×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

११ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2019
    • December

भ्रमण वर्षलाई लक्षित गरी स्याङजाको कोल्मामा दोश्रो क्रसकन्ट्री दौड प्रतियोगिता हुने

December 26, 2019

पोखरा १० पुस । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्याङजाको कोल्मा बाहकोटमा दोस्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा “स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड” भन्ने मुल नाराका साथ आगामी माघको २५ गते क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिने भएको हो ।

मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी दोश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चका अध्यक्ष जीत बहादुर गुरुङले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्याङजा पुतली बजार नगरपालिका वडा नम्बर ९ को कोल्मा बहाकोट सहित तनहु र विरुवा गाउपालिकालाई समेत समेटेर सो क्षेत्रमा रहेका सांस्कृतीक पक्षहरुलाई उजागर गर्ने उद्देश्यले क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिएको वताए ।

आर्थिक बिकास गर्न सके गाउ बस्ती रित्तिनबाट जोगाउन सकिन्छ भन्ने अभिलाषा बोकी “संस्कृती संरक्षणको लागी एकजुट, पर्यटन प्रवद्र्धनका लागी खेलकुद” भन्ने अभिप्रायका साथ क्रस कन्ट्री दौड संगै स्थानिय संस्कृतीको प्रदर्शन, होम स्टे सांझ समेत उक्त कार्यक्रममा समेटिने अध्यक्ष गुरुङले वताए ।

३१ किलो मिटर खुल्ला पुरुष र १४ किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीहरुले कोल्मा बराहचौरदेखी, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुको शुक्ला गण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुग्नुपर्नेछ ।

प्रतियोगितामा खुल्ला पुरुषतर्फ प्रमथ हुनेले नगद ५० हजार, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद ४० हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने २१ बर्ष मुनिका पुरुष १४ किलोमिटर दौडतर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद २० हजार, १५ हजार र १० हजार, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन । प्रतियोगितामा १० औ स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने मञ्चका सचिव जीवन थापा मगरले जानकारी दिए ।

अघिल्लो संस्करणको ३१ किलोमिटर खुल्ला पुरुषतर्फ नेपाली सेनका हवलदार राजन खत्रीले उपाधी चुमेका थिएभने १४ किलोमिटर दौडमा कलम प्रसाद श्रेष्ठले उपाधी चुमेका थिए । उक्त कार्यक्रममा एनआरएन युके र विदेशमा रहेका कोल्मा बहाकोट चारथुम बासी, स्थानिय संघ सस्था, युवा क्लव, आमा समुह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहने समेत थापा मगरले जानकारी दिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

December 26, 2019
पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, १० पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुने पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेवान पोखराको आयोजनामा २१ औं संस्करणको सडक महोत्सव पुस १२ देखि १६ गतेसम्म सञ्चाल हुने महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको बताए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
लेकसाइडस्थित खुल्ला सडकमा महोत्सव हुनेछ । कोमागाने पार्कमा समेत सांस्कृतिक, सांगितिक र खानाका परिकारमा रमाउने पाउने छन् । महोत्सवको अवसरमा अँग्रेजी नयाँ वर्ष २०२० लाई समेत स्वागत कार्यक्रम समेत गरिने रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले बताए ।

नेपाल भ्रर्मण वर्ष २०२० लाई लक्षित महोत्सवमा पर्यटकीय गतिविधि सञ्चालन गरिने महोतसवका सहसंयोजक नरेश भट्टराईले जानकारी दिए । उनले देशका विभिन्न प्रदेशका सांस्कृतिक प्रस्तुति महोत्सवमा प्रदर्शन गरिने बताए । लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा चार ठाउँमा स्टेज बनाए सास्कृतिक कार्यक्रम प्रर्दशनी गर्ने बताए । पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न महोत्सव सहयोगी हुने अर्का सहसंयोजक बसन्त गौतमले बताए ।
महोत्सव अवधिभर पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने रेवान पोखराका सचिव विकास भट्टराईले बताए ।

‘महोत्सव अवधिभर पोखराका सम्पूर्ण होटलहरु भरिभराउ हुनेछन्,’ उनले भने, ‘नेपालमै पृथक खालको महोत्सव हामीले पोखरामा आयोजना गर्दै आइरहेका छौं । यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’ रेवानले आयोजना गरेपनि समग्र पोखराको प्रतिष्ठासँग महोत्सव जोडिएको उनले बताए ।
महोत्सवमा कास्की तथा आसपासका जिल्लामा उत्पादित बस्तुहरुको प्रदर्शनी गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट पनि महोत्सवको आकर्षण बन्ने सास्कृतिक संयोजक चौ बहादुर गुरुङले बताए । पोखराको फिस्टेल गेटदेखि डिहिको पाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुनेछ ।

पार्कमा १३ वटा रेष्टुरेण्ट, अन्यस्टल गरिरे २५ वटा रहने स्टल संयोजक विष्णु बानियाले जानकारी दिए । उनले अम्बोटमा १५ वटा स्टल राखिने र ति स्टलमा हस्ताकलाका सामग्रीका लागि दिने बताए ।
सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन् । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारिने छ । अँग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न रेष्टुरेण्ट, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहने छ ।

सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राजु लामा, सविन राई, अभए एण्ड स्टिम इन्जस, लाहुरे, अनुपस्थको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यसै गरी ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुबाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, बद्री पंगेनी, प्रीति आले, राजन गुरुङ्ग, टिका सानु, सरला पाण्डे, राजु परियार, पशुपती शर्मा, संझना भण्डारी, कुमार पुन, पार्वती जिसि, हास्य कलाकारहरु पोख्ररेली माग्ने वुढा युवराज भण्डारी, राजेन्द्र नेपाली, दिवाकर भण्डारीको समुह, मनोज गजुरेल र पुर्खे बा लगाएका कलाकारले हसाउने छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

बगर भाइखलकलाई पांचौ हेटौडा भेट्रान्स एट ए साइड फोर्टी प्लस फुटवलको उपाधी

December 21, 2019
बगर भाइखलकलाई पांचौ हेटौडा भेट्रान्स एट ए साइड फोर्टी प्लस फुटवलको उपाधी

पोखरा पुस ५ । हेटौडामा सम्पन्न पांचौ हेटौडा भेट्रान्स एट ए साईड फोर्टी प्लस राष्ट्रिय फुटवल प्रतियोगिता २०७६को उपाधी पोखराको बगर भाइखलकले हात पारेको छ । हेटौडा भेट्रान्सले आयोजना गरेको फोर्टी प्लस एट ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा बानेश्वर भेट्रान्स क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पार्न सफल भएको हो । उपाधीका लागी खेलको पहिलो हाफमा राजकुमार तामाङ र दोश्रो हाफमा इश्वर गुरुङ चन्द्रले फ्री किक मार्फत अर्को गोल थप्न सफल भएका थिए । उपाधी संगै बगर भाइखलकले नगद १ लाख १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । उपविजेता बानेश्वरले नगद ५५ हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितमा बगर भाइखलकका बगर भाइखलकका युसफ श्रेष्ठ म्यान अफ द म्याच बन्न पुगे । खेलमा इश्वर गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । गुरुङले सर्वोत्कृष्ट खेलाडीको उपाधी संगै गुरुङले नगद १० हजार र ट्रफी हात पारे । गुरुङ संगै लक्ष्मण गुरुङले वेष्ट किपर, राजकुमार तामाङले वेष्ट फरवार्डको उपाधी हात पार्न सफल भए ।
प्रतियोगितामा वेष्ट फरवार्डले नगद ५ हजार र ट्रफी, म्यान अफ दी म्याचले टोकन अफ लप प्राप्त गर्न सफल भए । सो अवसरमा बगर भाइखलकका सल्लाहकार ६१ वषीय राम गुरुङलाई भेट्रान्स फुटवल खेलेको भन्दै आयोजकले दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

पुष २ देखी ५ गते सम्म सञ्चालित प्रतियोगितामा बगर भाइखलकले विरगन्ज भट्रान्सलाई १–० ले पराजित गर्दै प्री क्वाटरबाट अगाडि वढेको थियो । बगर भाइखलकले क्वाटर फाइनलमा स्यानो गौचरण नाइट क्लवलाई २–१ गोलले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको थियोभने सेमी फाइनलमा टुसाल भेट्रान्स बौद्धलाई ट्राइबकरमा २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

फाइनलमा बगर भाइखलक संग पराजय भोगेको बानेश्वर फुटवल क्लवले प्री क्वाटरमा जोरपाटी भेट्रान्सलाई १ – ० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियोभने क्वाटर फाइनलमा हेटौडा भेट्रान्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्दै सेमी फाइनलमा एबीसी पोखरालाई १ –० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको पर्यटकीय गतिविधीमा प्रत्यक्ष असर

December 11, 2019
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको पर्यटकीय गतिविधीमा प्रत्यक्ष असर

पोखरा २५ मंसिर ।
जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा रहेको सांस्कृतीक तथा प्राकृतिक सम्पदामा प्रत्यक्ष असर परेका कारण मुस्ताङको पर्यटन मा असर पर्ने होकी भन्नेमा मुस्ताङबासीहरु चिन्तित बनेका छन । पर्यटनले धानेको हिमालपारिको जिल्ला मुस्ताङका वासिन्दाहरु जलवायु परिवर्तनका कारण उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा समेत पछिल्लो समय वढी मात्रामा पानी परेका कारण माटोले बनेका सांस्कृतीक सम्पदा र हिमालमा हिउहरु नपरेका कारण मुस्ताङको पर्यटनमा प्रत्यक्ष असर पर्ने होकी भन्नेमा निकै चिन्तित बनेका हुन ।

नेपाल सरकार परराष्ट्र मन्त्रालय, नीति तथा अनुसन्धान प्रतिष्ठान, परराष्ट्र अध्ययन मामिला प्रतिष्ठान र नेपाल पर्वतारोहण संघको आयोजनामा जलवायु परिवर्तन, पर्वतिय वातावरण र मानव जातिको भविष्य विषयक कार्यक्रममा उपस्थित मुस्ताङका प्रतिनिधीहरुले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा पछिल्लो समय सांस्कृतिक र प्राकृतिक सम्पदामा ठूलो असर परेको वताएका हुन ।

कार्यक्रममा वोल्दै हिमालपारिको जिल्ला मुस्ताङका पर्यटन ब्यवशायी लक्ष्मी गुरुङले जलवायु परिवर्तनका कारण हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो समय वढी मात्रामा पानी पर्ने गरेकै कारण माटोको दरबारको रुपमा रहेको उपल्लो मुस्ताङको लोमान्थाङ दरवार परिसर जस्ता सांस्कृतीक महत्व वोकेको भवनहरुमा प्रत्यक्ष असर परेको वताए ।
हिउदको समयमा हिउ कम पर्ने र वेमौसमी हिमपात संगै पछिल्लो समय पानी वढि परेर पहिरोका कारण कालीगण्डकीको बहाव वढ्दा वढी मात्रामा क्षती हुने गरेको वताउदै गुरुङले जलवायु परिवर्तनको असरलाई कमी गर्न सवैले आ आफ्नो ठाउबाट अगाडि वढ्नुपर्ने वताइन । हिमालपारिको एकमात्र खेती उवा, फापर, गहु र आलु उत्पादनमा समेत जलवायु परिवर्तनकै कारण कमी हुदै आएको उनको भनाइ रहेको थियो ।

जिल्ला समन्वय समिती मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले हिमालपारिको जिल्ला मुस्ताङमा मात्र नभइ हिमाली, पहाडी र तराइ क्षेत्र जताततै जलवायु परिवर्तनको असर परेको वताइन । गुरुङले जलवायु परिवर्तनका कारण प्राकृतिक असन्तुलन हुन पुग्दा त्यसको प्रत्यक्ष असर मानवजीवनमा परेकाले यसको असर न्युनिकरणका लागी सम्पूर्ण एकजुट हुनुको विकल्प नरहेको वताइन । मुस्ताङले समेत यसको प्रत्यक्ष असर भोग्नुपरेको उनको भनाइ रहेको थियो ।
त्यस्तै लामो समयदेखी नेपालको हिमाली क्षेत्रमा ट्रेकिङ गराउदै आएका पोखराका शेषकान्त शर्माले पनि पछिल्लो समय वेमौसमी हिमपात र हिमाली क्षेत्रमा वढी मात्रामा का कारण हिमाली क्षेत्रमा पानी पर्ने गरेकाले हिमाली क्षेत्रमा गरिने शाहसिक पदयात्रामा समेत जोखिम बढेको वताए ।

लामो समयदेखी नेपालको विभिन्न हिमाली क्षेत्रमा पदयात्रा गराउदै आएका शर्माले पछिल्लो वर्षहरुदेखी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा वेमौसमी हिमपात र झरी पर्ने गरेको वताए । अन्नपूर्ण सर्किट, थोराङ पास, डोल्पादेखी मुस्ताङ निस्कने लामो दुरीका ट्रेकिङहरुमा वेमौसमी हिमपात र पानी वढि परेका कारण आफुहरु अफ्ठेरोमा परेको उनको भनाइ रहेको थियो ।

हिमाली क्षेत्रमा मात्र नभइ पहाडी क्षेत्रमा समेत जलवायु परिवर्तनका कारण असर परेको गुल्मीका शेषनाथ पौडेलले वताए । जलवायु परिवर्तनकै कारण गुल्मी जिल्लामा पछिल्लो समय वढि मात्रामा पानी परेको र त्यसकै कारण पछिल्लो समय ठूलो लुम्पेक क्षेत्रमा गाउवस्तीनै विस्थापित हुने गरी पहिरोको सामना गर्नुपरेको वताए । वाढी पहिरो संगै खेतीपाती गर्ने समयमा पानी नपर्दा किसानहरुको उत्पादनमा कमी संगै स्थानिय प्रजातिका जंगली जनावर र चराचुरुङ्गीहरु विस्थापित हुने गएको उनको भनाइ रहेको थियो ।

हिमाल, पहाड संगै तराइमा समेत जलवायु परिवर्तनका कारण ठूलो असर खेप्नुपरेको नवलपुरका कृषक मिन बहादुर सोतीले वताए । पहाडी भेगमा पहिरो र मधेसमा डुवानको समस्या खेप्नुपरेको वताउदै समयमा पानी नपर्दा किसानहरुको खेतीपातीमा प्रत्यक्ष असर परेका कारण उत्पादनमा समेत कमी भएको उनको भनाइ रहेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले जलवायु परिवर्तनका लागी सरकार एक्लै लागेर नहुने वताउदै तीन तहको सरकारले यसको असरको न्युनिकरणको लागी काम गर्न आवश्यक रहेको वताए ।

मुख्यमन्त्री गुरुङले सरकार एक्लै लागरे यसको असरको न्युनिकरण गर्न सक्दैन त्यसैले यसका लागी सम्पूर्ण नेपालीहरुले प्राकृतीक स्रोत साधनको संरक्षणमा लागी कार्वन उत्पन्न हुने वस्तुहरुको प्रयोगलाई जोड दिन आवश्यक रहेको वताए । प्रदेश सरकारले पनि यसको बारेमा विशेष कार्यविधी तयार गरी अगाडि वढिरहेको र सम्पूर्ण तहका सरकारले यसलाई आफ्नो कार्ययोजनामा अगाडि वढाउन आवश्यक रहेको वताए ।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष गणेश गुरुङले चैत महिनाको २०, २१ र २२ गते हुने जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक काठमाडौंमा हुने पहिलो सगरमाथा संवाद वा अन्तर्राष्ट्रिय सम्मेलनका लागि सुझाव सङ्कलन गरिने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रममा छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा केशव गौतमले, राजेन्द्र श्रेष्ठले १९९२ को महासन्धिले पृथ्वीको तापक्रम एक दशमलव पाँचदेखि दुई डिग्री बढ्न नदिने भएको निर्णयलाई कार्यान्वयन गर्नका लागि आ–आफ्नो मुलुकबाट जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग गर्ने प्रस्ताव परित भएको चर्चा गरे  ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

राजनिती कै कारण संघ सस्थाहरु धरापमा पर्ने गण्डकी प्रदेश प्रमुख शेरचनको भनाइ

December 9, 2019
राजनिती कै कारण संघ सस्थाहरु धरापमा पर्ने गण्डकी प्रदेश प्रमुख शेरचनको भनाइ

पोखरा २३ मंसिर ।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती घुस्न नहुने वताएका छन । केही संघ सस्थाहरु पछिल्लो समय राजनितीकै कारण धरापमा परेको वताउदै राजनिती भन्दा पर रहेर संस्था सञ्चालन गर्न शेरचनको आग्रह रहेको थियो । नेपाल आयुर्वेद औषधी ब्यवशायी संघ गण्डकी प्रदेशको प्रथम साधारण सभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती हावी हुदा उनीहरुले लिएको उद्देश्य पुरा नहुने वताएका हुन ।

एक अर्काविच राजनिती खिचातानीका कारण संघ सस्थाहरु धरापमा परेको उदाहरण दिदै शेरचनले आयुर्वेद औषधी व्यवशायीहरुलाई समेत सचेत गराएका थिए । आयुर्वेद औषधी ब्यवशायीहरुले आफ्नो गुणस्तर र कामलाई माथी उठाउन आग्रह गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।

नेपाल आयुर्वेद औषधी ब्यवशायी संघ गण्डकी प्रदेशका संयोजक कृष्ण प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आयुर्वेद औषधी ब्यवशायी महासंघका अध्यक्ष जंगराज गिरी, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बुद्धि प्रसाद पण्डित, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष यामनाथ पौडेल, नेपाल उत्पादन संघका सचिव रामचन्द्र पन्थी, विष्णु शर्मा चापागाइ, राजु कुमार पौडेल लगायतले मन्तब्य राखेका थिए ।

सो अवसरमा लामो समयदेखी आयुर्वेद क्षेत्रमा योगदान दिएका ८७ वर्षिय डाक्टर इन्द्रविलाश आचार्यलाई सम्मान समेत गरिएको थियो । उक्त भेलाले राजकुमार पौडेलको अध्यक्षतामा नौ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा धन बहादुर कुमाल, महिला उपाध्यक्षमा गंगा लामिछाने, सचिवमा डाक्टर दीपक भुषाल, सह सचिवमा विष्णु शर्मा चापागाइ, कोषाध्यक्ष रमेश चापागाइ रहेका छन । त्यसैगरी सदस्यहरुमा विनिता डुम्रे अर्याल, राजेन्द्र अधिकारी र हिरा कुमार रहेका छन ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

वर्डलिङकको रक्तदानमा ४५ युनिट रगत संकलन

December 8, 2019
वर्डलिङकको रक्तदानमा ४५ युनिट रगत संकलन

पोखरा, मंसिर २२ ।

इन्टरनेट सेवा प्रदायक वर्डलिङक कम्युनिकेशन्स लिमिटेड लेखनाथ सम्पर्क कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त रक्तदान कार्यक्रममा पोखरा शाखा र मातहतका शाखाका कर्मचारीहरु गरी ४५ युनिट रगत संकलन भएको थियो ।

रक्त सञ्चार केन्द्र पोखरा रामघाटको प्राविधीक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा पोखरा ब्रान्च अन्तर्गत अमरसिंहचोक, राष्ट्रबैङक चोक, बगर र भण्डारढिक शाखामा कार्यरत कर्मचारी मध्ये ४५ जनाले रक्तदान गरेका हुन ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष चेत बहादुर गुरुङले ईन्टरनेट सेवा संगै वर्डलिङकले सामाजिक उत्तरदायित्व वहन गर्ने गरी रक्तदान कार्यक्रम गरी रगतको अभावमा छटपटिएका विरामीहरुलाई सहयोग पुग्ने वताउदै आगामी दिनमा पनि यस्तै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।

वर्डलिङक लेखनाथ सम्पर्क कार्यालयका शाखा प्रमुख विक्रम पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पोखरा शाखा कार्यालयका ब्रान्च म्यानेजर युशफ श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

गण्डकी प्रदेश प्रमुख शेरचनलाई मौलिक बाजा इतिहासमा पनि नभेटिने होकी भन्ने चिन्ता

December 7, 2019

पोखरा २१ मंसिर । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले युवा पुष्तालाई पुरानो बाजाको बारेमा युवा पुष्ताले चासो नलिए मौलिक बाजा ईतिहासमा समेत नभेटिने वताएका छन । पश्चिमी बाजाहरुको प्रभावका कारण नेपाली मौलिक बाजाहरु हराउदै गइरहेको र यसको बारेमा अहिलेको पुष्ताले चासो नलिए मौलिक बाजाको बारेमा इतिहासमा समेत नभेटिने वताएका हुन ।

नेपाल संगीत नाट्य एकेडेमीको आयोजना तथा हिमाली सांस्कृतीक परिवारको सहकार्यमा शनिवार सम्पन्न गण्डकीका धुनहरु कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख शेरचनले पछिल्लो समय पश्चिमी बाजाको प्रभावका कारण नेपालको मौलिक बाजाहरु लोपोन्मुख अवस्थामा पुगेको र यसको बारेमा समयमानै चासो र सोधखोज नगर्ने होभने ईतिहासको पानामा पनि मौलिक बाजाको बारेमा नभेटिने वताएका हुन ।

नेपाली मौलिक बाजाको आफ्नै महत्व र इतिहास भएको भएतापनि यसको बारेमा कोही कसैले चासो नदेखाएकाले यसको बारेमा चासो देखाउन सम्बन्धित निकायलाई आफुले आग्रह गर्ने शेरचनको भनाइ रहेको थियो । बाजाहरुको सम्मेलन गरी नेपाल संगीत नाट्य एकेडेमी र हिमाली सांस्कृतीक परिवारले चासो देखाएकोमा आफु निकै खुसी रहेको वताउदै शेरचनले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरे ।

११ जिल्लाको प्रतिनिधित्व हुने गरी शुक्रबार र शनिवार गरी दुई दिन सम्म सञ्चालन भएको कार्यक्रममा ९५ वटा लोपोन्मुख बाजाहरुको प्रदशनी र तीन वटा कार्यपत्रको प्रस्तुती रहेको थियो । कार्यक्रममा पञ्चेवाजाको बारेमा तुलसी प्रभा, हिमालमा प्रचलित बाजा टुङ्नाको बारेमा कर्मा फारम र नवलपुरको थारु बाजाको बारेमा पिताम्बर महतोले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी १२ वटा समुहहरुले गण्डकी प्रदेश भित्रका हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी विभिन्न बाजाको धुनहरुको प्रस्तुती प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल संगीत नाट्य एकेडेमीका प्रमुख अशोक राइ र हिमाली सांस्कृतीक परिवारका अध्यक्ष मेनकाजी गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

किरात सेवा समाज कास्कीद्धारा पत्रकार राना मगर सम्मानित

December 7, 2019
किरात सेवा समाज कास्कीद्धारा पत्रकार राना मगर सम्मानित

पोखरा २१ मंसिर । किरांत सेवा समाज कास्कीले पत्रकार गिता राना मगरलाई सम्मान गरेको छ । विगत एक दशकदेखी पोखरामा रही हाल एविसी टेलिभिजन पोखरा ब्युरोमा कार्यरत पत्रकार राना मगरले आवाज विहीनहरुको अवाजलाई मिडियामार्फत वुलंद गरेको भन्दै किरांत सेवा समाज कास्कीले आफ्नो १९ औ वार्षिक साधारण सभाको अवसर पारी सम्मान गरेको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेल र किरांत सेवा समाज कास्कीका अध्यक्ष लोकेन्द्र चाम्लिङ राइले माला र सम्मान पत्रले सम्मान गरेका थिए । पत्रकार गिता राना संगै किरांत सेवा समाज समाजमा रहेर लामो समय सम्म समाजको हितको लागी काम गरेको भन्दै समाजका निवर्तमान अध्यक्ष गजेन्द्र लिम्बु र समाजको भवन निर्माणमा सहयोग गर्ने गणेश लिम्बुलाई समेत सम्मान गरिएको थियो ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले नेपालको पूर्वी भागमा वसोबास गर्ने किरांत समुदायका मानिसहरु पोखरामा आइ बसोबास गरी आफ्नो मौलिक संस्कृतीको संरक्षण गरिरहेकोमा खुसी ब्यक्त गरे । अध्यक्ष पौडेलले किरांतहरुको सम्मान गर्दै आगामी दिनमा समाजमा आवद्ध महिला दिदिबहिनीहरुलाई लक्षित गरी सीपमुलक र आयमुलक कार्यक्रमहरु सञ्चालन गर्न समाजलाई आग्रह गर्दै त्यस्ता कार्यक्रमहरुमा वडाले सहयोग र सहकार्य गर्ने वताए ।

त्यस्तै गण्डकी प्रदेश संग्रहालय पोखराका प्रमुख करुणा राइले नेपालको पूर्वी भेगबाट विभिन्न कामको सिलसिलामा पोखरा आइ बसोबस गरी आफ्नो काम संगै आफ्नो संस्कृतीको संरक्षणमा लागेकोमा किरात सेवा समाज कास्कीलाई धन्यवाद ब्यक्त गरिन । किरांत सेवा समाज कास्कीका संस्थापक सचिव मनोज कुमार राइले किरांत सेवा समाज २० औ वर्ष सम्म आइपुग्दा विभिन्न बाधा ब्यवधानहरु ब्यहोर्दै यहासम्म आइपुगेको वताउदै समाजमा आवद्ध नभएकाहरुलाई पनि किरात सेवा समाजमा आवद्ध हुन आग्रह गरे ।

आदिवासी जनजाति महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष एम बि आस्था मगरले किरांत सेवा समाजले २० औ वर्ष आरम्भ गरिरहदा किरांत सेवा समाजको इतिहासका दुखका कालखण्डहरुलाई आफुले नजिकबाट नियालेको र त्यस्ता दुखबाट अगाडि वढेको संस्थाले आगामी दिनमा किरांतहरुलाई मात्र संगोल नगरी दायरा फराकिलो बनाएर अगाडि वढ्न आग्रह गरे ।

किरांत सेवा समाज कास्कीका अध्यक्ष लोकेन्द्र चाम्लिङ राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष गजेन्द्र सुब्बा, पूर्वाञ्चल सेवा समाजका वरिष्ठ उपाध्यक्ष बाल कुमार लुइटेल लगायतले मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन समाजका सचिव नविन राइले गरेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.