×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१० माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • पर्यटन
    • गोर्खाको लिगलिगकोटमा पर्यटन भित्रयाउन लिगलिग भिलेज स्पोर्टस गठन

गोर्खाको लिगलिगकोटमा पर्यटन भित्रयाउन लिगलिग भिलेज स्पोर्टस गठन

January 30, 2020
गोर्खाको लिगलिगकोटमा पर्यटन भित्रयाउन लिगलिग भिलेज स्पोर्टस गठन

पोखरा १६ माघ ।
गोर्खाको लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन गर्नका लागि लिगलिग भिलेज स्पोर्टस नामक संस्था स्थापना गरिएको छ । आधुनिक नेपाल एकिकरणको ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको लिगलिग कोटमा खेलुकुद पर्यटन संगै उक्त क्षेत्रको सांस्कृतिक पक्षको बिकास गर्ने उद्देश्यले स्थानिय संजीव राना मगरको अध्यक्षतामा लिगलिग भिलेज स्पोर्टस नामक संस्था दर्ता गरिएको हो । संस्थाको संस्थापक उपाध्यक्षमा रुपा राना मगर, सचिवमा बिनोद श्रेष्ठ, कोषाध्यक्षमा बिजय पाण्डे, सदस्यहरुमा अनिल राना मगर, निराज थापा र दीपक थापा रहेका छन ।

पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको लिगलिग क्षेत्रको समग्र बिकास र समृद्धि गर्न, स्थानीय जनताको पहिचान, स्वाभिमान र भाषिक तथा सांस्कृतिक वातावरणमा क्षति नपु¥याई स्थानिय क्षेत्रको बिकास र समृद्धिका कार्यहरुमा सहयोग पु¥याउन, बहुभाषिक, बहुसांस्कृतिक समाजको मुल्य मान्यतालाई सम्मान गर्दै खेलकुद र पर्यटनको माध्यमबाट ऐतिहासिक क्षेत्र लिगलिगकोटलाई विश्वसामु चिनाउने उद्देश्यले संस्थाको गठन गरिएको राना मगरले वताए ।


लिगलिग भिलेज स्पोर्टसले उक्त क्षेत्रका स्थानीय जनता, महिला, युवा, वालवालिका, आदिवासी, जनजाति, पिछडिएका वर्ग समुदाय, अशक्त र असहाय, समाजको मुलधारभन्दा बाहिर रहेका समुदायहरुमा उद्यमशीलता र आयआर्जनको वातावरण निर्माण गरी समग्र लिगलिग क्षेत्रको बिकास र समृद्धिमा स्थानीय निकाय तथा राज्यलाई सहयोग गर्न तथा सो क्षेत्रको उन्नती तथा समृद्धिका लागि विविध अध्ययन अनुसन्धान गर्न, लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन र बिकास जस्ता सामाजिक काम गर्नका लागी गैर सरकारी संस्थाको रुपमा संस्था दर्ता गरिएको हो ।


नेपाल राज्य निर्माणको ऐतिहासिक भुमिमा आयोजना गरिने लोकतान्त्रिक लिगलिगे दौड परम्परा (सभ्यता) लाई उजागर र सम्मान गर्दै समग्र लिगलिग क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा खेल पर्यटनका माध्यमबाट प्रवद्र्धन गरी नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण स्थलहरुको विस्तृत खोज तथा अनुसन्धान गरी प्रचार प्रसार गरी प्रवद्र्धन र विकास गर्न विविध कार्यक्रमहरु गर्ने लक्ष्य संस्थाले लिएको छ ।

संस्थाले नेपाली समाजबाट क्रमशः विलुप्त हुँदै जान लागेका स्थानीय तथा रैथाने मौलिक भाषा–संस्कृति, परम्परा, वातावरणमैत्री आदिवासिय ज्ञान तथा प्रविधी, भेषभूषा, चाडपर्व, रैथाने ज्ञान विज्ञान, परम्परागत सम्पदा आदिको संरक्षण, संवद्र्धन र विकासका लागि खेलकुद र पर्यटनका माध्यमबाट पुर्नजागरणका विविधकार्यक्रमहरु गर्नुका साथै नेपाली ग्रामिण युवाहरुको बढ्दो शहरी क्षेत्र तथा विदेश तर्फ बसाईसराई र पलायनलाई न्यूनिकरण गर्न खेलकूद र पर्यटनको माध्यमवाट विकास र समृद्धिका विविध कार्यक्रम तथा अभियान मार्फत ग्रामीण भेगमानै उद्यमशिलताको विकास तथा आयआर्जनका लागि विविध कार्यक्रमहरु गर्ने मगरले जानकारी दिए ।

समाजमा व्याप्त अज्ञानता, अनभिज्ञता र अशिक्षाका कारण स्थानीय नेपाली जनताले भोग्नु परेको गरिबी, अस्वस्थ्यता र प्रदुषित वातावरण जस्ता समस्याहरु निराकरण गर्न व्यवहारिक तथा समयानुकुल शिक्षाका कार्यक्रमहरु, स्थानीय पाठ्यक्रम तथा भौतिकपूर्वाधार निर्माण गर्न सहयोग जुटाउनुका साथै स्वास्थ्य, वातावरण र शिक्षा तथा खेलकुद पर्यटनको क्षेत्रमा समेत काम गर्ने संस्थाले जनाएको छ ।

त्यसैगरी खेलकुद तथा पर्यटनको विकास गर्न तथा सो क्षेत्रको बिकास र समृद्धिको लागि योगदान गर्ने व्याक्तित्व तथा प्रतिभाहरुको खोजी गरी सम्मान गरी पर्यटन वर्ष २०२० लाई सफल बनाउने लक्ष्य लिइएको छ । संस्थाले पहिलो कार्यक्रम अन्तर्गत छिट्टैनै खेलकुद कार्यक्रमको आयोजना गर्ने संयोजक राना मगरले वताएका छन ।
फोटो : एम बि आस्था मगर/प्रमिला गुरुङ राना मगर ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.