×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • मुख्य खबर
    • ‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

November 26, 2019
‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

पोखरा, १० मंसिर । नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको उल्लेख गर्दै एजेन्डा र विचारको राजनीतिमै अबको जीवन लगाउने प्रतिवद्धता गरेकी छन् । अकस्मात भोग्नुपरेको दुर्घटनामा जीवनसाथी गुमाएपछि आँसु पुछेर आफू चुनावी मैदानमा आएको उनले बताइन् । नेकपाको चुनावी प्रचारप्रसार तथा घरदैलोमा पोखरा २० मौजामा भएको कार्यक्रममा उनले भनिन म आँसुको राजनीति गर्न आएकी हैन, बाँकी भएको आँसु पनि पुछेर आएकी छु । अब जनताका दुःख निवारण गर्दै सबैको आँसु पुच्छु ।’

 

भट्टराईले आफू समृद्ध नेपाल, सुखी नेपालीको संवाहक बन्ने प्रतिवद्धतासमेत गरिन् । मतदातासँग उनले विभेद मुक्त समाज निर्माण गरी सबैलाई आत्मनिर्भर बनाउन नेतृत्वदायी भूमिका खेल्ने वाचा गरिन । मोहरिया, मौजा भलामको बाटो निर्माण सम्पन्न गर्ने, आँटीघर मौजालाई पर्यटकीय क्षेत्र बनाउने र यो क्षेत्रमा कृषि र पशुपालनलाई व्यवसायीकरण गर्ने उनले सुनाइन ।

नेकपा केन्द्रीय सदस्य श्रीनाथ बरालले समृद्धिको जग राख्ने नेकपालाई समृद्धिको सारथि बन्ने जिम्मा जनताले दिइसकेको बताए । प्रदेशसभा सदस्य मनबहादुर गुरुङले अबको २ वर्षमा कुनै नेपाली सुकुम्बासी नरहने दाबी गरे । उनले भने, ‘सरकारले कानुन बनाइसकेको छ । अब केही नेपाली भूमिहीन हुनु पर्दैन ।’ कार्यक्रममा नेकपा पोखरा २० का चुनावी कमान्डर विश्वप्रकाश लामिछाने, नेकपा २० अध्यक्ष भीमप्रसाद बास्तोला, स्थानीय दुर्गाबहादुर गुरु, हरिप्रसाद गुरु, गञ्जमान गुरु, पोखरा २० का प्रचारप्रसार संयोजक सुशील बस्नेत लगायतले बोलेका थिए ।

मंगलबार इन्दुपाखाका १ दर्जन स्थानीय नेकपा प्रवेश गरेका छन् । यसरी विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गर्नेमा धनबहादुर गुरुङ क, धनबहादुर गुरुङ ख, कर्णबहादु गुरुङ, मीनबहादुर गुरुङ, प्रीतिमान गुरुङ, चीजबहादुर गुरुङ लगायत छन् । उनीहरुलाई नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल, उममेदवार विद्या भट्टराई र वडाका चुनावी कमान्डर विश्वप्रकाश लामिछानेले स्वागत गरे । घरदैलोमा कलाकारहरु कृष्ण भण्डारी, शिवहरि ढुंगाना, मनकुमार श्रेष्ठ लगायतले सांस्कृतिक प्रस्तुति राखेका छन ।

आफूले टेकेकै धर्ती कमजोर पार्ने ?:  देव गुरुङ

नेकपा प्रमुख सचेतक देव गुरुङले देश र राष्ट्रिय स्वाधीनताभन्दा महत्वपूर्ण विषय केही नभएको बताएका छन् । उनले प्रतिपक्षी नेपाली कांग्रेस र विप्लव नेतृत्वको नेकपाले टेकेकै धर्तीलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘जहाँ टेक्ने, त्यही धर्तीलाई कमजोर बनाउने ? यसो गर्नेलाई जनताले चिनेका छन् ।’ संविधानमै त्रुटि भए पनि त्यसलाई परिमार्जन गर्न सकिने विचार राख्दै उनले देशको स्वाधीनतामाथि खेलवाड नगर्न चेतावनी दिए ।कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई कमजोर बनाएका उदाहरण पेश गर्दै उनले पटक पटक साम्राज्यवादी, सामन्तसँग घुँडा टेक्नेहरु लोकतन्त्रको पहरेदार हुनै नसक्ने तर्क गरे ।

नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले प्रतिपक्षकै शैली बदल्न उपचुनावले शिक्षा दिने तर्क गरे । उनले कांग्रेसको सरकार भएका बेला कालापानीको प्रस्ताव संसदमा आउँदा कांग्रेसका सचेतकले विरोध गरेको र तत्कालीन सभामुख रामचन्द्र पौडेलले त्यसलाई रोकेको स्मरण गरे । उनले भने, ‘देउवाजी कहिलेदेखि भारतीय गुप्तचर बन्नु भो, म यो भन्न चाहन्न तर उहाँलाई प्रधानमन्त्रीको सहमतिमा नक्सा जारी भएको कसरी थाहा भयो ?’ कमजोर, हतास हुँदै गएपछि पराजित मानसिकताले आरोप प्रत्यारोपमा उत्रिनुभन्दा स्वस्थ प्रतिश्पर्धामा विश्वास गर्न कांग्रेसलाई उनले आग्रह गरे ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले पोखरा ३३ का वडाध्यक्षको गाडीमा विस्फोट भएपछि आमसभालाई विरोधसभाको रुप दिनुपरेको बताए । उनले नेकपाले प्रचण्ड बहुमतले जित्ने सुनिश्चित भएकाले घुसपेठ हुन सक्नेतर्फ मतदातालाई सचेत गराए । थापाले भने, ‘घुसपेठ गर्न, मत किनबेच गर्न खोज्नेलाई समात्नुस् । मतदाताले कारवाही गरे नेकपाले त्यस्तालाई जोगाउन सक्दैन ।’ सभामा नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगाना र सचिव ईश्वरी लम्सालले पनि बोलेका थिए ।

११ मा बुद्धिजीवी भेला

उम्मेदवार विद्या भट्टराई अधिकारीलाई विजयी गराउन वडा नं ११ का बुद्धिजिवी लागेका छन् । नेकपाले मात्र शोषित पीडित, श्रमजीवी लगायत बौद्धिक वर्गको सुरक्षा र सम्मान गर्दै हक, अधिकार सुनिश्चित गर्ने सक्ने भएकाले नेकपा उम्मेदवारलाई विजयी गराउनुपर्ने बुद्धिजिवी परिचालन समिति संयोजक पदम दवाडीले बताए । मंगलबार भएको भेलाले विभिन्न पाँच समूह निर्माण गरी वडाका विभिन्न टोल टोलमा पुगेर उम्मेदवार भट्टराईलाई विजयी गराउन मत माग्ने भएको छ ।भेलामा वडाका चुनावी कमाण्डर चूडामणि जंगलीले विद्याको जित सुनिश्चित भइसकेको दाबी गरे ।

घरदैलो सकियो, आज चुनावीसभा

नेकपाले चुनावी अभियान अन्तर्गत कास्की २ का ११ वटै वडामा थालेको घरदैलो मंगलबार सकिएको छ । पोखरा ४ मा मंगलबार भएको घरदैलोमा रामबहादुर कोइराला, रामजी गौतम, विष्णुहरि पौडेल र नर्वदा अधिकारी नेतृत्वका टोलीले वडाका विभिन्न क्षेत्रमा पुगी मत मागेको छ । पोखरा ९ का टोलहरुमा गठन गरिएका निर्वाचन परिचालन कमिटीको बैठक भएको छ । पोखरा १५ मा शिवशक्ति टोल, निर्मल टोल लगायतका स्थानमा कोणसभा भएका छन । चुनावी कमान्डर बखान सिंह तमुले एजेन्डा र आवश्यकतालाई मूल्यांकन गरी फेरि पनि जनताले नेकपालाई अत्यधिक मत दिने बताए ।

पोखरा २१ कृष्ति नाच्नेचौरको व्युलीपीपल र राम्नीमा वडास्तरीय चुनावी सभा भएका छन् । सभालाई नेता खगराज अधिकारी, ठाकुर गैह«े, चुनावी कमान्डर दीपक पौडेल लगायतले सम्बोधन गरे । वडा नं ७, ८ १६, र ३३ मा पनि मतदाता केन्द्रित घरदैलो, कोणसभा, र टोल कमिटी बैठक भएका छन । बुधबार नेकपाको मुख्य चुनावी सभा पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा हुनेछ । नेकपा चुनाव प्रचारप्रसार समिति संयोजक त्रिभुवन पौडेलले निर्वाचन हुने पोखरा महानगरका ११ वटै वडाका बासिन्दालाई बाजागाजसहित हुने ¥याली र सभामा सहभागी हुन अनुरोध गरे ।

सभालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताले सम्बोधन गर्ने छन् । उनले विपक्षीले जनतामा छरेका भ्रम निवारण गर्ने र पार्टीका एजेन्डा बुझाउने मौका मिलेको उल्लेख गरे । संयोजक पौडेलले भने, ‘जनताका सुझाव, माग, मर्का, दुःख फेरि मिहिन ढंगले बुझ्ने मौका मिल्यो । अब विकासको रोडम्याप बनाउँदा ती कुरालाई प्रभावकारी रुपमा सम्बोधन गर्छाैं ।’

 

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.