×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

११ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • Feature
    • ‘प्रकृति मैत्री विकासलाई प्राथमकिता देऊ’

‘प्रकृति मैत्री विकासलाई प्राथमकिता देऊ’

June 10, 2020
‘प्रकृति मैत्री विकासलाई प्राथमकिता देऊ’

पोखरा । 

पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७÷०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार भएको छलफलमा प्रकृतिको विनास हुने गरी गरिएको विकासले अनेक समस्या निम्त्याएको बताउँदै छलफलमा सहभागीले प्रकृति मैत्री दीगो विकासलाई प्राथमकिता दिन सुझाव दिएका छन् ।

उनीहरुले कोरोनाका रोकथाम, नियन्त्रण र उपचारलाई अझ प्रभावकारी बनाउँदै सोही अनुसार बजेट निर्माण गर्न आग्रह गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटनलाई टिकाइ राख्न र यो विषम परिस्थितिमा कृषिलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने उनीहरुले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले दीर्घकालीन विकासलाई जोड दिएर महानगरपालिकाले बजेट निर्माण गरिरहेको बताए ।

कोरोना नियन्त्रण, रोकथाम, उपचार प्रभावकारी बनाउँदै खुद्रे योजना नभइ दीर्घकालीन महत्व राख्ने योजनालाई बजेटमा समेटिने उनले बताए । कास्कीका राजनीतिक दल, सांसदहरुको सुझावलाई बजेटमा समावेश गरिने प्रतिबद्धता समेत जिसीले गरेका थिए ।

कार्यक्रम बोल्दै सांसद तथा गण्डकी प्रदेश विकास समितिका सभापति दीपक कोइरालाले दीर्घकालीन विकासमा जोड दिँदै महानगर भित्र गरिबीको रेखामुनी रहेकाको तथ्यांक संकलन गर्नुपर्ने बताए । उनले महानगरको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलाई प्राथमिकता दिनुपर्ने बताए ।

सांसद मनबहादुर गुरुङले अबको २ वर्षमा पोखरामा सुकुम्बासी समस्या समाधान गर्ने गरी महानगरले योजना ल्याउनु पर्ने बताए । उनले पोखरामा अत्याधुनिक बसपार्क निमार्ण सम्बन्धी ठोस योजना बनाउन र आकाशे पुल निमार्णलाई पनि बजेटमा समेट्न आग्रह गरेका छन् ।

सांसद राजीव पहारीले कोरोनाको परीक्षण दायरलाई बढाउनुपर्ने बताउँदै त्यसप्रति महानगरले योजना बनाउनुपर्ने बताए ।

आम नगरवासीको जीवन रक्षा गर्दै सार्वजनिक सम्पतिको संरक्षण र पार्किङलाई व्यवस्थित गर्ने योजना ल्याउन उनले आग्रह गरे । उनले सडक मर्मतलाई फास्ट ट्रयाकबाट गर्नेगरी योजना बनाउन र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने खालका योजना ल्याउन सुझाव दिएका छन् ।

सांसद प्रभा कोइरालाले सरुवा रोग नियन्त्रण गर्ने योजनासहित महानगरले आगामी बजेट निर्माण गर्नुपर्ने बताइन् । उनले फोहोर व्यवस्थापन, धुवा, धुलोरहित सहर निर्माणलाई प्राथमिकता दिन पनि महानगरलाई आग्रह गरिन् । उनले कोरोना रोकथामको लागि सचेतना कार्यक्रम ल्याउनुपर्ने बताइन् ।

सांसद गायत्री गुरुङले समृद्ध महानगर बनाउने योजना ल्याउन आग्रह गर्दै कोरोना नियन्त्रणलाई प्राथमिकता दिएर आगामी बजेट बनाउन सुझाइन् । उनले आवश्यकताका आधारमा योजना बनाएर बजेट निर्माण गर्न आग्रह गरिन् ।

सांसद मीना गुरुङले जनतालाई रोग, भोक र शोकबाट मुक्त बनाउने योजना ल्याउनु पर्ने बताइन् । उनले असंगठित क्षेमा काम गर्ने मजदुरहरुको विवरण संकलन गर्न आग्रह गरिन् । सांसद पुष्पा केसी भण्डारीले पोखराको भूगोल अनुसार विकासलाई प्राथमिकता दिएर योजना ल्याउनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले आम नागरिकको जीवन रक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको बताउँदै प्रकृति मैत्री दीगो विकासलाई जोड दिनुपर्ने बताए ।

उनले महानगर भित्र विकट ठाउँहरु पनि भएकाले त्यस्ता ठाउँहरुलाई प्राथमकितामा राखेर पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । उनले कोरोना रोकथाम नियन्त्रण, उपचारलाई प्रभावकारी बनाउँदै विकास निर्माणलाई जोड दिन आग्रह गरे ।

जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले महानगर भित्र रहेको स्रोत साधनलाई उच्चतम प्रयोग गर्दै दीगो विकासलाई जोड दिनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष गणेशबहादुर ढकालले कृषिलाई प्राथमकिता दिएर बजेट निर्माण गर्न सुझाए ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा नगर समिति सभापति बजीरमान श्रेष्ठ, जनता सामाजवादी पार्टीका नगर अध्यक्ष टीकाराम पौडेलले पनि सहरलाई व्यवस्थित बनाउने र महानगरको सेवालाई सेवाग्राही मैत्री बनाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा सहरी योजना आयोग पोखरा महानगरपालिकाका उपाध्यक्ष डाक्टर रामचन्द्र लामिछानले कोरोनाको प्रभाव र असरको अध्ययन, अनुसन्धान गरेर त्यसमै केन्द्रित भएर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी रहेको बताए ।

महानगरका लेखा प्रमुख जयराम पौडेलले चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था र आगामी वर्षको बजेट बारे प्रस्तुति राखेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेल, अनुगमन शाखा प्रमुख किरणप्रसाद कोइरालाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा महानगरले गरिरहेको कामको बारेमा जानकारी गराएका थिए ।
तस्बिर पनि छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.