरुङले बताए । ‘गोर्खा सैनिक र राष्ट्र संघमा मैले सिकेको के हो भने भाषण धेरै नगर्ने, काम गर्ने,’ गुरुङले भने, ‘सँग अहिले नै ठूला ठूला विकासको सूची छैन । तर, सांसद भएपछि कुन सिस्टमले काम गर्नुपर्छ भन्ने देखाउँछु ।’

उनले देश सुधार्न विज्ञ र दूरदर्शी नेता नहुँदा बिग्रिएको बताए । अहिले सबैभन्दा बढी सरकारी कार्यालयको हालत र पूर्वाधार विकास निर्माणको तरिका बदल्नुपर्ने उनको भनाइ थियो । ‘हाम्रो हालत के छ भनेर बुझ्न यहाँको सरकारी कार्यालय हेरे पुग्छ । पोखराको बाटो र अव्यवस्थित पार्किङ हेरे पुग्छ । महानगर भएर पनि सुविधा कस्तो छ भन्ने लालडाँडा र मौजालाई हेरे पुग्छ,’ गुरुङले भने, ‘यस्तो अव्यवस्थित कार्यालय, यस्तो दुख र असुविधा अहिलेसम्मका नेता र सांसदले विचार नपु¥याएकै कारण भएको हो । म यो तरिका बदल्न चाहन्छु ।’

उम्मेदवार गुरुङले चुनावी सारगर्मी बढेसँगै घरदैलो अभियानलाई पनि तीव्र पारेका छन् । जनताको साथ, समर्थन र उत्साहका कारण आफ्नो जीत पक्का रहेको उम्मेदवार गुरुङले बताए ।

RELATED NEWS

शोक व्यक्त गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना दुर्लङ पुगे

शोक व्यक्त गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना दुर्लङ पुगे

पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल ...

June 14, 2020
सरकार असफल भएको कास्कीका पाँच दलको ठहर

सरकार असफल भएको कास्कीका पाँच दलको ठहर

पोखरा । कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर ...

June 10, 2020
‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

पोखरा, १० मंसिर । नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ...

November 26, 2019
तराजुले सबैको न्याय गर्छ : उम्मेदवार केसी

तराजुले सबैको न्याय गर्छ : उम्मेदवार केसी

मंसिर १०, पोखरा । ‘जनता माथि गरिएको विश्वासघातको नतिजा उपनिर्वाचनले दिन्छ, अब साझा पार्टीबाहेक अरु विकल्प छैन्, ...

November 26, 2019
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.