×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

११ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2020
    • February

विज्ञान प्रविधिको शिक्षामा जोड दिन आवश्यक : प्रदेश प्रमुख शेरचन

February 18, 2020
विज्ञान प्रविधिको शिक्षामा जोड दिन आवश्यक : प्रदेश प्रमुख शेरचन

नवलपुर, ६ फागुन । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशको समृद्धिका लागि अबको शिक्षा विज्ञान प्रविधिमा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ । नवलपुरको देवचुली नगरपालिका–१४, प्रगतिनगरस्थित जनज्योति नमुना माविको नवनिर्मित चार कोठे भवन तथा दुई कोठे भवनको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले विज्ञान प्रविधिका क्षेत्रमा प्रगति हासिल गर्न बालबालिकालाई विज्ञान प्रविधिको शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो ।

व्यवसायिक र रोजगारीउन्मुख शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उहाँले देशको शिक्षा नीतिमा समयसापेक्ष सुधारको आवश्यकता औंल्याउनुभयो । नेपाल प्राकृतिक स्रोत, साधनले धनी देश भएको भन्दै प्रदेश प्रमुख शेरचनले प्राकृतिक सम्पदाको समुचित उपयोगमार्फत् देशलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । देशभित्रै पाइने कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरेर देशको अर्थतन्त्र माथि उकास्न सकिने तर्क गर्दै उहाँले उद्योगको विकासविना रोजगारी सिर्जना गर्न कठिन हुने भनाइ राख्नुभयो ।

देश विकासको बाधक भ्रष्टाचार भएको भन्दै उहाँले भ्रष्टाचारको न्यूनिकरण नभइ समूल अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । जनता सचेत भए भ्रष्टाचार स्वतः कम हुने भन्दै उहाँले देशमा सुशासन कायम गराउन ऐन, कानूनको पालना गराउनु पहिलो शर्त भएको बताउनुभयो । जनज्योति नमुना मावि व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य कृष्ण पौडेल, खिमानन्द भुसाल, दुर्गादत्त घिमिरेलगायतले बोल्नुभएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, नवलपुरको आर्थिक तथा प्राविधिक सहयोगमा ६५ लाख रुपैयाँको लागतमा चार कोठे भवन र देवचुली नगरपालिकाको सहयोगमा १५ लाख रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

चार हजार विद्यार्थीले अवलोकन गरे कखरा वृत्तचित्र

February 12, 2020
चार हजार विद्यार्थीले अवलोकन गरे कखरा वृत्तचित्र

पोखरा २९ माघ ।
युनाईटेड क्लवको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा शिक्षामुलक सन्देश प्रदान गर्ने वृत्तचित्र कखरा पोखरामा प्रदर्शन गरिएको छ । राम्रो शिक्षा प्रदान गर्नका लागी विद्यार्थी, अभिभावक र विद्यालयको महत्व कस्तो हुनुपर्दछ भन्ने सन्देश प्रदान गर्ने उक्त वृत्तचित्र प्रदर्शनीमा पोखराका झण्डै चार हजार विद्यार्थीले अवलोकन गरे । पोखराको श्रीकृष्ण सिनेमा हल र कान्तिपुर पार्टी प्यालेसमा विद्यार्थीहरुलाई लक्षित गरी कखरा वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

वृत्तचित्र प्रदर्शनीको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य गायत्री गुरुङले युनाईटेड क्लवले सामाजिक कामको माध्यामबाट पोखरामा छुट्टै नाम स्थापित गर्दै आइरहेको र पोखरामा चिडियाखाना निर्माणको काम गरी नेपाल सरकारले चालेको समृद्धीको पाइलातर्फ अगाडी वढिरहेको र उक्त अभियानलाई प्रदेश सरकारले समेत साथ दिएको वताइन । चिडियाखाना संगै पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद र सेतीनदीको संरक्षणमा लागी रहदा हाल आएर शिक्षामुलक वृत्तचित्रको प्रदर्शन गरी विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीलाई एकैठाउमा भेला बनाएर शिक्षामुलक वृत्तचित्र प्रदर्शन गरी सवैलाई सचेत वनाउने काम गरेकोमा गुरुङले धन्यवाद ब्यक्त गरिन ।

सो अवसरमा वोल्दै युनाईटेड क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक राजु श्रेष्ठले क्लवले सामाजिक काम संगै शिक्षा क्षेत्रमा पनि केही गर्नुपर्छ भनेर विशेषगरी सामुदायिक विद्यालयहरुमा अक्षयकोष तथा छात्रवृत्ति संगै शैक्षिक सामाग्रीहरु वितरण गर्दै आइरहेको र पछिल्लो समय विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनलाई लक्षित गरी निर्माण गरिएको वृत्तचित्र प्रदर्शनी गरेर सचेतना फैल्याउने काम गर्दै आइरहेको वताए ।

सो अनुसार नवौ संस्करणको पोखरा महोत्सव देखी महोत्सव स्थलभित्र पनि कखरा वृत्तचित्र प्रदर्शन गर्दै आइरहेको र हालै मात्र पोखरामा श्रीकृष्ण हल र कान्तिपुर पार्टी प्यालेसमा गरी झण्डै ४ हजार विद्यार्थीहरुले वृत्तचित्र अवलोकन गरेको समेत श्रेष्ठले जानकारी दिए ।  युनाईटे क्लवले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई आगामी दिनमा पनि निरन्तरता दिने क्लवका अध्यक्ष लालकाजी गुरुङले वताए । सामाजिक कामले नै आफुहरुलाई अगाडी वढ्न अभिप्रेरित गराएको अध्यक्ष गुरुङको भनाइ रहेको थियो ।

मंगलवार पोखराको कान्तिपुर पार्टी प्यालेसमा प्रदर्शन गरिएको कखरा वृत्तचित्र प्रदर्शनमा पोखराको शुभतारा थ्री एन्जल्स एकेडेमी, केल्स एकेडेमी र कालिका माध्यामिक विद्यालयका विद्यार्थीहरुले वृत्तचित्रको अवलोकन गरेका थिएभने यसअघि श्रीकृष्ण हलमा प्रदर्शन गर्दा महेन्द्र मावि, नव प्रभात मावि र शान्ति कुन्ज मावि, धर्मस्थली मावि, लक्ष्मी आवासिय माध्यामिक विद्यालय, पास्कल एकेडेमी, पार्दी मावि, ताल बाराही मावि, बाराही माविका विधार्थीहरुले कखरा डकुमेन्ट्रीको अवलोकन गरेका थिए ।

सत्य, तथ्य र अनुसन्धानात्मक डकुमेन्ट्री कखरामा राम्रो शिक्षाका लागी विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको भुमिका कस्तो हुनुपर्छ, अभिभावकले लापरवाही र विद्यालयका कर्मचारीको लापरवाहीका कारण विद्यार्थीले भोग्नुपर्ने समस्याको बारेमा डकुमेन्ट्रीमा समावेश गरिएकाले डकुमेन्ट्रीले अभिभावक, शिक्षक र विद्यार्थीको मन जित्न सफल भएको डकुमेन्ट्रीका निर्माता बिनोद लामाले वताए ।

एक्स्ट्रा एङ्गल गर्बु फिल्म्स प्रा.लि. काठमाण्डौको ब्यानरमा निर्मित कखरा डकुमेन्ट्रीमा नेपाली रङ्गमन्च क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु राजेश हमाल, भुपेन चन्द, गजित विष्ट, सौजन्य सुब्बा, संचारकर्मी श्रीकृष्ण न्यौपाने लगायतका कलाकारहरु छनभने मुख्य कलाकारमा गिनिजबुकमा सवैभन्दा कलिलो उमेरको निर्देशक भनेर नाम लेखाउन सफल ८ वर्षिय बालक सौगात विष्टको समेत अभिनय रहेको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.