×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१६ फागुन २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • मुख्य खबर
    • ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

September 2, 2020
ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ ।

कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायीहरुले बंगुरपालन थालेका छन । ‘युवा व्यवशायीहरु वीच साथ, सहयोग र सहकार्यका लागी’ भन्ने मुल उद्देश्यका साथ एक वर्ष अगाडी स्थापना भएको युथ कम्युनिटी क्लव (थ्अअ ल्भउब)ि कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी पोखरामा बंगुरपालन सुरु गरेका हुन । युवा ब्यवशायीहरुले पोखरा महानगरपालिकाको ३३ नम्बरमा पर्ने सहरेतरामा रहेको पिगपार्कमा ४ हजार सात सय ६० स्क्वारफुट क्षेत्रफलमा बंगुरपालन सुरु गरेको हो ।

युथ कम्युनिटी क्लव पोखरामा आवद्ध युवा व्यवशायीहरु सम्मिलित भइ ८४ लाखको लगानिमा बंगुपालन शुरु गरिएको मित्रता एग्रो प्रा.लि.का निर्देशक जयन्ती मोक्तानले वताइन । मोक्तानका अनुसार युथ कम्युनिटी क्लव आवद्ध युवा ब्यवशायीहरुलाई समेटेर मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्रा.लि. स्थापना गरी बंगुरपालन ब्यवशाय सुरु गरिएको हो । लकडाउनका कारण आफुहरुको ब्यवशायनै धरापमा परेका कारण धेरै थोरै रकम संकलन गरी आफुहरुले अवको पाटो कृषी जन्य बस्तुको उत्पादन र बिक्री वितरणबाट दिगो बिकास सम्भव हुने भएकाले युवाहरुलाई कृषीतर्फ उन्मुख गराउन पहिलो चरणमा बंगुरपालन सुरु गरिएको मोक्तानले वताइन ।

२० देखी ४५ वर्ष उमेर समुहका युवाहरुलाई क्लवमा समाहित गराइ मित्रता एग्रो प्रालिमा शेयर हाल्न सकिने भएकाले कुनैपनि युवाहरुले सानो लगानीमा कृषी कार्यक्रममा सहभागीता जनाउन सक्ने उनको भनाइ रहेको थियो  । हाल १ सय १५ जना युवा ब्यवशायीहरुबाट बंगुरपालन सुरु गरिएको भएतापनि निकट भविष्यमा तरकारी उत्पादन, कृषी, पशुपन्क्षी जन्य सामाग्रीको उत्पादन र वित्री वितरण गर्ने लक्ष्य प्रालिले दिएको निर्देशक मोक्तानले जानकारी दिइन ।

युथ कम्युनिटी क्लवले युवाहरुलाई स्वदेशमा त्यसमा पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न युवाहरुलाई प्रेरित गर्ने क्वलका अध्यक्ष पूर्ण श्रेष्ठले वताए । श्रेष्ठका अनुसार क्लव स्थापनाको एक वर्षभित्रै त्यसमा पनि लकडाउनको समयमा आफुहरुले बंगुरपालन सुरुवात गरेको वताउदै आगामी पांच वर्ष भित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको छ । क्लवमा आवद्ध हरेक सदस्यले इन्भेष्टमेन्ट कम्पनी मार्फत सञ्चालनमा आएको एग्रो प्रालिमा शेयर राख्न पाउनेछन ।

पोखरामा स्थापना भएको युथ कमिटि क्लवले पांच वर्षभित्र नेपालको सात वटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले वताए । हाल क्लवमा ३सय ५० जना सदस्य रहेको भएतापनि एग्रोमा भने १ सय १५ जनाले शेयर राखेका छनभने अन्य सदस्यहरु समेत यसमा थपिदै गइरहेका छन । क्लवमा आवद्ध सदस्यले २५ हजार देखी १ लाख सम्म शेयर मार्फत लगानी गर्न सक्ने क्लवका कोषाध्यक्ष बिकास गुरुङले वताए  ।

क्वले स्वदेशमा रहेका युवा ब्यवशायी संगै विदेशबाट नेपाल फर्केर केही गर्न चाहनेहरुलाई लक्षित गरी पनि उत्पादनमुलक क्षेत्रहरु जस्तै पशुपालन, कुखुरा, हांस, माछा, मौरी, बंगुरपालन, तरकारी जन्य बस्तुको उत्पादन तथा बिक्री वितरणका लागी समेत काम गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी मित्रता एग्रो प्रा.लि.ले पारिवारीक र निर्वाहमूखि व्यवसायलाई विविधीकरण, व्यवसायीकरण, औद्योगिक एवं प्रतिस्पर्धी र दिगो बनाउन प्रभावकारी सेवा प्रवाह एकल तथा सामुहिक लगानी बृद्धिमा सहजीकरण गर्ने , विदेश पलाएन भैरहेका तथा बेरोजगार युवा जनशक्तिलाई नेपालमै आन्मनिर्भर बनाउने स्तरको  युवाहरुको ज्ञान, सीप, क्षमताको बृद्धिको लागि तालिम, गोष्ठी, सेमिनार संञ्चालन गरी उद्यमशिल समाजको निर्माण गर्ने उद्देश्य लिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यावसायमा आर्वद्ध उद्यमीहरुसग सम्बन्ध विकास,विस्तार र समन्वय गरि आपसी सहयोग तथा विचार विमर्ष गरी नेपालमा युवाहरुका लागि विकास सग सम्बन्धित विषयमा राष्ट्रिय एवं अन्तराष्ट्रिय व्यवसायीसग आवश्यकता अनुसार प्राविधिक सेवा प्रदान गर्ने प्रालिको उद्देश्य रहेको सञ्चालकले जनाएको छ ।

एग्रो प्रा.लिले  युवा व्यवसायीको ज्ञान, सीप, क्षमतालाई समाजमा प्रयोग गरी त्यसमा उत्पन्न हुने समस्यालाई समाधानका लागी सहयोग गर्ने र संस्थाका सदस्यहरुमा दैनिक प्रकोप पीडित तथा घातक रोगबाट समस्यामा  परेमा संस्था भित्रका सदस्यहरुबाट सहयोग उपलब्ध समेत गराउने लक्ष्य लिएको छ । सम्पूर्ण युवाहरुलाई व्यवसाय प्रति आस्थावान बनाई राष्ट्रलाई सभ्य सम्मृद्धि बनाउन प्रयत्न  गर्ने प्रालिको मुख्य लक्ष्य रहेको छ ।

RELATED NEWS

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.