×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • Image News
    • घान्द्रुक–टाढापानी क्षेत्रमा…

घान्द्रुक–टाढापानी क्षेत्रमा लालीगुँराससँग पिरती साट्छन पर्यटक

April 2, 2019
घान्द्रुक–टाढापानी क्षेत्रमा लालीगुँराससँग पिरती साट्छन पर्यटक

सुशान्त गाहा मगर : बसन्त ऋतुको आगमन सँगै नेपालको राष्ट्रिय फुल लालीगुँरास फुल्ने गर्छ । यतिबेला कास्कीको उत्तरी भेगमा रहेका जङ्लहरु प्राय राताम्मे बनेका छन् ।

लालीगुँरास फुले सँगै राताम्मे बनेका अन्नपुर्ण गाउँपालिकाका ति जङ्गलहरु छिचोल्दै अन्नपुर्ण बेस क्याम्प तथा खोप्राक पदमार्ग लगायतका मार्गमा पैदलयात्रा गरेर रमाउने पर्यटकहरुको घुईचो छ ।

यात्रा गर्नु, मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकन गर्नु मात्र पर्यटकहरुको चाह होईन, कति पर्यटक त रङ्गिबिरङ्गी फुलेका लालिगुरासलाई नियाल्नकै लागि घान्द्रुक–टाढापानी पुग्ने गरेको यहाँका पर्यटन ब्यवसायीहरुको भनाई छ ।

घान्द्रुक–टाढापानी तिनवटा रुटको ट्रान्जिट पोईन्ट हो । जहाँ अन्नपुर्ण बेसक्याम्प, खोप्राक पदमार्ग र बिरेठाटी–पुनहिल पदमार्गमा आवतजावत गर्ने पर्यटकहरु जमघट हुन्छ। यतिबेला सो क्षेत्रमा बिगतमा भन्दा पर्यटकको आवागमनमा बृद्धि भएको पर्यटन ब्यबसायी राम कुमारी गुरुङ बताउछिन । उनी भन्छिन– “ अहिले हिड्न र हिमाल हेर्ने भन्दा बढि पर्यटक लालीगुँरास हेर्न आएका छन्, ४ थरीका लालीगुँरास पाईन्छ यहाँ, हामी सधै बस्नेलाई त रमाईलो लाग्छ झन एक्कासी देख्नेहरुलाई किन मन नपर्दाेहो ।”

टाढापानी क्षेत्रमा रातो, गुलाबी, सेतो र निलो गरेर ४ वटा रङ्को लालीगुँरास पाईने गर्दछ, समुद्री सतहदेखी २००० मि. उचाई देखी ४००० सम्म बसन्त ऋतुमा ४ प्रकारका लालीगुँरास फुल्ने गर्छ । यस भेगमा बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकहरु केही पातलो देखिन्छ तर उनीहरुको धेय भनेकै राष्ट्रिय फुल लालिगुँरासलाई नजिकैबाट नियाल्नु हो ।

आन्तरिक पर्यटक अमृत लामा गुरुङले टाढापानी आईपुग्दासम्मको थकान राताम्मे बनेका लालिगुँरासको मनमोहक दृश्यले मेटाउने बताउछन् । यस क्षेत्रमा नजिकबाट हिमाल हेर्नका साथै लालिगुँराससँग पिरती साट्न आईपुगेको उनको भनाई छ ।

घान्द्रुक देखी करिब ३ घण्टाको समयाबधीमा टाढापानी पुग्न सकिने अन्नपुर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर बताउछन् । कुँवर भन्छन्– “यो पर्यटकिय क्षेत्रको संरक्षण र ब्यवस्थापनको लागि हामी लागिपरेका छौ ।” उनका अनुसार लालिगुँरास सँरक्षणका लागि फुल टिप्न मनाही गरिएको छ । राष्ट्रिय फुलको संरक्षण गर्न अपरिहार्य रहेको कुँवरको तर्क छ । स्थानिय तथा होटल ब्यबसायीको सहकार्यमा पर्यटकिय सो क्षेत्रमा पाईने बिभिन्न प्रकारकार लालिगुँरासको दाउराहरु काट्न समेत रोक लगाईएको कुँवर सुनाउछन् ।

टाढापानी क्षेत्रमा पर्यटकको ओईरो

कास्कीको घान्द्रुक–टाढापानी तिनवटा पदमार्गको ट्रान्जित पोईन्ट हो । जहाँ यतिबेला आन्तरिक तथा बाह्य पर्यटकहरुको ओईरो लागिरहेको छ । अन्नपुर्ण गाउँपालिका –११ मा पर्ने सो पर्यटकिय क्षेत्र समुद्रि सतह देखी करिब ३ हजार मिटर उचाईमा रहेको छ । उक्त क्षेत्रको होटलहरुको समिति टाढापानी पर्यटन ब्यबस्थापन समितिमा कुल ५० वटा होटलहरु सञ्चालनमा रहेका छन् ।
तिन वटा पदमार्गका पर्यटकहरुको सेवा र सुबिधामा मध्यनजर गर्दै देउराली, बनठाँटी, टाढापानी, भैसीखर्क, कोटडाँडा, कोम्राङ, छ्योपार, मेलाचे, सिप्रोङ, चुईले, मेसार, ईसरु, दोबाटो र हिडन लेकमा गरी कुल ५० वटा होटलहरु सञ्चालनमा रहेका छन् तर पछिल्लो समय पर्यटकहरुको आवागमनमा बृद्धि भएपछि थेग्न नसकेको पर्यटन ब्यबसायीहरु बताउछन् ।

टाढापानी पर्यटन ब्यबस्थापन समितिका सचिब तथा युवा पर्यटन ब्यबसायी मनोज गुरुङले केही बर्ष यता बाह्य पर्यटकहरु ह्वात्तै बढेको बताए । बिभिन्न पदमार्गको मध्यबिन्दु भएको कारण टाढापानी क्षेत्रमा पर्यटकको आवागमनमा बृद्धि भएको गुरुङ बताउछन् । आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकहरुको सँख्यामा बृद्धि भएको बताउदै भन्छन्– “ नेपाली र खैरे गरी दैनिक ११ /१२ सयको सँख्यामा पर्यटक भित्रिने गरेको छ ।”

टाढापानीमा पर्यटकहरु एक रात जसरी पनि बस्नै पर्ने भएकाले यहाँ होटल सञ्चालन गर्दै आएका ब्यबसायीहरुलाई भ्याईनभ्याई छ । यस क्षेत्रको होटलमा ३ देखी ५ जनाले रोजगार पाईरहेका छन् भने स्वदेशमै कर्म गरे फल मिठो पाउन सकिने दरिलो उदाहरण समेत बुझिरहेका छन् ।

स्थानिय स्तरमै उत्पादित खाद्यान्नहरु प्रयोग गरी आर्गानिक खानाको स्वादमा रम्न पाएको बिदेशी पाहुनाहरुको तर्क छ । उनीहरु भन्छन् “यहाँको कल्चर, नेचर र एड्भेण्चर मन पर्‍यो ।” ववली जर्मनबाट आएका पाहुना हुन् । पाँचौ पटक नेपाल आएको सुनाउदै यहाँ साहसी पदयात्रा गर्न मन पाराउनले बताउछन् । उनले अहिले सम्म यात्रामा केही समस्या नभएको बताउदै भारी खुशी ब्यक्त गर्छन ।

नेपाल सरकारले लिएको सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य पुरा गर्नमा सो क्षेत्रको पर्यटकिय गतिबिधिले थप टेवा पुग्ने भएपनि पदमार्ग क्षेत्रको पुर्वाधार बिकासमा अझ ध्यान पुर्‍याउनुपर्ने आवश्यक रहेको नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलियाको तर्क छ ।
बिभिन्न पदमार्गको मध्यबिन्दु र चलनचल्तिका रुटमा भन्दा फरक अनुभव गर्न पाउने र जैबिक बिभिधताकै कारण टाढापानी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आवागमनमा बृद्धि भएको थपलिया बताउछन् ।

टाढापानी क्षेत्रमा पर्यटन बिकासको सम्भावना सँगै चुनौती

पर्यटकीय शहर पोखराबाट नजिकै र छोटो समयमा पदयात्रा गर्न सकिने बिरेठाँटी–पुनहिल पदमार्ग पछिल्लो आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तब्य बन्दै गइरहेको छ । कास्कीको अन्नपुर्ण गाउँपालिकामा पर्ने उक्त पदमार्ग, एबिसी बेस क्याम्प तथा खोप्राक पदमार्गका कारण गण्डकी प्रदेश पर्यटनको क्षेत्रबाट समृद्धिको बाटोमा सहजै लम्किन सक्ने अनुमान गर्न सकिन्छ । तर सरोकारवाला निकायले भने गतिलै अभ्यास गर्न आवश्यक देखिन्छ ।

यस क्षेत्रमा यात्रा गर्दा पर्ने टाढापानी जस्ता ट्रान्जिट पोईन्ट जहाँ स्थानियले होटल सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । यस अघि मुलुक सँघीय संरचनामा नजादा प्रत्येक होटलले अन्नपुर्ण संरक्षण आयोजना क्षेत्रलाई बार्षिक ७० हजार राजस्व तिर्दै आएका थिए भने अहिले गाउँपालिकालाई बार्षिक ३० हजार बुझाउदै आएको होटल ब्यबसायीहरु बताउछन् ।

अमेरीकाबाट आफ्नै ठाउँमा केही गर्न भनी गाँउ फर्केका युवा हुन राहुल क्षेत्री । उनी बिदेशमा सिकेको सीपलाई सदुपयोग गर्दै यही मनग्य आम्दानी गर्न सक्ने बताउछन् । उनले स्थानिय स्तरमै आर्गानिक खेती गरी होटल सञ्चालन गर्ने उद्देश्य सहित नेपाल फर्किएको बताए ।

यस क्षेत्रमा पर्यटन बिकासको पर्याप्त सम्भावना छ । सम्भावनालाई बिकासमा परिणत गर्ने लक्ष्य सहित बिदेशीएका युवाहरु सिकेका सीपलाई सदुपयोग गर्न गाउँ पर्किएका छन् । गंगा बहादुर गुरुङ पनि लामो समय जापान बसेर सिकेको सीपलाई आफ्नै ठाउँमा सदुपयोग गरिरहेको बताउछन् ।
“हामीले पर्यटकहरुलाई होटलमार्फत सेवा सुबिधा दिईरहदा केही महङ्गी मान्नुहोला तर ढुवानी र भौगलिक संरचना अनुसार यो मुल्य अत्यन्तै ईकोनोमी हो ।”उनी भन्छन् – “बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकलाई निकै ब्यबस्था र सहुलियत दरमा मिलाईएको छ ।”

पदमार्गमा यात्रा गर्ने पर्यटकहरु बृद्धि भएपनि यतिबेला बर्षा र हिमपातका कारण कहि कतै बाटो हिलाम्मे भएको बताउदै सरोकारवालाहरुले त्यसको मर्मत संभारतर्फ ध्यान दिन पर्ने तर्क दिन्छन् गुरुङ ।

भारी सम्भावना बोकेको टाढापानी पछिल्लो समय लोकप्रिय बन्दै गैरहेको छ । यसको सम्भावनालाई सरोकारवालाहरुले मध्यनजर गर्दै यस क्षेत्रको पुर्वाधारको ब्यवस्थापन तर्फ लाग्न बाह्य पर्यटकहरुको सुझाब छ ।

सम्भावनासँगै चुनौती पनि उत्तिकै बढ्दो छ । पछिल्लो समय भारी बर्षा र हिमपातका कारण बाटोहरु जोखिम बन्दै गएकाल चुनौती बढेको टान पश्चिमाञ्चल क्षेत्रिय सँघका अध्यक्ष हरि भुजेको भनाई छ । आकस्मिक रुपमा सो क्षेत्रको बाटो ब्यबस्थापनमा स्थानिय सरकार र अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना तथा स्थानिय ब्यबसायीहरुको बिशेष ध्यान जान पर्ने भुजेलको तर्क छ ।

बिरेठाँटी– पुनहिल पदमार्ग, अन्नपुर्ण आधार शिबिर, र नयां पदमार्ग खोप्राक पदमार्गको ट्रान्जिट पाईन्ट टाढापानी पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । लालीगुँरास हेर्ने र मनोराम हिमशृङ्खला हेर्नेको भिड लागिरहदा पर्यटन बिकासको सम्भावना भारी रहेको प्रष्ट हुन्छ त्यसैले सो क्षेत्रको सम्भावनालाई सार्थकता तुल्याउन भने सम्बन्धित निकायले बिशेष चाँसो दिन आवश्यक देखिन्छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.